अब संविधानसभाको चुनाव हुँदैन

भारतीय विस्तारवादको नेपालमाथिको ठाडो हस्तक्षेप र नेपालका भारतीय दलाल नेताहरूको आत्मसमर्पणवादले अब संविधानसभाको चुनाव नहुने स्पष्ट संकेत गरेको छ । अमेरिका, भारत, चीन, युरोपेली महासंघले नेपालमा संविधानसभाको चुनाव निर्धारित समयमा नै होस् भनेर जति चाहना राखेपनि आम राष्ट्रवादी नेपाली जनताको चुनावमा भाग लिने पटक्कै रहर र ईच्छा छैन । जबरजस्ती चुनाव गराएर मतदाताहरूलाई भोट हाल्न जबरजस्ती गर्न सकिंदैन । राष्ट्रविरोधी राजनीतिक अनुमोदन गर्न हुने चुनावको कुनै अर्थ छैन । भारतीय विस्तारवादको दलालीको पर्याय बनेको चार राजनीतिक दलको ईच्छाले नेपालमा चुनाव हुन सक्दैन । नेपाली जनताले संविधानसभाको चुनावमा भाग लिनु भनेको नेपाली राष्ट्रियतालाई जुवाको दाउमा राखे सरह हो ।
चार दलका गद्दार नेताहरूको हातमा नेपाल र नेपालीको भाग्य र भविष्य अब छाड्न सकिंदैन । संविधानसभाको चुनाव अगाडी नै देशभक्त बहुसंख्यक जनताहरूले विकल्प खोजिसकेका छन् । विकल्पका रुपमा संविधानसभा चुनावको बहिष्कार र राष्ट्रवादी आन्दोलन, राष्ट्रवादी शक्तिहरूको हातमा राष्ट्रको बागडोर रहने परिपक्व राजनीतिक वातावरण नबनेसम्म भारतीय चलखेल र प्रभाव रहेसम्म कुनै पनि हालतमा चुनाव हुन सक्दैन । चुनाव बहिष्कार गर्नु भनेकै राष्ट्रलाई बचाउनु हो । चुननावले राष्ट्रि स्वाधिनताको रक्षा हुन नसक्ने देखा परेको छ ।

लम्बिंदो राजनीतिक संक्रमणकाल वर्तमान जटिल परिस्थिति नै चुनावको बाधा हो । चार राजनीतिक दलको गतिविधि चुनावको बाधक हो । संविधानसभाको चुनाव संसद र सत्ताको जस्तो चुनाव होइन । यो आवधिक चुनाव पनि होइन । संविधान निर्माण गर्ने चुनाव भएकोले सबै पक्षका सबै जनताको सहभागिता अनिवार्य छ । मंसिर ४ गते हुने भनिएको संविधानसभाको दोश्रो निर्वाचनलाई कुनै दलले कुनै देशले आफ्नो अनुकूल बनाउने होइन । सबै नेपाली र नेपालको आवश्यकता र चाहना अनुकूल हुनुपर्दछ । भारत पक्षीय बाबुराम र चीन पक्षीय मोहन वैद्य किरणबीच “ङ्ग अफ वार” चलिरहेको छ । छिमेकी चीन र भारत दुबैले नेपालमा चुनाव छिटो भन्ने चाहना राख्दै आवश्यक सहयोग पुर्‍याउने प्रतिवद्धता जाहेर गरेका छन् ।
नेकपा माओवादीमा फुट आएको र वैद्य समुहले यथास्थितिमा चुनाव हुन सक्दैन भनि कडा पाइला चालेबाट चुनाव वहिष्कार हुने र थप द्वन्द्व चर्किने स्थिति आएको छ । वर्तमान चुनावसँग भारतको स्वार्थ बलियोसँग गाँसिएको छ । नेपालको संविधासभामा भारतपरस्तहरूको दुई तिहाई बहुमत पुर्‍याउने उद्देश्यले भारतीय विस्तारवादले तदनुकूलको कार्य कम्मर कसेर गरिरहेको छ । यसकुरालाई देशभक्त नेपालीहरू ठाडै अस्वीकार गरिरहेका छन् । दलाल नेताहरूका विरुद्ध आन्दोलन चर्किने र भारत विरोधी राजनीतिक माहौल बन्ने बाध्यात्मक परिस्थिति देखा परेको छ । राष्ट्र र उसको स्वाभिमान, अस्मिता, सार्वभौसत्ता र स्वतन्त्रता सर्वोपरी भन्ने अनि राष्ट्रविरोधी गतिविधि गर्ने एमाले, काँग्रेस, एनेकपा माओवादीका शीर्षस्थ नेता अब गद्दार साबित हुने दिन आउँदैछ । कठपुतली दलका नेताहरूको प्रयासले अब चुनाव हुँदैन । संविधानसभाबाट संविधान बन्ने कुरा अब तुहिएको छ । गोलमेच सम्मलेनले अब विकल्प तय गर्नेछ । भारतीय कठपुतली नेता र भारतीय विस्तारवाद अब विश्वास गर्न लायक छैन । नेपालीहरू यसका विरुद्धमा छन्  । अस्तु ।
(२०७० साउन २४ गते प्रकाशित)

SHARE THIS

Author:

Facebook Comment