क्राइमचेक प्रतिनिधि/
वीरगंज/ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले बुधवार जिल्लाका सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीहरूको स्थलगत निरीक्षण गरेका छन् ।
प्रहरी उपरीक्षक सिंहले निरीक्षणको क्रममा जिल्लाको सिमावर्ति क्षेत्रमा रहेका प्रहरी चौकी अमरपट्टी, धोरे, खेस्राहा, प्रशौनीभाटा, सबैठवा, भिष्वा र ई.प्र.का.लंगडी समेतका प्रहरी ईकाईहरुको कार्यालय निरीक्षण गरी उक्त प्रहरी ईकाईमा कार्यरत रहेका मातहत का सम्पूर्ण अधिकृत तथा जवानहरुलाई आवश्यक ब्रिफिङ तथा निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साथै जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी बर्डफ्लु रोकथाम नियन्त्रणको लागी भारतबाट आयात गरिएका चल्ला कुखुराहरुको क्वारेण्ट
टाईम चेकजाँच गरी गराई चेकजाँच गरेका चल्ला कुखुराहरु मात्र नेपाल आउन दिने र अन्य क्षेत्रहरुबाट आउने चल्ला कुखुराहरुबाट समेत बर्डफ्लु फैल्न सक्ने हुँदा यस जिल्लामा बर्डफ्लु फैलन नदिनको लागी बिशेष सतर्कता अपनाउने र तस्करी नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, फरार अपराधिको खोजी तथा पक्राउ एवं समाजमा शान्ति सुरक्षा कायम राख्ने तर्फ बिशेष ध्यान पुर्याउने निर्देशन दिनु भएको जनाइएको छ ।
उक्त निरीक्षणको क्रममा प्रहरीको आचरण व्यवहार सुधार्न बिशेष निर्देशन दिंदै प्रहरी उपरीक्षक सिंहले कुनै पनि प्रहरी कर्मचारी त्यस्ता कृयाकलापमा संलग्न रहेको पाईएमा कडा कारवाही गरिने निर्देशन दिनुका साथै निरीक्षण भ्रमणको क्रममा उपस्थित नागरिक समाजका व्यक्तिहरु संग प्रहरी तथा जनता बिचको सम्वन्ध सुधार लगायतका बिषयहरुमा अन्तरकृया समेत गर्नु भयो ।