चैत २०
नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले प्रधामन्त्री केपी ओलीको चिन भ्रमण निकै सफल भएको बताएका छन् । नेकपा एमाले क्षेत्र १ को आयोजनामा छतिवनमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण नेपालको विकासको लागि कोषेढुङ्गा हुने समेत बताए ।

कार्यक्रममा बोल्दै सचिव भट्टराईले एमालेको नेतृत्वको सरकारले अव विकासमैत्री योजनाहरु सुरु गर्ने दाबी समेत गरेका छन् । तराईको समस्याको विषयमा बोल्दै उनले मधेशको अधिकांश मागहरु संवोधन भैसकेको, तर अझ पनि भारतको चलखेलको कारण समस्या थपिएको वताउनु भयो । आफ्नो देशको समस्यालाई समधान गर्न नसक्ने भारतले अरुको आन्तरिक मामिलालाई विश्वब्यापी फैल्याउन खोज्नु मुखर्ता भएको बताए । नेपालमा जारी भएको संविधान विश्वकै सबैभन्दा लोकतान्त्रिक तथा लोकप्रिय संविधान भएको बताउँदै उनले अब नेपालले आर्थिक विकासमा ध्यान दिने बताए ।
SHARE THIS