“आदरणीय जन समुदायहरु, यो पालिको चुनावमा हाम्रो पार्टीलाई बिजयी गराउनु भयो भने हामी यो देशको कायापलट गरि दिन्छौं । हिजो पञ्चेले खोक्रो बनाएको यो मुलुकलाई हामी स्वीजरल्याण्ड बनाईदिन्छौं, सिंगापुर बनाइ दिन्छौं, मेलम्चीको पानीले दैनिक काठमाण्डौको सडक पखाली दिन्छौं.
यस्तै यस्तै मनचिन्ते वाहियात कहिले पुरा नहुने भाषण गर्ने नेताहरु मध्येका कतिपय नेताहरु माथि यमराजकोमा काज फिर्ता गइसकेका छन् । नेपालमा पूरा गर्छु भनेको सपना माथि स्वर्ग र नर्कमा बसी पूरा गर्दै होलान् ।
नेपालमा मेलम्चीको पानी ल्याएर काठमाण्डौको सडक पखाल्छु भनेर वाहियात भाषण दिने नेपाली कांग्रेसका सन्त नेता भनेर चिनिने कृष्ण प्रसाद भट्टराई हुन् । मेलम्चीको पानी आयो कि आएन त्यो सबैलाई थाहा छ तर फटाहा बोल्ने नेताकै त्वम् शरणम् प्रभु भन्दै पुष्पक बिमान चढेर उहिले माथि गइसके ।
सिंगापुर बनाउँछु भन्ने नेता अहिले पनि ज्यूँदै छन् । बेला–बेला सिंगापुर पनि जान्छन् । तर सिंगापुर त नभनौ पुरै काठमाण्डौ खाल्टो सिंगापुर भएछ कि झिंगापुर भाको छ त्यो पनि सबैलाई थाहा छ । सिंगापुर
चारै तिर समुन्द्रले घेरिएको एउटा टापु हो भने नेपाललाई के समुन्द्रले चारै तिर बाट घेरेको छ ? सिंगापुरमा नेपालमा जस्तो डांडाकाँडा, भिर पहरा, खोच र हिमाल छ ? नेपाल र सिंगापुरको भौगोलिक अवस्था मिल्छ ? अनि नेताले जे भन्यो त्यहि कुरा पत्याउँदै ताली ठोक्ने र अमूल्य मत दिएर पटक–पटक सत्तामा पुर्याउने ती नेताहरु बेवकुफ कि तपाईं हामी जनता बेवकुफ ?
स्वीजरल्याण्ड र नेपालको भौगोलिक अवस्थामा केहि हद सम्म भए पनि मिल्न जान्छ । स्वीट्जरल्याण्ड जस्तो देश बनाउन मनमा आँट र चाहना हुनु पर्दछ । हाम्रा नेपालको महान नेताहरुको आँट र चाहना के कस्तो छ त्यो त हामीले २४ वर्षमा देखिसकेका छौं नि । यदि आँट र चाहाना भै दिएको मेलम्ची आउँथ्यो होला । अहिलेसम्म राजधानी काठमाण्डौको जनताले काकाकुल जस्तो भएर पक्कै पनि बस्नु पर्दैनथ्यो होला ।
हामी नेपालको जनताहरुले नेताको परिभाषा नबुझ्ने छट्टु नेताहरुलाई हामी हाम्रो नेपालको नेता भनेर “नेता” भन्ने पवित्र र महान शब्दको नै अपमान गर्दैछौं । नेपालमा जन्मेर नेपाली नागरिकता लिंदैमा नेपाली हुने भए अहिले नागरिकता बाँडिएको लाखौं भारतीयलाई पनि खाँट्टी नेपाली भन्न मिल्थ्यो तर “आइमाई मान्छेलाई माइतीको कुकुर पनि प्यारो हुन्छ” भन्ने उखानलाई चरितार्थ पार्दै छिमेकी दुतावासको एक कलमा दिल्लीमा जी हजुर गर्ने जाने नेपालको ठूला पार्टीको नेताहरुलाई नेपालको नेता भनेर सम्बोधन गर्नु भनेको भगवान पशुपतिनाथको अपमान, आस्थाको असंख्य पवित्र देवी देवताको अपमान, बुद्धको अपमान, सगरमाथाको अपमान, राजा जनकको अपमान, देवी सीताको अपमान, भृकुटीको अपमान र करोडौं करोड नेपाली जनताको अपमान हो भनेर बुझ्नु पर्दछ । सबैलाई चेतना होस् । हामीले यस्ता नेताहरुलाई सम्मान गर्नु भनेको आफ्नै शीर निहुर्याउनु हो । दास बन्नु हो त्यसैले दास हैन चेतनशील नागरिक बनौं । नेपालको अहिलेका पार्टीका नेताहरुले देश र जनताको उन्नति कहिले पनि गर्दैन । देश र जनताको कहिले पनि भलो गर्दैन । २४ वर्ष भनेको त धेरै ठूलो समय हो । पद र सत्ताको लागि चौबिसै घण्टा कुकुर र बिरालो जस्तो एक आपसमा झगडा गर्ने यस्ता नेताहरु बाट आशा गर्नु भनेको ? अकबर राजाको मन्त्री बिरबलले पकाउन लागेको खिचडी जस्तै हो । तल दनदन्ती आगो दन्काएर बिस हात लामो बाँस माथि हण्डी झुन्डाएर भोका जनतालाई खिचडी पकाएर खुवाउन लागेको छु भन्ने यस्ता छट्टु प्रबृत्तिका नेताहरुको अब पनि भर गर्नु भनेको भोका जनताले आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु हो । त्यसैले छोड्नुस नेता भक्ति र विश्वास नगरौं यिनिहरुको गुलियो भाषण किनभने गुलियो धेरै खायो भने चिनी रोग अर्थात डाइबिटीज लाग्छ है । सबैले जानी राखौ ।

(२०७० साउन २४ गते प्रकाशित)