जितुजी को नयाँ गजल ! ( आमा )


 ( आमा )

म माथिको अभिभारा बिर्सिएको छैन आमा 
मैले चुस्या दस धारा बिर्सिएको छैन आमा ||

पानी चुन्थ्यो बर्षातमा उध्रिएको छानो बाट
सुत्दा देख्थ्यौ जुनतारा बिर्सिएको छैन आमा||

दमका रोगी बुढा बाबा खोक्दा खोक्दै मुर्छा पर्थे 
उस्तै होला बा को परा बिर्सिएको छैन आमा ||

खान लाउन दुख पर्दा पोटुकीले भुडी कस्दै 
चलाएको त्यो गुजारा बिर्सिएको छैन आमा ||

अझै पनी छाती दुख्छ अरुण नदी सुसाउदा
खोकु छिन्ताङ दुनै खारा बिर्सिएको छैन आमा ||

माता तिर्थ औशीको हार्दिक सुभ कामना
जीतु खड्का गाउले
मोरङ उर्लाबारी




SHARE THIS

Author:

Facebook Comment