राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा सविद्यान सभा सदस्यको प्रत्यक्षतर्फबाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार राजेशमान सिंहले आफ्नो पार्टी बिशुद्ध मधेशको हकहितमा लागि परेको बताएका छन् ।
पर्साको वीरगंजबाट प्रकाशित हुने
हाम्रो आफ्नै पत्रिका दैनिकका लागि गरिएको कुराकानीमा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा सविद्यान सभा सदस्यको प्रत्यक्षतर्फबाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार राजेशमान सिंहले आफ्नो पार्टी बिशुद्ध मधेशको हकहितमा लागि परेको बताएका हुन् ।
प्रस्तुत छ, हाम्रो आफ्नै पत्रिका दैनिकका लागि गरिएको कुराकानी ।
तपाईको पार्टीलाई जनताले कसरी चिन्ने ? यो कस्तो पार्टी हो ? कस्को हितमा उन्मुख पार्टी हो भनेर ?
२०६९ साल असार १३ गते हाम्रो राष्ट्रिय मधेश समाजवादी पार्टीको स्थापना भएको हो । पहिलो संविद्यान सभाको निर्वाचनमा मधेशी दल तीनवटा थिए । तीनवटा मधेशीदल केकति कारणले १७ वटा मधेशी दल बन्न पुगे , यो कसैसंग छिपेको छैन् । हाम्रो दल १८ औ दलको रुपमा अगाडि आएको दल हो । सत्ता लिप्साको कारण मधेशी दलहरु खण्डित हुने गरेको कुरा यहाँहरुलाई थाहा नै छ । हाम्रो दल त्यो परिपार्टीबाट बनेको दल होईन र कोहिबाट फुटेर या चोईटएर बनेको दल होईन । यो कतैबाट नटुक्रिएर बिशुद्धरुपमा जनताको गल्ला अनुसार खडा भएको दल हो ।
आखिर किन गठन गरिएको हो त यो १८ औ मधेशवादीदल राष्ट्रिय मधेश समाजवादी पार्टी ?
ग जुन बिभेद गरिएको थियो त्यो बिभेदको बिरुद्धमा उत्रिएको पार्टी हो । हामीहरुको मुख्य उदेश्य जुन मधेशसंग बिभेद गरिएको छ समावेशिता गरिएको छैन जुन समानताको व्यवहार मधेशसंग गरिएको छैन ति शासकवर्गहरुसंग हो । मधेशीको हक अधिकार दिलाऊनका लागि नै गठन भएको पार्टी हो हाम्रो पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टी ।
मधेशका लागि के गरेको छ त मधेशवादीदल राष्ट्रिय मधेश समाजवादी पार्टीले ?
सम्झौता कार्यान्वयको लागि हाम्रा आदरणीय नेता राष्ट्रिय अध्यक्ष शरदंिसंह भण्डारी रक्षा मन्त्री हुनु भएको बेलामा उहाँले ति २२ बुँदा मध्ये एउटा बुँदा कार्यान्वयन गराऊन खोज्नु भएको थियो । मधेशी युवाहरुको एउटा अलग्गै रेजिमेन्ट हुनुपर्छ भन्ने बुँदालाई लागु लगाऊन खोज्नु भयो । यस विषयमा प्रद्यान सेनापती प्रज्जवलशमशेर जबरासंग कुरा राख्नु भयो । राष्ट्रिय अखण्डताको निम्ती मधेशी युवाहरुको छुट्टै रेजिमेन्ट हुन्छ भने यो साहै राम्रो कुरा हो यसलाई तपाई अगाडि बढाऊनुस् मन्त्री जी भनेर प्रद्यान सेनापती प्रज्जवलशमशेर जबराले भन्नु भयो । जब राष्ट्रिय अध्यक्षले मन्त्री परिषदमा यो कुरा राख्नु भयो ।
२२ बुँदे सम्झौताको कुन बुँदा लागु गराऊन खोज्नु भएको ? र किन त्यो बुँदा हाल सम्म पूरा भएन ?
२२ बुँदे सम्झौतामा उल्लेख भए बमोजिम १० हजार मधेशी युवाहरुको छुट्टै सेनाको रेजिमेन्टको बुँदा ।
यस विषयको कुरा आदरणीय नेता राष्ट्रिय अध्यक्ष शरदंिसंह भण्डारी रक्षा मन्त्री हुदा नै मन्त्री परिषदमा राखे पछि मुख्यत ठूलादल , मधेशी मोर्चा पनि सरकारमा सामेल थिए । ति दलहरुबाट के प्रस्ताव आयो भने १० हजार सेनाको दरबन्दी निकाल्न निकै समय लाग्छ हालका लागि नेपाली सेनामा ३ हजारको दरबन्दी रिक्त छ /खाली छ । त्यही ३ हजार खाली ठाँऊमा मधेशी युवाहरुलाई भर्ना गरीकन ३ हजार सेनाको मधेशी रेजिमेन्टको सुरुवात गरौ भनेर । हाम्रा राष्ट्रिय अध्यक्ष त्यो प्रस्तावमा मान्नु भयो । र ३ हजारको कुरामा फाईल अगाडि बढाऊनु भयो त्यो काममा आलटाल सुरु भयो । कहिले फाईल सचिव कहा रोकिने त कहिले यता त कहिले उता ।
यो फाईल यताउता दौडाऊने कार्य कति समय सम्म चल्यो त ?
जब एक महिना सम्म यो फाईल यता उता दौडाऊने काम भयो तब हाम्रा राष्ट्रिय अध्यक्ष ज्यूले मधेशको साथमा यदी बिभेद हुन्छ भने बिभेदबाट बिद्रोह हुन सक्छ , बिद्रोहबाट हुन सक्छ मधेशका २२ जिल्ला बिखण्डीत पनि हुन सक्छन् । अलग पनि हुन सक्दछन् । उहाँले यती भन्नासाथ नेपाली राजनितीमा एउटा तरंग आयो । ठूलादल र जुन मधेशी मोर्चा सत्तामा बसेका छन् जसले २२ बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए ति नेताहरुले समेत यो त उहाँले देशद्रोही कुरा गर्नु भयो । देश टुक्राऊने कुरा गर्नुभयो भनेर उहाँ माथि आरोप लगाईयो । त्यसपछि उहाँकै पार्टीको अध्यक्ष विजयकुमार गच्छदारले कि त आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफि माग नत्र पदबाट राजिनामा देऊ भनेर दबाब दिने काम गर्नुभयो । तब अभिव्यक्ति फिर्ता नलिई बरु पदबाट राजिनामा दिएर उहाँ बाहिर निस्कनु भयो र यो पार्टीको स्थापना गर्नु भयो ।
उसो भए अब राष्ट्रिय समाजवादी पार्टीले के गर्नेछ ?
बिशुद्ध मधेशको हकहितका लागि रणनिती तयार पारेर राजनितीयात्रा राष्ट्रिय मधेश समाजवादी पार्टीले गर्नेछ ।
अब जनताले के सम्झीने ? मधेशीको लागि यो राष्ट्रिय समाजवाद पार्टी ठीक या अन्य ?
यही सन्दर्भमा म आदरणीय जनताहरुलाई यही आग्रह गर्न चाहान्छु कि यदी शरदसिंह भण्डारीले मधेशसंग भएको २२ बुँदे सम्झौता मध्ये १ बुँदा कार्यान्वयन गर्न खोज्नु भएको थियो । यदी त्यो कदम सही थियो त ठूला तीन दल लगायत मधेशी मोर्चा जो सत्तामा बसेका थिए वा बाहिर थिए उनीहरुले यसलाई किन समर्थन नगरेका । यहाँलाई स्मरण होला पञ्चायतकालिन सविद्यानले पनि राजालाई सर्वोपरी भन्थ्यो जब जनता सडकमा उत्रे तब पञ्चायती व्यवस्था पनि अन्त्य भयो । त्यसपछि प्रजातन्त्र आयो त्यस पछि पनि जनता सन्तुष्ट भएनन् तब गणतन्त्र आयो । भनाईको तात्पर्य एउटा परिवारमा दुईवटा छोरा छोरी छ भने एउटालाई राम्ररी लालन पालन गरीकन उसलाई पाकेट खर्च दिएर राम्रोसंग अर्को छोरालाई राम्रोसंग पाकेट खर्च नदिईकन राख्यो भने घरमा पनि कलह सुरु हुन्छ । त्यहा पनि अंशवण्डाको कुरा आऊछ ।
य उसो भए अब मधेशका २२ जिल्ला अंशवण्डाको पक्षमा लागेको हो ? अलग्गीने पक्षमा हो त ?
त्यसो भन्न खोजेको हैन् । बिमति कहाँबाट शुरु भयो भन्ने कुरा मात्र गरेको । अहिले जुन शासकवर्ग छन । हाम्रो लडाई भनेको शासकवर्गसंग हो । यस्ता शासकवर्ग जसले पाहाड र मधेशमा जुन बिभेद गरिरहेका छन् ।
मधेश र मधेशीको हकहितमा भनेर पसलजस्तै पार्टी खुलेका छन् यहाँहरुको उनीहरुसंग सहकार्य हुन्छ कि ? या भएको छ की ?
मधेशको लागि भनेर आएका त्यस्ता कुनै अरु पार्टीहरुसंग हाम्रो सहकार्य छैन र हुदैंन । अहिले सम्म त्यस्तो केही छैन ।
अब मधेशमा मधेश र मधेशीको हक हितको नाममा धेरै दलहरु छन् कसरी सही पार्टी पहिचान गर्ने मधेशी जनताले ?
मधेश आन्दोलन पछि गरिएको २२ बुँदे सम्झौता आज सम्म आईपुग्दा किन लागु हुन सकेन । २२ बुँदे मध्ये एउटा बुँदा पार्टीका राष्ट्रिय अध्यक्ष भण्डारीले लागु गर्न खोज्नु भयो किन पूरा हुन सकेन ? के २२ बुँदे सम्झौता भएको थियो थिएन ? जनताहरुलाई यही आग्रह गर्न चाहान्छु कि ठूला तीन दल र मधेशी मोर्चा एव मोर्चा बाहिरका अन्य मधेशी दलहरुलाई गर्नुहोस् । शरदसिंह भण्डारीले २२ बुँदे मध्ये १ बुँदा लागु लगाऊन खोज्दा किन समर्थन गर्नु भएन र हाल सम्म किन २२ बुँदे सम्झौताको एउटा बुँदा पनि पूरा हुन सकेको छैन् ।
मधेशको हित नै साझा लक्ष्य भएकाले मिलेर जाने भनी केही मधेशीदलहरुले मोर्चाबनाएका छन् । तपाईको पार्टी पनी त्यो मधेशी मोर्चासंग आबद्ध छ कि ?
हाम्रो पार्टी मधेशी मोर्चामा आबद्ध छैन् ।
एकदम सटिक या छोटकरीमा भन्नु पर्दा तपाईको पार्टीको माग के हो ?
सबैभन्दा पहिले त हाम्रो माग हो संघियता ,त्यसपछि हाम्रो विश्वास भनेको लोकतन्त्रमा छ । समानता हुनुपर्यो समावेशिता हुनुपर्यो । एउटा नागरिकता मात्र पाएर कोही मधेशी नेपाली हुदैनन् उनीहरुलाई समान व्यवहार गरिनुपर्यो । कहि पनि मधेशीहरुलाई समानताको आधारमा र समावेशीताको आधारमा सहभागी गराईएको छैन् ।
के मधेशी जनताले तपाईहरु मार्फत मागेर हक अधिकार पाऊछन् त ?
एउटा कुरा के छ भने अहिको जमानामा मागेर पाईदैन । त्यसैले मधेशीहरुलाई यही आव्हान गर्न चाहान्छु आफ्नो हक लिनको लागि एउटा अर्को आन्दोलनका लागि तपाईहरु तयार भएर बस्नोस् । हामी तपाईहरुको नेतृत्व गर्नेछौ । हाम्रो पार्टीलाई सहयोग गर्नुहोस् हामी तपाईहरुको कुरा सम्बन्धित स्थानमा पुर्याई पूरा गराऊने प्रयास गर्नेछौ ।
तपाई नै भन्नोस जनताले अखिर कसरी चिन्ने सही मधेशवादी दललाई ?
जनताले यही आधारमा चिन्नु पर्छ जुनदल सहीरुपमा मधेशको हकहितमा लागेको छ । जुन मधेशी दल तीनबाट १७ दल बन्न पुगे ति के कति कारणले खण्डित बन्न पुने ।
सबै दल सत्ताको लुछाचुडिमा ३ बाट १७ दल हुन पुगेको भन्ने यहाँहरुमा स्पष्ट छ । त्यसैले जनताले आफै चिन्नु पर्छ । तर हाम्रोदलका नेता शरदसिंह भण्डारीले रक्षामन्त्रीको पद त्यागेर कुनै पार्टीबाट फुटेर होईन कि आफै हामीहरुले अलग्गै दल स्थापना गरेका छौं । त्यसैले जनताहरुलाई म यो कुरा भन्न चाहान्छु उहाँहरुले मूल्यांकण गर्नु पर्यो ।
अन्त्यमा पर्सेली जनतालाई केही भन्नु हुन्छ की ? केही आग्रह गर्नु छ की ?
मेरो जनताहरुलाई यही आग्रह छ उहाँहरुले मनन गर्ने बेला आएको छ । उहाँहरुले मूल्याकंण गर्नु पर्ने बेला आएको छ । उहाँहरुले उहाँहरुको विश्वासमा जुन पार्टी पूर्णरुपमा मधेशको हकहितमा खडा हुदैछ त्यसैलाई सहयोग गर्नुहोस् मतदान गर्नुहुन आग्रह गर्दछु । खासगरी राष्ट्रिय मधेश समाजवादी पार्टी मधेशीको हक अधिकारको खातिर लड्ने पार्टी भएको हुनाले सम्पूर्ण जनताहरुलाई राष्ट्रिय मधेश समाजवादी पार्टीलाई नै मत दिन आव्हान गर्दछु ।
अन्त्यमा नजिकिदै गरेको हिन्दूहरुको महान चाड बडादशैं एवम मुस्लिम समुदायहरुको बकरईदको हार्दिक मंगलमय शुभकामना भन्न चाहान्छु ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा सविद्यान सभा सदस्यको प्रत्यक्षतर्फबाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार राजेशमान सिंहसंग पत्रकार दीपक गौतमले गर्नुभएको कुराकानीमा आधारित )
स्रोत : हाम्रो आफ्नै पत्रिका