बढ्दो भ्रूण हत्या



नेपाली समाजमा केही समय पहिलेसम्म भ्रूण हत्यालाई अपराध मानिन्थ्यो । अहिले भ्रूण हत्याले सामाजिक र कानुनी मान्यता पाएको छ । कुमारी आमाहरूले बच्चा पाउन थालेका छन् । विवाहपूर्व पनि असुरक्षित यौन सम्पर्क गर्न सकिन्छ भन्ने मान्यता देखा पर्न थालेको छ । बेवारिसे नवजात शिशु जताततै फेला पर्न थालेका छन् । भ्रूण हत्या गराउने डाक्टर, नर्सले राम्रो कमाई गर्न थालेका छन् । अवैध गर्भ पतनको संख्या दिनानुदिन बढ्दैछ । भ्रूण हत्यासँगै यौन अपराध पनि बढ्दैछ । नेपालको सामाजिक, पारिवारिक अवस्था जटिल बन्दैछ । खुला समाजले नानाथरिका विकृति, विसंगति पनि भित्र्याएको छ । आमाहरू निर्दयी बन्न थालेका छन् । आफूले जन्माएको नवजात शिशुलाई झाडीमा झिल्काएर हिंड्न सक्ने आमाले भोलिका दिनमा हत्या अपराधमा संलग्न नहोलान् भन्न सकिंदैन । भ्रुण हत्या र नवजात शिशुलाई झाडीमा फाल्नुलाई केही वर्ष अघिसम्म पापको घर भनिन्थ्यो । ठूलो सामाजिक डर थियो भने अहिले सामान्य रुपमा देखिन थालेको छ । सुत्केरी महिलाहरूले नियतवश जन्मिएको शुशुलाई फाल्दै जाने हो भने त्यस समाजमा मानवताको अवस्था के होला ? कुमारी केटीहरूले गर्ने अवैध यौन सम्बन्ध र छोरी भएकै कारण गर्भ तुहाउने, महिना पुगेको शिशुलाई झाडीमा फाल्ने क्रियाकलाप बढेको छ ।
विज्ञान प्रविधिको चमत्कारका कारण आमाको गर्भमा छोरा वा छोरी के छ ? दुई चार महिनामै थाहा हुने, गर्भ रहे नरहेको थाहा हुने गरेको छ । डाक्टरी परीक्षणपछि गर्भपतन गराइन्छ । कण्डोम प्रयोग गर्दा यौन सम्पर्क सुरक्षित हुन्छ । विवाहपूर्व पनि यौन समपर्क गर्न सकिन्छ आदी ईत्यादी कुरा आधुनिक जमानामा सुन्नु परेको छ । विवाहपूर्व यौन सम्पर्क गर्दा थुप्रै युवतिहरू सानै उमेरमा गर्भवती हुने गरेको संख्या थपिने क्रममा छ । अज्ञानतावस, चाहनावस हुने यौन सम्पर्कले समस्या पनि खडा गर्ने गरेको छ । विवाहपूर्व परपुरुषसँग यौन सम्पर्क गर्ने, सुरक्षित यौन सम्पर्क नहुँदा नानाथरिका रोग लाग्ने, शिशु गर्भमा रहने, गर्भपतन गर्ने घटनाले सिंगो देशको समाज समस्यामा
 पर्दै आएको छ ।
गर्भपतन र विवाहपूर्व यौन सम्पर्कको दृश्य जताततै देखिन्छ । वेवारिसे शिशु भेटिंदा त्यसको लालनपालन कसबाट हुने भन्ने समस्य पनि देखा परेको छ । बेवारिशे मृत बच्चा फेला पर्दा प्रहरीको पोष्टमार्टम गराउने अनुसन्धान गर्ने काम पनि बढेको छ । भ्रूण हत्या बेवारिसे, नवजात शिशु फालेर, छोडेर आमा भाग्ने घटना झण्डै झण्डै चुनौती नै बनिसकेको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चा फालेर भाग्ने आमाहरूको स्वास्थ्य स्थिति पनि बिग्रिने क्रममा छ । सुत्केरी आमाको स्याहार अनिवार्य छ । नवजात शिशु छाडेर भाग्ने आमाहरुले आफू सुत्केरी भएको पनि लुकाउने गर्दछन् र सुत्केरस् नपुग्दा महिलाहरुको शारीरिक अवस्था बिग्रिने गर्दछ ।
बेवारिसे अवस्थामा बच्चा फाल्ने दम्पत्ति वा किशोरीको अनुसन्धान प्रहरीले गर्दछ तर फेला पार्न सक्दैन । बेवारिसे अवस्थामा बच्चा फाल्ने, बच्चा मार्ने आमाले डाक्टरको क्लिनिक वा अस्पतालमा नियत खराब भएकै कारणले नाम ठेगाना सबै गलत लेखाउने गर्दछन् । धेरै छोरी हुने दम्पत्ति र अवैध यौन सम्बन्ध राख्ने महिलाले बच्चा जन्मिएपछि फाल्ने प्रवृत्ति बढ्दै गएको हो । कतिपय मानिसले यौन सम्पर्क गर्दा कण्डोम प्रयोग गर्दैनन् । यौन सम्पर्कपछि गर्भमा बच्चा रहेका थाहा पाउँदैनन् । दुईचार महिनापछि गर्भ रहेको थाहा पाएपछि अब के गर्ने ? कसो गर्ने ? भनेर भौंतारिन थाल्छन् । यसले महिलाहरूमा मानसिक तनाव पनि बढाउने गरेको छ । एकछिनको सन्तुष्टीले गम्भीर परिणाम ल्याउन सक्दछ । परिवारमा ठूलो तनाव हुन सक्दछ भन्ने कुरा विवाह नभएको किशोरीहरूले बुझ्नु पर्दछ । विवाह गरेपछि यौन सम्पर्क गर्दा गर्भ रहेपनि कसैसँग डराउनु पर्दैन । विवाह अघि गर्भ रह्यो भने लज्जित हुनु पर्दछ । समाजमा सामाजिक प्रतिष्ठ गिर्दछ । भविष्य बर्बाद हुन सक्दछ ।
कानुनले महिलालाई मञ्जुरीले १२ साताको गर्भलाई पतन गर्ने अधिकार दिएको छ । कानुनको दुरुपयोग भएको पाइन्छ । ईच्छा अनुसार बच्चा पाउनु महिलाको अधिकार हो । धेरै बच्चा पाउँदा पनि लालन पालनको समस्या छ । गर्भमा छोरी भए, लिंग पहिचान गरी भ्रूण हत्या गराउनु, जन्मिहाले फाल्ने प्रवृत्ति राम्रो चाहिं होइन । २०७० साउन २४ गते प्रकाशित

SHARE THIS

Author:

Facebook Comment