करिमा बेगमसहितका चारवटा भारतीय गाडी प्रहरीको नियन्त्रणमा

अनिल तिवारी
वीरगंज, ५ कार्तिक।  भन्सार छली भारतीय गाडि प्रयोग गरिरहेको आरोपमा पुर्व कृषि राज्य मन्त्रि एवम मधेसी जनअधिकार फोरम नेपालका पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार करिमा बेगमले प्रचार प्रसारमा प्रयोग गरिरेहको भरतीय नम्बरको गाडि पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको पोखरीया इलाका प्रहरी कार्यालले चक जाचका क्रममा मधेसी जनअधिकार फोरमका उम्मेदवार करिमा वेगम,नेपाल कम्युनिष्ट पार्टी सयुक्त, सघीय सदभावना पार्ति र हिन्दु प्रजातान्त्रिक पार्टिका उम्मेदवारहरुको गाडी सवारी गाडि नम्बर MH 15K 3855,BR 06B 3523,,BR05 5362 क ो गाडि लगायत चारवटा गाडि प्रहरीले पक्राउ गरेको मन्त्रि वेगमले बताउनु भयो ।
 उहाले  आफुले चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडिको भन्सार र इन्ट्री तीन दिन मात्र फेल भएको र चुनावी प्रचार प्रसारमा प्रयोग भएको बताउदै प्रहरीको यो कार्य मधेस बिरोधी भएकोले आफुहरुले अनसनमा बसेको बताउनु भयो ।
 बारा क्षेत्र नम्बर ४ का एमाले का उम्मेदवार महमुद आलमको हत्यामा भारतीय मोटर साइकल प्रयोग पछि प्रहरीले चुनावी प्रचारमा प्रयोग भइरहेको गाडिहरुको चेक जाचमा कडाइ गर्ने निति राखेपनि व्यापक दुरुपयोग भइरहेको गुनासोहरु आइरहेका छन् ।


SHARE THIS

Author:

Facebook Comment