"धर्म र संस्कार "

– निशा खनाल अर्याल

नेपाली समाज आजका दिन सम्ममा पनि अशिक्षाले ग्रसित नै छन  आफ्नो धर्म र संस्कारको  अर्थ,महत्व,र गरिमालाई बुझन नसकेको सामाजिक अवस्था अहिले व्याप्त नै छ यही  छुट्ट्याउन नसक्नेहरुलाई नै  दैनानिदिन जीवनका  भौतिक र  अभौतिक पिडाबाट मुक्त गर्ने हाम्रो उद्देश्य  हुनु पर्ने हो ,! त्यसमा पनि नेपालको आफ्नो संस्कृति र समाजको परम्परालाई समय साक्षेप बनाउने र जीवनका हरेक पक्षमा सहयोगी ,दृढ साहसी बनाउदै सबैलाई समेटिएर अगाडी लैजान र अन्धविश्वाश,कुरीति वाट पिडित,अचेतनाका कारणले गर्दा आफ्नो धर्म र संस्कारलाई बुझन नसकेका जमातलाई शिक्षित गर्दै लैजाने काम हामीले गर्नु पर्थ्यो तर समयमै त्यस्तो हुन् नसक्दा धर्म परिवर्तनको  खेति निक्कै मौलाउदै गएको देखिन्छ,यसरी बिभिन्न चमत्कार देखाई  लोभको आगोमा होमिएर पिल्सिएका पिडित ब्यक्तिहरुलाई बाहिर निस्कन निक्कै गार्हो छ अब गरिवीका कारणले  हावा बिना निसासिए झैँ निसासी रहेकालाई र तातो वालुवामा छटपटाई रहेका नारी तथा पुरुषलाई आफ्नो देश भित्रै  उचाल्ने ए धार्मिक मुकुण्डोधारी  विदेसी दलालको प्रलोवनवाट मुक्त गर्नु हाम्रो परम् कर्तव्य हो , गरिवी  आडमा घूसपैठ गरि  हिन्दुत्वको जरो उखेल्नु नै यो तमाम प्रचारप्रसारको उद्देश्य रहेको अब प्रसस्त छ महामानव  " येशु "ले कहिलै पनि पैसाको लालचा देखाएर वा जवजस्ती आफुलाई मान्नु पर्छ वा त्यस्तो  जमात बनाउनु पर्छ भनेनन कहिलै तर यी दलालहरु आफु ठुलो हुन् र "येशु" को वदनाम गर्न केहि कुरामा पछी परेनन ....यदी उनीहरुले धर्म आफै लागु गर्ने हो भने कहिलै अरुलाई पैसाको बिटो थमाएर धर्म परिवर्तन गर भन्दै अरुको संस्कारलाई लत्याउँदै नाना भाति तोडफोड जस्ता धिनाउने कार्य गर्ने थिएनन् ,! एकपल्ट गम्भीर भएर सोच्नु होस् त् ! आज कैयौ क्रिश्यंन धर्ममा लागेकाहरुको मुसलमानले रेटेर र गोलि हानेर मारी रहेको अबस्थामा छ ,क्रिश्यंनको शालिक तोडफोड गर्दा  किन उनीहरु त्यहा आफ्नो  धर्मको रक्षा गर्न सकी रहेका छैनन यदी चमत्कार देखाएर शक्ति वान भन्दै धर्म परिवर्तन गराउने ले त्यहा मारिदै आएका को किन रक्षा गर्न कि जदैन् त् '? आखिर धर्म भनेको के हो ? धर्मले अरुलाई होच्याउनु भन्छ ? हो, हामीले सामाजिक सदभाव, सहिशिष्णुता र मेलमिलाप लाई धर्मको मुख्य कडी मनेकाछौ किन कि हाम्रो देश नेपाल भित्र आफ्नै संस्कार र आफ्नै धर्म छ चाहे जुन जातिका भए पनि ...तर हामीले कहिले नभुल्ने कुरा भनेको हामी ओंमकार परिवारका सदस्य हौँ , हिन्दु हौ ..जसलाई हामीले गर्वको विषय बनाएका छौं र हामीले यसमा गर्व गर्न सक्नु पर्छ ,! जाहाँ हामीले बज्ने घन्टी को आवाज र शंखको धुनमा आनन्दको अनुभूति गर्दै इश्वर प्रति नतमस्तक हुन्छौ ...! हो त्यसैले मलाई कसैले मेरो हिन्दु धर्मको विपरीत आफ्नो धर्मको ब्याख्या गर्दा किन किन फोहर पानीले छ्यापे जस्तै लाग्छ . मलाई यस्तो भएर आउछ कि म बिषालु कुण्डमा त् कतै होमिदै छैन ? आफ्नो धर्मको खिलाफ कुनै कुरा सिकाउछ वा पैसाको बिटो देखाएर निरादार गर्न भन्छ भने उसले गर्ने म प्रतिको अगन्य प्रयाशको एलर्जीले मलाई झन् झन् हिजो आज येशुलाई बदनाम गर्ने ती ढोंगी दलालहरु संग घृणको भावहरु बढ्दै जादैछ,..! मेरो धर्म र संस्कार आफैमा सुरक्षा कवज हुँदा हुँदै ओंम बाट आउने शक्तिका मिठो धुन मेरो हिन्दु धर्मले रक्षा गरि रहँदा पनि किन अरुको अन्य देशको संस्कार किन मेरो देशमा ? साच्चै यस्तो बेला मलाई याद आउछ दार्शनिक वैज्ञानिकहरुले भनेका छन नि "धर्म बिनाको बिज्ञान ,अनि बिज्ञान बिनाको धर्म लंगडो हुन्छ "अरे ,! हो मलाई हिजो आज यो देशमा भै रहेको तोडफोड र अरुको देशबाट आएका दलालले सिकाएको भरमा आफ्नै देश भित्र रहेको प्राकृतिक सुन्दरता,विश्वमा नै धर्मको शक्तिको रुपमा मानिदै आएको मन्दिरहरु भित्र गरेका अनेकौ अपराधहरु ...ओहो कस्तो विडम्बना ..आफ्नै देश भित्रकाले गर्ने नाइँ नास्तिक कस्तो लज्जात्मक भन्न पनि र सुन्न पनि ..!
लौन सक्छौ भने मलाई धर्म परिवर्तन गराएर हेर ...तिम्रो डलरको तागत मलाई पनि देखाऊ...! हुन् के भन्नु स्कुल,कलेजमा पठाउने शिक्षक तथा देशका रक्षकको रुपमा राज्य भित्र भएका नेता,,सरकारी अफिसर कर्मचारीहरु जस्ता त् पैसाको विटोले तराजुमा जोखिन्छन भने गरिब , असाय ,र भोकले पिडित हरुको के कुरा गर्नु...आफनोअभिमान,शान,इज्जत,गौरब,धर्म ,संस्कारलाई पैसाको लालचले कुल्चिदै ढोंगी भएर कचुला फेर्दछ्न र देशलाई अरुले नाना भाति भनेर आपसमा लडाई गराउदा हेर्दछन भने त्यस्ता लाचारी ब्यस्याको व्यापार झैँ गर्नेलाई के भन्नु र खै ? मन मनै सोची रहेकी छु हेर त् हाम्रो देशमा यो कस्तो विडम्बना आएको क्रिश्यंन हरुले टाडा बसर पनि पैसाको बिटो थमाई आफ्नै दाजु भाइ दिदी बैनी,तथा आफ्नो आमा बुवालाई गर्नु पर्ने कर्मबाट फुटाएर कलहको विज छर्न सफल हुन्छन तर हामी हिन्दु देशका नेपाली शताब्दी देखि आफ्नै धार्मिक सहिष्णुता मा शान्ति संग पुस्तौ पुस्त बिताउदै आएका र विश्व विख्यात बौद्ध धर्मका प्रेणाता हाम्रो नेपालमा जन्म लिएका गौतम बुद्ध अनि सनातन हिन्दु धर्म बौद्ध धर्म र नेपाल भित्र रहेका जातीय धर्महरु एक आपसमा मिलेर हातेमालो गरि रहेकै थिए विना विवाद हजारौ बर्ष वित्दा पनि आज क्रिश्यंन धर्मले प्रवेश पाउन साथ यो कलह,झगडा किन ? मठ,मन्दिर,गुम्बा,धार्मिक स्थल र मृत्यु संस्कारमा पनि क्रिश्यंनको आतंक किन ? यिनीहरुले किन टाडा बसेर नै नेपालो संस्कारलाई देखेर थपडी बजाउने गर्दछन ? के एक पल्ट मौन भएर देशको बारेमा आफ्नो धर्म,संस्कारको बारेमा सोचेकछौ ? दशैमा लाग्ने मेलामा टाँगिएको झुलुंगे पिंगको रमाइलो हेरे झैँ गरि देश भित्र आफन्तमा लगाएको आंगोको तातो कतिन्जेल तापी रहन्छौ ? अनि कतिन्जेल उनीहरु संग रमाउछौ ? हेर म त् हाम्रो संस्कार र धर्मको बारेमा कसैले ब्याख्या गर्न आउछ भने पक्कै सहदीन किन कि म गर्वले  भन्छु विश्वमा मेरो धर्म जाति पवित्र र शान्ति पूर्ण शक्ति भएको धर्म कहिँ छैन . यदी अब मेरो धर्मलाई कसैले औल्याई धावा दिन्छ भने म सहने छुइन ! लौ त सक्छौ भने तिम्रो डलरले मलाई धर्म परिवर्तन गराएर हेर ,?  हो अब हाम्रो हिन्दु धर्म भित्र रहेका हरेक जनजातीय,धर्मलाम्बीहरुले एक जुट भएर हाम्रो देशमा आयतित धर्मको बिरुद्ध सबै एक भएर प्रतिकार गरौ ! र अब हाम्रो देश भित्र पनि सरकारी निकायमा धर्मको रेकड राख्ने ब्यबस्थाको अविलम्व थालनी हुनु पर्छ,र धर्म परिवर्तन को प्रक्रियाका साथै सरकारी निकायमा रजिष्ट्रन र स्वीकृतिको प्रावधानको थालनी गर्ने पर्छ र धर्म परिवर्तनको कारण र त्यसको दुरगामी असरको सबैमा जानकारी भए मात्र हाम्रा मठ ,मन्दिर,गुम्बा तथा धार्मिक स्थलहरु को संरक्षित हुने र जीर्णोद्धार हुनेछन अनि पवित्रतामा कसैले औला ठ्याउने छैन सायद यस पछी मात्र शान्तिको किरण गुन्जिनेछ !. साच्चै भन्ने हो भने धर्म भनेको  धारण गर्ने भावना ,सोच,र व्यबहार हो,"धारान्त धर्ममित्याहू धर्मो धारयान्ति प्रजा "भनिने गरिन्छ,यो स्वर्गको  टिकट  बिक्रि  गर्ने  कुनै ठेक्दारको पसल होइन ,तर  हिजो आज  नेपालीको गरिवीलाई  भजाएर  धर्मको खेति गर्ने "फिरिंगी "हरुको बढ्दो  चहलपहलले हामी सबैलाई गम्भीर बनाएको छ ,धर्म भनेको त् आस्थाको नाम हो ,विश्वाशको नाम हो,,निष्ठाको नाम हो,तर अलिकति" पैसा "पाउदैमा कसैको आस्था,,निष्ठा,भक्ति र श्रद्धाको  बाटो  नै बदलिन पाउदैमा कसैको आस्था,निष्ठा ,भक्ति र श्रद्धाको बाटो नै भादलिन सक्छ भने त्यसलाई कसरी "असल"मान्छेमा गणना गर्ने ? कुनै मान्छे पैसा पाएको भरमा आफ्नो "पूर्वज देखिको आस्थाको त् व्यापार गर्न सक्छ भने अझै धेरै पैसा पाउँदा त्यसले के मात्र बेच्दैन होला र? त्यसर्थ ,धर्मको कुरा आउदा गम्भीर भएर सोचौं,पैसा पाइन्छ,भन्दैमा भीरबाट फालहाल्नु उचित नहुन पनि सक्छ ,त्यसैले जहिले पनि मनमा राखूँ:-
"स्वधर्मे निधनम् श्रेय परधर्मो  भयावह" ओंम शान्ति शान्ति शान्ति "
(सप्तरी जिल्लाको राजविराज घर भएकी  अर्याल वैदेशिक रोजगारीको क्रममा हाल इजरायलमा बस्दै आउनुभएको छ ।)

SHARE THIS

Author:

Facebook Comment