“निष्ठा र इमानको अवसान”

आहाँ, बडी उदारता है परोपकार जो करे,
वही मनुष्य है जो मनुष्य के लिए मरे ।

सुशील कोइराला आफ्नो नाम झै शान्त, नरम र शालीन थिए, उनी राजनीतिमा पूर्णत: समर्पित थिए । जीवनभरी काँग्रेसको राजनीति गरे । बर्षदेखि अटकिएका राजनीतिक हलोलाई कुशलतापूर्वक निकालेर संविधान सम्म दिन सफल भएँ । मधेसवादीको असन्तुष्टिलाई सम्बोधन गर्न उनले तत्काल संशोधन प्रस्ताव दर्ता गराए । उनीहरूसंग निरन्तर छलफल  र अन्तरक्रिया गरिरहे । आफ्नै प्रकृतिको कार्यशैली भएका कोइराला  बाँकी असमझदारी अन्त्य गरी राजनीतिक मार्गप्रशस्त गर्न सदा प्रयत्नशील थिए । पार्टीका केही प्रभावशाली नेतृत्व तथा देशी–विदेशी शक्तिको दवावमा परि उनले भद्र सहमति अवज्ञा गरी एमाले नेतृत्वलाई सत्ता हस्तान्तरण गरेनन् । आफैं प्रत्याशी बने । उनको अतिशय भद्रताको नाजायज फाईदा लिई उनको लब्धप्रतिष्ठालाई धूमिल बनाउने प्रयत्न भएको थियो त्यसबेला । आफ्नो पराजयलाई सहज लिएका थिए उनले र ओली सरकारलाई व्यक्तिगततर्फबाट पूर्णत: सहयोग गरिरहेकै थिए भने पार्टी सभापतिको हैसियतले पनि सघाएकै थिए । कसैसँग नझुकी नेपालको हितमा  संविधान जारी गरी यसलाई कार्यान्वयन गर्न चोखो मनले सधाउनु महत्वपूर्ण योगदान थियो उनको । चोखोपन, निस्वार्थता, सरलता, सहयोगीपन, निर्भयता तथा राष्ट्रभक्तको भावनाले भरिएको राजनेताका रूपमा युगले सम्झिरहनेछ, उनलाई ।
उनको सादगी जिन्दगी, निष्ठा र इमानको राजनीतिबाट नयाँ पुस्ताले शिक्षा लिए मात्र कोईरालाप्रति सच्चा श्रद्धाञ्जली दिएको ठहरने छ । दिवंगत आत्माको चिरशान्तिका लागि हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

–निशा अर्याल
राजविराज सप्तरी, हालः इजरायल

प्रकाशन मितिः२०७२ माघ २८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment