नेपाली काँग्रेसको नेतृत्वले मात्र निकासःद्विवेदी

वीरगंज, ५ कार्तिक ।
नेपाली काग्रेंस क्षेत्र नम्बर २का उम्मेदवार अजय दिवेदीले नेपाली काग्रेसले नेतृत्व पाए मात्र मुलुकले राजनैतिक निकास पाउने धारण व्यक्त गर्नुभएको छ । नेपाली काग्रेस पर्सौनी गाउ कमिटिले आयोजना गरेको गाउ सभालाइ सम्बेधन गर्दै नेता दिवेदीले यस्तो धारण व्यक्त गर्नुभएको छ । उहाले विगतमा सविधान सभामा माओवादिले बहुमतमा आएपनि सविधान निर्माण नहुन सकेको बताउदै नेपाली काग्रेसले जब जब मुलकको नेतृत्व लिएको बताउदै लोकतान्तिक सविधान निमाणको लागि नेपाली काग्रसलाइ भोट दिन आग्रह गर्नु भयो । नेका गाउसमिति अध्यक्ष मुनीलाल यादवको अध्यक्षतामा सम्मपन्न भएको गाउ सभामा क्षेत्रीय अध्यक्ष विरेन्द्र पटेल, नेपाली काग्रेसका महाअधिवेशन प्रतिनिधि राधेश्याम चौरसिया, राम चन्द्र प्रसाद कुर्मी लगायतका व्यक्तिहरुले मन्व्य व्यक्त गर्दै  काग्रेलाइ भोट दिइ अजय दिवेदीलाइ विजयी बनाउन आग्रह गर्नु भएको थियो । यसै गरि नेपाली काग्रेस क्षेत्र नम्बर २ले पर्सौनी गाउमा घर दैलो कार्यक्रम गरेको छ । कार्यक्रममा नेका जिल्ला  समितीका पदाधिकारीका  काग्रेसी कार्यकर्ता र समर्थकहरुको समेत उलेखनीय उपस्थिति रहेको थियो । –अनिल तिवारी

SHARE THIS

Author:

Facebook Comment