नारायणी अंचल प्रहरी कार्यालय वीरगंजमा कार्यरत प्रहरी नायब निरीक्षक विजय यादवको तर्फबाट गोरखापत्रको समाचारदाता बताउने बउच प्रसाद यादवले क्राइम चेकका सम्पादक सन्तोष मिश्रलाई फोन गरी स्थानीय भोजपुरी भाषमा धम्क्याएको भएपनि पाठकहरुकोलागि त्यसलाई नेपालीमा उल्था गरी प्रस्तुत गरेका छौं ...... ........................................................................................................
प्रथम फोन मध्यान्ह १२:०३ बजे....
भउच यादव:सन्तोष मिश्रजी बोल्दै हुनुहुन्छ ?
मिश्र: हजुर, को ?
भउच यादव: म काठमाण्डौबाट भउच प्रसाद यादव बोल्दैछु, गोरखा पत्रको पत्रकार ।
मिश्र:हजुर, हेर्नुस् न, आज...
भउच यादव:तपाईंलाई मैले चिनेको छु, तपाईं चिन्नु हुन्छ कि हुन्न थाहा भएन ।
मिश्र: अनुहारले चिन्छु होला ।
भउच यादव:सई विजय यादव छ नि, त्यो मेरो भाई हो । उसँग के को विवाद छ ? उ भन्दै छ कि जहिले नि मेरो बारेमा समाचार छापिरहन्छ फोटोसहित । मेरो भनाईको मतलब श्रोत खुलाएर तथ्य समाचार समाचार छाप्नु पथ्र्यो नि तपार्इंले । कि यत्तिकै हावाकै भरमा ?
मिश्र:तपाईंले आफ्नो नाम के बताउनुभयो ?
भउच यादव:मेरो नाम भउच प्रसाद यादव हो, गोरखापत्र दैनिकको समाचारदाता हुँ ।
तपाइंसँग मेरो भेट कहिले भएको हो ?
भउच यादव:तपाईंसँग भेटको मतलब म तपाईंलाई चिन्दछु, तपाईं क्राइममा काम गर्नुहुन्छ हैन ?
मिश्र:हजुर, क्राइम चेक ।
भउच यादव:म अहिले काठमाण्डूमा छु । गोरखापत्रमा काम गर्छु ।
भउच यादव:हाम्रो दाजु हुनुहुन्छ नि त्यहाँ, कन्हैया दाजु ।
मिश्र: हजुर ।
भउच यादव:अनि तपाईंहरुमा के छ ऊ ?
मिश्र:हँ ?
भउच यादव: दुबैबीच केको झगडा छ ?
मिश्र: दुबैमा व्यक्तिगत कुनै झगडा छैन ।
भउच यादव:त्यसो भए तपाईं हेर्नुस, हामी पनि यहाँ केन्द्रमा बसेर पत्रकारिता गर्दैछौं । गोरखापत्र दैनिकमा ।
मिश्र: अनि ?
भउच यादव:कुनै समाचार लेख्दा त्यसो श्रोत लेख्नु पर्छ कि पर्दैन ?
मिश्र:सुन्नुस न झ् के हो के होइन, यो विषयमा तपाईंलाई विस्तृत जानकारी छैन । रह्यो कुरा श्रोतको । काठमाण्डौबाट प्रकाशित कुनै पत्रिकामा आएको समाचारलाई मैले आफ्नो पत्रिकामा सभार गरेको हुँ, त्यसमा श्रोत समेत खुलाइएको छ कि त्यो समाचार कुन पत्रिकाबाट साभार गरिएको हो । रह्यो कुरा कसैको बारेमा यदी कुनै जथाभावी समाचार प्रकाशन/प्रशारण गरिएको छ भने त्यसको कानुनी प्रकृया के हो ? मलाई फोन गर्ने तपाईंलाई थाहा हुनुपर्ने हो ।
भउच यादव:तपाईंले साभार गर्नुभएको छ र ? साभार ?
मिश्र:हैन सुन्नस् न । कसैको विरुद्धमा कुनै समाचार आएको छ भने त्यसमा चित्त नबुझे त्यसको प्रकृया के हो ? तपाईंलाई बताइदिनुस त मलाई ?
भउच यादव:प्रोसेस थाहा छ मलाई । पत्रकार महासंघमा गएर उजुर दिनुपर्ने ।
मिश्र: हैन । पत्रकार महासंघमा पनि जान पाइंदैन पहिले । सबभन्दा पहिले सम्बन्धित पत्रिकालाई लिखित रुपमा आफ्नो असन्तुष्टी सहितको प्रतिकृया पठाउनुपर्छ कि त्यो समाचारमा कुनै सत्यता छैन । त्यसपछि उक्त पत्रिकाले १५ दिन भित्र यदी खण्डन प्रकाशित गरेको छैन भने पीडित व्यक्ति प्रेस काउन्सिल, पत्रकार महासंघमा जान सक्छ । त्यसको विभिन्न प्रोसेस छ । के विजय यादव भारतमा नेपाली चेली पठाइदिने काम गर्छ ? उसले मलाई फोन गरेर तथानाम घृणित शब्दहरु प्रयोग गरी गाली गर्दैछ , घरबाट निस्किने बित्तिकै उठाएर लैजान्छु, यो गर्छु, त्यो गर्छु भन्दैछ । मुम्बईमा लगेर बेचिदिने भन्दैछ । के ऊ त्यही पेशाको बलमा प्रहरीमा जागिर खाएर सई बनेको हो ?
भउच यादव:हजुर, विजयको भनाई के छ भने जथाभावी समाचार लेखेको कारण...
मिश्र:जथाभावी समाचार छापेपछि त्यसको कानुनी प्रकृया छ कि भारतको वेश्यालयमा लगेर बेतिदिन्छु भनि धम्की दिने ?
भउच यादव:हैन, त्यो...
मिश्र:तपाईं त्यसको सिफारिश गर्न आउनु भएको हो ?
भउच यादव:हजुर । हँ के भनेको ?
मिश्र:त्यो व्यक्तिको सिफारिश गर्न तपाईं आउनुभएको छ जसले वेश्यालयमा लगेर बेचिदिने भन्दैछ ?
भउच यादव:सिफारिश म... म... म किन सिफारिश गरुँ त्यसको ? झगडा भएको सुनेंर मैले तपाईंलाई फोन गरेको हुँ । मलाई के काम सिफारिश गर्नु ?
मिश्र: हैन, तपाईं नै भन्नुस न । प्रहरीको नायब निरीक्षक जस्तो पदमा बसेको एउटा व्यक्तिले त्यस्तो शब्द प्रयोग गर्नु ठिक हो ? त्यसको कानुनी प्रकृयामा लाग्नुपथ्र्यो नि झ्
भउच यादव:तपाईं पनि केही लेख्दै हुनुहुन्छ भने.....
मिश्र: ह्यात्तेरिका...
भउच यादव:तपाईं पनि केही लेख्दै हुनुहुन्छ भने होस पुर्याएर लेख्नुस, होस पुर्याएर है । ठीक छ ल ।
मिश्र: तपाईंलाई के लाग्छ, मैले होस नपुर्याएरै लेखेको हुँ त ? अब तपाइंले मलाई सिकाउने कि कसरी लेख्ने र नलेख्ने ?
भउच यादव:तपाई पत्रकारिता गरेको कति भयो र मैले नसिकाउने ?
मिश्र: ११ वर्ष भयो यो लाइनमा ।
भउच यादव:त्यसो भए मेरो पनि १५ वर्ष भयो ।
मिश्र:सुन्नुस, तपाईंको ५० वर्ष नै किन नहोस् । त्यो मेरो सरोकारको कुनै विषय होइन । तर यो समाचारको बारेमा वास्तविकता के हो ? तपाइंलाई के थाहा छ ? मलाई भन्नुस त ।
भउच यादव:के ?
मिश्र:यो समाचारको विषयमा तपाईंलाई के थाहा छ ?
भउच यादव:केही थाहा त छैन, विजयले भनेर मैले फोन गरेको हुँ ।
मिश्र:कुनै विषयमा पूर्ण जानकारी नै नलिई फोन गर्नु उचित हैन है । तैपनि तपाईंले फोन गर्नुभयो खुशीलाग्यो । तपाईंले भनेका कुरालाई मैले सकारात्मक रुपमै लिएको छु । तर एउटा कुरा के पनि विचार गर्नुस् भने हावा नचलि पात हल्लिंदैन । यो कुरा तपाइंलाई थाहा हुनुपर्ने ।
भउच यादव:त्यो त हो हेर्नुस्, तर वीरगंज पत्रकारितामा सबभन्दा घृणित ठाउँ हो । नैपाल भरमै ।
मिश्र:सुन्नुस्....
भउच यादव:नेपालभरमै सबभन्दा घृणित वीरगंजको पत्रकारिता हो । वीरगंजका पत्रकारहरु बिना पैसाको समाचारको “स” पनि लेख्दैनन् । एक क्वार्टर बोतलमा बिक्री हुन्छन् । काठमाण्डौदेखि वीरगंजका पत्रकारहरु ।
मिश्र: तर सन्तोष मिश्र भन्ने व्यक्तिलाई तपाईंले अझै चिन्नुभएको छैन । म को व्यक्ति हुँ र मलाई कति क्वार्टरमा खरिद गर्न सक्छन् भन्नेकुरा ।
भउच यादव:वीरगंजका सबै वरिष्ठहरुलाई म राम्ररी चिन्छु ।
मिश्र:तर मलाई चिन्नुभएको छैन ।
भउच यादव:कुनै लफडा नगर्नुस । मिलेर बस्नुस् ।
मिश्र:मिलेर बस्ने कुरा गर्दैहुनुहुन्छ । लफडा त उसैले नि शुरु गरेको हो । उठाएर लैजान्छु भन्दैछ । त्यसको के ठेगान कुनै अपराधीलाई भनेर गोली हान्न लगाई मारिदिने हो कि ? मलाई त उदेखि डरेरै बस्नु पर्यो नि हैन र ? ऊ डन हो, पुलिस हो गोली पनि हान्न सक्छ । उसँग गोली बन्दुक हुन्छ । हो कि नाई ? अनि त्यसैको सिफारिश लिएर तपाइं आउनुभएको छ ? त्यसको तर्फबाट तपाईं पनि धम्की दिंदैहुनुहुन्छ । यो त भएन नि । तपाईं्र भन्दै हुनुहुन्छ कि यसरी छाप्नुस्, यसरी नछाप्नुस् ।
भउच यादव:प्रहरीको काम त बचाउने नि हो । गोली हान्दैन नि ।
मिश्र: हैन । त्यसको शब्दले त त्यस्तै लाग्दैछ कि उसले जे पनि गर्न सक्छ । र तपाईं त्यसको पक्ष लिएर कुरा गर्दैहुनुहुन्छ जुन विषयमा तपाईंलाई पूरा थाहा नै छैन ।
दोश्रो कल मध्यान्ह १२:२३ मा....
मिश्र: हेलो..
भउच यादव: सन्तोष जी,
मिश्र: हजुर ।
भउच यादव:म भउच यादव काठमाडौबाट । हेर्नुस, त्यसको भनाई के हो भने उ खाली मेरै फोटो छापिरहन्छ, साभार छ, ठीक छ तर मेरै फोटो राखेर प्रहरी नायब निरीक्षक विजय कुमार यादव लेखी फेसबुक मे राख्ने, अनि एस.एस.पी को ढोके, चम्चे के – के शब्दहरु लेख्नु पत्रकारितामा आउँदैन नि ?
मिश्र: त्यसको प्रोसेस छ कि छैन कुनै ? कानुनी प्रकृया हुँदा हुँदै एउटा कानुनको कर्मचारी भएर कानुन विराधी गतिविधि गर्ने अधिकार त्यसलाई कसले दियो ?
भउच यादव:तपाईंले फेसबुकमा लेख्ने ?
मिश्र:मैले फेसबुकमा लेखेको छैन । तपाईंले भन्न के खोज्नुभएको हो त्यो भन्नुन । भउच यादव: हेर्नुस्, म के भन्न चाहन्छु भने म पनि प्रेस चौतारीको केन्द्रिय सदस्य हुँ र एउटा पत्रकार पनि हुँ । ढोके चम्चे जस्ता शब्द हामी पनि लेख्दैनौं ।
मिश्र:हत्तेरिका.. तपाइं मलाई ट्रेनिङ दिइरहनुभएको छ ? मैले के लेख्न हुने के नहुने ?तपाईंले भन्न के खोज्नुभएको छ त्यो मलाई प्रष्ट रुपमा भन्नुस न ।
भउच यादव:म यही भन्न चाहन्छृु कि ऊ प्रहरी हो । सुरक्षाको आवश्यकता उसलाई होइन तपाईं पत्रकारहरुलाई चाहिन्छ । अब मलाई नै हेर्नुस्, यहाँ केन्द्रमा बसेर पत्रकारिता गर्दैछु । म यहाँका एस.एस.पी र डिएसपीको विरोधमा समाचार लेखें भने भोलि उसले मलाई समातेर कुनै काण्डमा फँसाइदेला, कुनै अपराधीसँग नामै भन्न लगाइदियो भने ? घर अथवा गाडीको डिक्कीमा लागु औषध अथवा कुनै हतियारै राखिदियो भने ? हामीले के गर्न सक्छौं ? पत्रकारले के गर्न सक्छ प्रहरीलाई ? त्यसैले सावधानीपूर्वक बस्नुस् यत्ति नै भन्छु म त । २०७० साउन २४ गते प्रकाशित