काठमाडौं २४ साउन । १९ औं विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रजनन् अधिकार महिलामा नभएको, दिनप्रतिदिन महिलाले विभिन्न हिंसाका घटनाहरु झेलीरहनु परेको, महिला आफैपनि स्वतन्त्र हुन नसकीरहेको सहभागिहरुले बताएका छन् ।
कार्यक्रममा आयोजक राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले यस्ता विभिन्न घटनाहरुलाई न्यूनिकरण गर्न गाउँस्तबाटै विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्ने महिला महासंघका वरिष्ट
उपाध्यक्ष बीना पहरीले बताउनुभयो । ‘महिलाका चुनौतिबारे सचेतना शहरको होटला हैन गाउँमा गर्ने योजना छ ।’ वरिष्ट उपाध्यक्ष पहरीले भन्नुभयो ।
संविधानसभा लगायत हरेक क्षेत्र र तहमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आदिवासी महिलाहरुको माग छ । महिला महासंघले आयोजना गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
यसैवीच नेपाल आदिवासी जनजाति महासंघ मूल समारोह समितिले १९ औं विश्व आदिवासी दिवसको तयारी पुरा गरेको छ । महासंघले साप्ताहब्यापी रुपमा मनाईरहेको दिवस साउन २५ गते शुक्रबार (भोली)को तयारी पुरा गरेको हो । आदिवासी जनजातिको अभियान, पूर्णसमानुपातिक, समावेशी प्रतिनिधित्व र पहिचानसहितको संघीयताको लागि नयाँ संविधानसभाको निवार्चन” नाराका साथ मनाउन लागिएको दिवसमा विहान १० बजे शान्ति बाटिका रत्नपार्कबाट शुरु हुने झाँकी ¥याली पुरानोवसपार्क– भद«काली –शहिदगेट हुदै टुडिखेल प्रवेश नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ । कार्यक्रमा सहभागि भईदिन आदिवासी जनजाति लगायत सम्पूर्णमा नेपाल आदिवासी जनजाति महासंघले अनुरोध गरेको छ ।