पिनास र यसको घरेलु उपचार

– डा. यञ्जन गैह्रे

पिनास :पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ ।

साइनोसाइटिस साइनस(sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो । साइनस भन्नाले टाउँको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् ,जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाइ रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिगाँन भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ व्याक्टोरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।
विशेष गरी साइनसहरु चार प्रकारका हुन्छन् र तिनीहरुको इन्फ्लामेसन (Inflammation)को आधारमा पिनासको वर्गीकरण गरिएको हुन्छ ।
१) फ्रन्टलसाइनस (Frontal sinus) –निधारमा हुन्छ ।
२) म्याक्जिलरीसाइनस (Maxillary sinus) –दुवैतिर गालाको भित्री भागमा ।
३) इथमोइडल साइनस (Ethmoidal sinus) –आखाँहरुको बीचमा ।
४) स्फेनोइडल साइनस (Sphenodal sinus) –इथमोइडल साइनसको भित्री भागमा ।
पिनास दुई प्रकारका हुन्छन् :-
१)  एक्युट साइनोसाइटिस (पिनास):- ३० दिन भन्दा कमको पिनास ÷१० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ, भने १० दिन भन्दा बढी रहेमा, त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।
२)  क्रोनिक साइनोसाइटिस (पिनास):- ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जीक व्यक्तिहरुको नाक भित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

पिनास हुनुका मुख्य कारणहरु:-
१)  साइनस (Sinus) को भित्री भागमा केहि गरी अवरोध वा रोकावट हुनु ।
२)  एलर्जी, भाइरल वा व्याक्टोरियल संक्रमण हुनु ।
३)  नाकको भित्री भागमा मासु पलाउनु –Nasal polyp वा ट्युमर हुनु वा नाकको
भित्रको हड्डी बाङ्गिनु ।
४)  एलर्जी गराउने कुनै वस्तु, खाना, धुँवा–धुलो, गन्ध आदि ।
५)  कुनै पनि प्रदुषण, चिसो, वातावरण, चिसो हावा, चिसो वा बासी खाना, आदि ।
पिनासको लक्ष्णहरु
१) नाक बन्द भइरहने र श्वासप्रश्वास गाह्रो हुने ।
२) टाउँका को अगाडिको भागमा भारी र अनुहारको अगाडिको भागमा पनि पिडा हुने
३) गन्ध वा बास्ना थाहा नपाउने
४) नाकबाट बाक्लो, पहेलो र गन्द युक्त सिगाँन बग्ने ।
५) दिउँसोमा सुख्खा खोकी लाग्नु, रुघाको लक्षण देखिनु, मन्दमन्द ज्वरो आउनु, दाँतको
पीडा वा कानको दुखाई हुनु ।
योग तथा प्राकृतिक चिकित्सा:-
१) योग चिकित्सा:-
–अनुलोम विलोम प्राणयाम
–कपालभाति प्राणायाम
–सूर्यवेदि प्राणयाम
२) प्राकृतिक चिकित्सा:-
–जलनेति वा सूत्रनेती
–अनुहारको मालिस
–अनुहारको वाष्पस्नान
–नास्य, शिरोवस्ती र शिरोधारा
–उष्णपादस्नान
–एक्युपंचर, एक्यूप्रेशर र रिफ्लेक्सोतोजी विधि
आहार सम्बन्धी जानकारी:-
१) प्रशस्त मात्रामा खानु पर्ने:-
–हरियो सागसब्जी, फलफूल, अंकुरित अन्न वा गेडागुडी
–हर्वल चिया, कागती र मह र ज्वानोको रस तुल्सीको पातको रस र मह
–भिटामिन बी–१२ र भिटामिन सि युक्त खाना तथा फलफूल आदि
२) कम मात्रामा खान हुने:-
–चिसो गर्ने परिकार जस्तैः–गुन्दु्रक, तामा, इस्कुस, अमिलो दहि मासको दाल आदि ।
–धु्म्रपान, मद्यपान, सुर्ती जन्य पदार्थ नखाने ।
–कोल्डड्रिंक, बोतलबन्द परिकार, मैदाबाट बनेका परिकार, गुलिया खाद्य वस्तु यो रोगका
लागि मैत्री खाना होइनन् ।
नोट: योग तथा प्राकृतिक चिकित्सा अपनाउँदा सम्बन्धीत रजिष्ट्रड चिकित्सकसँग एक पल्ट सल्लाह लिनु पर्दछ ।
(लेखक, प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुन ।)

श्रोतः दैनिक नेपाल

SHARE THIS

Author:

Facebook Comment