वीरगंज ६, कार्तिक ।
वीरगंजको छपकैयाबाट पर्सा प्रहरीले १ किलोग्राम अवैध सुन र २१ लाख नगद रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार अपराध नियन्त्रण, फरार अपराधी पक्राउ तथा भन्सार चोरी, निकासी पैठारी नियन्त्रणको लागि सो कार्यालयबाट शुरु गरिएको विशेष अभियान अन्तर्गत बुधवार विहान अं.०७ः३० वजेको समयमा प्राप्त सुचनाको आधारमा खटिएको बिशेष टोलीले जि. पर्सा बी.उ.म.न.पा वडा नं.३ छपकैया स्थित नेपाल भारत सिमाना नजिक अवैध रुपमा सुन खरीद बिक्री गरि सुन भारत तर्फ लैजाने क्रममा जि. पर्सा बी.उ.म.न.पा वडा नं.१९ बस्ने हरेन्द्र यादव र एैं वडा नं.६ बस्ने राजकुमार दारुकालाई नियन्त्रणमा लिई निजहरुको शरीर खानतलासी गर्दा राजकुमार दारुकाको साथबाट १ किलो सुन तथा हरेन्द्र यादवको साथबाट रु. २१,००,०००।– नेपाली रुपैया फेला परेकोले उक्त सुन तथा नगद बरामद गरी निजहरु दुवै जनालाई पक्राउ गरी कारवाहीकोलागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो ।
बरामद सुन आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।