आदिवासी जनजातिका सवालप्रति सञ्चारकर्मीले संबेदनशीलपूर्बक कलम चलाउनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । आज हेटौँडामा आयोजित आदिवासी जनजातिका सवाल र सञ्चारकर्मीको भुमिका बिषयक अन्त्ररक्रियाका सहभागिले सञ्चारकर्मीसँगै सञ्चारमाध्यमपनि आदिवासीमैत्री हुनुपर्नेमा जोड दिएका थिए । १९ औँ बिश्व आदिवासी दिवसको अबसरमा आयोजित कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनीज) मकवानपुर शाखाले आयोजना गरेको हो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा फोनीज मकवानपुरका उपाध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रताप बिष्ट, मकवानपुर अध्यक्ष भानुभक्त आचार्य, नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका निबर्तमान अध्यक्ष बुद्ध लामा, नेपाल तामाङ्ग घेदुङ्ग मकवानपुरका सचिब लिलाकुमार घलान, तमु ह्युल छोंज धि(गुरुङ्ग राष्ट्रिय परिषद) मकवानपुरका सचिब जंगबहादुर गुरुङ्ग लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।