–प्रशान्त महासागर
आम नेपाली जीवनको इतिहासमा धेरैले धेरै छन भन्दै वर्णन र विश्लेषण गरिईयो तर त्यसको अर्थ कुनैमा पनि केहीमा पनि खुलेनन् भने नेपालीहरु विस्तारै विभाजित हुँदै गएको इतिहासलाई आ–आफ्नै सोच र परिभाषाले ठीक हो भन्न लगाउँदै राजनैतिक हस्तिहरु सफल र शिखर चढ्दै गए त आम नेपाली खुड्किलो सावित हुँदै गए । यसले देशको चौतर्फी विकासलाई थाँती राख्दै सिमित मनुष्यहरु मात्र राज्यमा देखिंदै गए जसको लक्ष्य भनेकै आफन्त विकासका सिद्धान्त मात्र सर्वोपरि सावित हुँदा नि निमुखाहरु भोकै हुनुलाई ठूलो कुनै पनि सिद्धान्त र परिभाषाले नदेखिनु नै हो । र गरीव भनेको मर्न मात्र जन्मेको स्वयम्सिद्ध हुँदै गए । त्यस्तै देशले पनि शब्दमा धेरै ठाउँ परिवर्तित हुने मौका पाए तर घाउ आलो र तातोको तातो नै रहिरह्यो भने मलमको खोजी कसैले पनि महशुस गरेनन् । त्यसैले यहाँ सगरमाथा छ भन्दा पनि नेपाल कहाँ छ भन्ने प्रश्न २१ औं शताब्दीमा पनि जहाँको त्यही रहिरह्यो र नेपाल कुनै दुई देश वीचको तरुल हो भन्ने सबैले बिर्सिदै गए भने तरुल मीठो हुँदैन साथै ऋषिमुनीहरुको आहार होईन भन्ने कुरालाई विद्यमान कलहहरुले सावित गराउँदै लगे ।
र नेपालमा विद्यमान कलहहरुको कुरा गर्ने हो भने शायद जूनीले नपुग हुने कुरालाई कसैले नकार्न सकिदैनन् । हामीले जीवन जन्मलाई समेत मागकै परिभाषामा बुनेर आन्दोलन जस्तो पवित्र पुण्य यज्ञलाई पनि अपवित्र पार्दै लगी रह्यो । शायद मनुष्य हुुनुको दूभाग्र्य नै त्यही होला जसले गर्दा कहिल्यै कसैमा सद्बुद्धि पलाएनन् । सधैं सबैले विध्वंशका बाटाहरु नै अधिकार प्राप्तिका सहज माध्यम ठाने जुन विल्कुलै गलत हुन भने त्यसले प्राप्त हुने पनि खराब नै हुन भन्नुको अर्थ वीउ अनुसारकै फल मात्र प्राप्त हुने हुनाले अरु अरु केहीको अपेक्षा गर्नु मूर्खता नै हो । हुन त हामीले संघर्ष त्याग्यौं भने जहाँसम्म लाग्छ जीवन नै समाप्ति हुन्छ तैपनि संघर्षलाई बाटो बनाई कुलतमा आफुलाई फसाएको थाहा नपाउनु शायद जीवन जन्म एउटा पाप नै हुनेछन् । हामीले जीवन पाएको कुरालाई यो त कसैको केहीको नतीजा हो भन्दै त्यतिकै खर्च गर्नु आफु मानवीयताबाट अलगिएर जानु पनि हो । मैले यी कुरालाई अगाडि किन सारेको भन्दाखेरि देशको घाउलाई कसैले मतलब नगर्नु र आफ्नो स्वार्थले आफुहरु चल्नु आदीले मनको बहलाई कलमको मद्दतले पोख्ने कोशिस गरेको हुँ जुन कोशिस कसैलाई शायद विषै पनि सावित हुन सक्छ भने कसैको लागि अमृत तर नेपालको सन्दर्भमा अमृत सकेकै अवस्थालाई मैले पनि बुझेकै छु भने झन अरुले नबुझ्ने कुरा त हुनै सक्दैन ।
त्यस्तै हामी इतिहासबाट आफ्नो परिचय खोज्छौं तर इतिहासका पन्नाहरु जलाई वर्तमानमा आगो ताप्छौं जुन क्षणिक राप पाईएला तर इतिहासै मेटिएको कुरालाई पटक्कै मनन गर्दैनौं । आजभोलीको परिस्थितिमा, नेपालमा सबैको संस्कार जीर्ण हुने तवरले जल्दै गएको छ जसलाई निभाउनु पर्छ भन्ने लगभग सबैको स्मरणबाट शून्य भएको अवस्था निर्मित भएको छ र कत्तिले त त्यही शून्यताको भरपूर फाइदा लिंदै जातीय युद्धलाई बढावा दिनसम्म पनि लागी परेका छन् जसले गर्दा गौतम बुद्ध फेरि नेपालमा नजन्मिनु भन्नु नै हो । सीताको जन्म थलो नेपाल होईन भन्ने जत्थाहरु जन्मिन खोज्नु पनि यसका प्रमुख कारण नै हुन् । र नेपाल प्राकृतिक स्रोतको धनी राष्ट्र भनी गर्व गर्नु पनि बेकार नै हुनेछन् किनभने यहाँको त्यो प्राकृतिक सुन्दरताको के काम जसको निम्ति ज्यानको आहुति दिनुपर्ने उल्झनहरु यथावत शेष रहिरहन्छन भने, त्यस्तै पुग्न र अवलोकन गर्न कुनै सुविधा छैन, विकासका र बाटाहरु छैन साथै त्यसबाट उपलब्धिहरु न्युन भन्दा न्युन प्राप्त हुन्छन र त्यसका फाइदाहरु कालोबजारीले लिई रहन्छन भने नेपालमा आर्थिक सामाजिक विकासको निम्ति कोही पनि पर्यटक बनी आउने छैनन् ।
र मानव जाति भनेको शान्तप्रिय जन्तु हो । ऊ जीवनको हर मोडमा आफु दु:खमै डुबेर भएर पनि सुख र खुशीकै निम्ति सास फेर्नमै तल्लीन भई रहन्छन भन्ने कुरालाई देशको अभावलाई सभाव तुल्याउन विदेशीनु नै हो । उसलाई परिवारसँग रम्ने मन छ होला । उसलाई पनि जात्रा पर्वहरुमा हाँस्न मन छ होला । उसका पनि असिम चाहहरु होला जुन देशमै बसि पूरा गर्ने इच्छाहरुबाट विदेशमा पिचास बनेका होला । नचाहँदा नचाहँदै पलाएन हुने कुरालाई शायद विद्रोह नै बनाएका भए अझ भनौं प्राप्तिका बाटाहरु रोजेका भए यो देशको रुपरंग कस्तो हुन्छ होला एकचोटि शासक वर्गको ज्यादतिले सोच्नु पर्ने हो तर आफुहरु चोखिने मन्त्रबाट सबै विभूषित आम नेपालीहरुले गरि दिनाले नेता भनाउँदाहरु विभिन्न रुपको भत्ता र कमिशनमा रमी रहेका छन र आम नेपालीहरुले आफु विक्रि भएको अर्थलाई बुझ्न नचाहेर पनि ती त्यस्ता क्षणिक पशुहरु मौलाएका हुन् ।
र मानव बेचविखन भनेको महिलाको यौवनसँग मात्र आबद्ध हुनु र त्यसलाई मात्र ठूलो ठानिनुले गर्दा आज खुलेआम रुपमा पुरुषहरु विक्रि हुँदैछन् भने महिला तथा बालबालिका नहुने त कुरै आउँदैनन् भन्नुको अर्थ जहाँ कमिशनको कुरा विद्यमान हुन्छ त्यो विक्रि नै हो भने देश चाहे जुनसुकै नै होस त्यसको नीति खरिद नै हुनेछ र त्यो खरिद नै हो मात्र काटेर बेच्न मिल्दैन त्यो अर्कै कुरा हो । आजभोली सरकारद्वारा नै हामी नेपाली खुलेआम विक्रि भएको कुरालाई सरकारी भाषामा रोजगारी भन्ने व्याख्या हुँदै आएको कुरालाई सबैले हाँसीखुशी स्वीकारेका छन् भने भाषा सिकी मलाई किन्नु है भन्दै परिक्षामा सम्मेलित हुँदै विदेशी माटोमा मर्नु र बाँच्नु दो–साँधमा कमाईहरु आफुलाई बेची भित्र्याउनु परेका बाध्यता आम नेपालीहरुको हुँदै गएको अवस्था छ ।
यसमा सरकारको ध्यान नजानु भनेकै कमिशन पाई रहनु नै मुख्य कुरा हो । र सञ्चार माध्यमले यसलाई बेवास्ता गर्नु भनेकै सरकारले भ्रमित पार्दा नि त्यसको जरो थाहा नपाउनु हो या चाहेर पनि खुलेर पत्रकारिता निभाउन नसक्नु नै हो । हुन त सबैको पेशा हो त्यसमा विवाद गर्नु जायज हुँदा नि नाजायज हुन्छ भन्ने कुरालाई जोताह र मालिक वीचको अधिकार क्षेत्र बेग्ला बेग्लै हुनु नै हो । आजभोली जहाँ जुनसुकै नाका वा मार्गमा आफ्ना आँखाहरु बिछ्याउनु विक्रि हुन जानेहरुको ताँती दिनहुँ सयौं भन्दा माथिकै हुन्छन् भने सिमित मात्रामा प्रविधि प्रशासनबाट दिक्क हुँदै लाग्नेहरु देख्छौं नै जसलाई चाहेर पनि फर्क है विक्न नजाऔं भन्ने आँटहरु हुँदा नि शीप र साधन दिने क्षमताहरु सरकार पहुँचवालाहरुले गुमाउँदै गएको कुराले देश अब कहिले उठ्छ भन्ने नै ठूलो मुद्दा बनेको छ । हामी पनि अरु जस्तै विकास र समृद्धि युक्त देश हुन चाहन्छौ । हाम्रो पनि चन्द्रमा जाने लक्ष्य र योजना छ तर पूरा कहिले हुने हो यो एक कल्पनीय सोच भएको छ भने त्यो पूर्ति कुन सरकारको पालामा हुन्छ भन्दै आन्दोलनलाई अगाडि सार्ने दुई दोषले अबका दिनहरुमा आम नेपाली श्रापित छन । भनिन्छ नेपाल सतीले सरापेको देश भनेर वास्तवमा सती भनेको के त भन्दाखेरि सहन शक्ति नै हो ।
हामी नेपाली दिनकै विक्रि र खरिदको तराजुमा जोखिदै जाँदा नि कुनै शक्तिसँग त्यो दु:खको आवाज नहुनु र भएका शक्तिहरु पनि आ–आफ्नो दूनो सिधा पार्ने खेलमा रमी रहेको हुनाले आज पूरै नेपालीहरु विक्रि भई रहेको अवस्था विद्यमान छ । नेपालहरुको मोलमोलाई खुल्ला रुपमा सरकार सरकार वीच हुँदा नि हामी बोल्न नसक्ने छौं किनभने सबैलाई स्वदेशको माटो भन्दा विदेशको कमाई नै प्यारो लागेका छन् । नलागोस् पनि कसरी...? खानु परेकै छ भने बेअर्थमै भएपनि बाँच्नु परेकै छ ।
अन्तमा, यहाँ बाँच्नुको सार आफैंलाई बेच्नु सिद्ध भई रहेको अवस्था दिन दुगुणा र रात चौगुणाको गतिले क्रियाशील भई रहेको अवस्था छ भने यस्तोमा सरकारले र अरु अन्यले खुलेआममा नेपालीहरु बेच्ने र किन्ने काम हुन्छ नै । हामी गरीब छौं हुँदाहुँदै विवेकहीन पनि हुँदै गयौं भने जिउने कवज सहनशीलतालाई मान्दै गएको अवस्था छन जसले गर्दा अकुट सम्पत्ति संचय बानीबाट हामी पनि विभूषित हुँदै गयौं र पैसा नै सवथोक हो भन्ने सिद्धान्तबाट प्रतिपादित प्राणी बन्दै गयौं पनि जस्ले गर्दा यौवन लुटलाई या भनौं बाल श्रमलाई मात्र शोषन र बेचविखन ठानिदै जाँदा देशको अरु शक्ति सहजै विदेशीको लागि विक्रि हुँदै गए भने देश खोक्लिंदै जीर्ण अवस्थामा पुगे । यो जीर्णतामा कति दिनसम्म हाम्रा सन्ततीहरुको भविश्य चल्ने हो भन्ने सोच्न म आज बाध्य भएको छु भने कति दिनसम्म मैनबत्तीमै खाना पकाई खाई जिविका चलाई रहुँ...?
त्यसैले सम्बन्धि सबै निकायलाई चाँडो भन्दा चाँडो नेपालीहरु बेचविखन रोक्नेतिर कदम चालौं भन्ने आग्रह गर्न चाहन्छु । र विश्व निर्माण गर्न सक्ने नेपालीहरुले नेपाल बनाउन सक्दैनन् भनी सरकारले नेपाली बेच्ने काम ठप्प गर्नु नै पर्छ भन्ने आग्रह पनि गर्न चाहन्छु साथसाथै विक्रिमा रम्ने नेपालीहरुलाई के आग्रह गर्न चाहन्छु भने तिम्रो कमाई देश चल्छ र घर खर्च टर्छ तर बन्नु पर्ने गाउँको पुल तिम्रै परिश्रमले मात्र बन्छ, तिम्रो शिपले मात्रै तिम्रो घर बन्छ । जोड्नु पर्ने गाउँ गाउँको बाटो अब तिमीले नै खन्छु भनी लागी परेको खण्डमा अवश्य विकासले सबैलाई छुने नै छन । हुनसक्छ यो मेरो कुरा मात्र तर मनन गर्ने हो भने पनि जराबाटै कीरा लागेको बोटलाई स्वच्छ र स्वस्थ्य बनाउन सक्छौं नै त्यसको लागि गाउँ भरिएको हुनु पर्यो भने माग र अधिकारका परिभाषाभित्र फरक के हो भन्ने पनि आत्मा मन्थन गर्नु आजको नितान्त आवश्यक सिद्धान्त पनि हुन् । होशियार ! एकातिर हामी पानी बेच्दैनौं भन्दै लागी परेका छौं भने उता सरकारी नीति नियमले हाम्रो रगतको मूल्य तोकि रहेका छन । जय देश, जय जनता ।
prashantsharmila2@gmail.com
प्रकाशन मितिः २०७२ माघ २८ गते बिहीवार