मधेसलाई स्वतन्त्र बनाएर छाड्छु – डा. सिके राउत

राकेश साह
वीरगंज, मंसीर १९ ,
 मधेशमाथि लादिएको उपनिवेश र मधेशीहरूमाथि हुँदै आएको विभेद र दमनको विरोधमा बाराको एतिहासिक नगरी सिम्रौनगढमा शुक्रबार डा.सी.के राउतका हजारौ समर्थकहरूले जनप्रदर्शन गरेका छन । डा. सिके राउत बचाउ सर्घष समिती बाराद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र मधेस गठबन्धनका अभियन्ता डा. सिके राउतले  मानव सभ्यताको प्रारम्भदेखि नै मधेश एक राष्ट्र भएको र यहाँ जनकदेखि शुद्धोधन (बुद्धका पिता) तथा सलहेशदेखि हरिसिंहदेवसम्म अनेकौं गौरवशाली राजा(महाराजाहरूको शासन भएको बताएका थिए । गोरखालीहरूको ईस्वी १८औं शताब्दीको उत्तारार्धमा आगमनपूर्व मधेशमा सेन राजाहरूको अति नै समृद्ध राज्य रहेको थियो, र केवल सन् १८१६ र १८६० मा अंग्रेजहरूले मधेश, क्रमशस् दुई लाख रुपैयाँको साटो र उपहारस्वरूप, नेपालको राजालाई हस्तान्तरण गरेको कुरा बताएका थिए। मधेशलाई नेपालमा जबरदस्ती गाभेदेखि नै नेपाली औपनिवेशिक शासन शुरू भएको, र सन् १९५८ सम्म त मधेशीहरूलाई नेपाल (काठमाडा) आउन(जान समेत भिसा लिनु पर्ने तथ्य समेत वक्ताहरूले प्रकाशमा ल्याएका थिए।
मधेशमा झंडै ९५% सेना मधेश वाहिरबाट ल्याई नेपाली शासकले मधेशमा औपनिवेशिक शासन लादेको, पहाडीहरूलाई पहाडबाट मधेशमा ल्याई तीब्र गतिमा बसाएको र आदिवासी मधेशीहरूको भूमि खोस्दै र तिनीहरूलाई भूमिहीन बनाई विस्थापित गरेको, सन् १९५१ देखि २००१ कै ५० वर्षको बीचमा मधेशमा पहाडीहरूको जनसंख्या ६% बाट बढेर ३३% हुन पुगेको, मधेशबाट ७५% सम्म राजस्व उठने गरेको तर ५१% जनसंख्या भएको मधेशको लागि केवल ५–६ % बजेट छुट्टायाउने गरेको चरम शोषणपूर्ण औपनिवेशिक शासन मधेशमा रहेको कुरा वक्ताहरूले प्रष्टाएका थिए।
नेपाली औपनिवेशिक शासनका कारण २१औं सदीमा पनि मधेशीहरू आफ्नै भूमिमा भूमिहीन दास बनेर बाध्य मात्रै छैनन्, उनीहरूको अस्तित्व नै आज संकटमा रहेको छ। ुअन्नको भंडारु भनिने मधेशमा १९% परिवार अति(खाद्यान्न अभाव भोगिरहेका छन्, भने २०।४५ बच्चाहरू अपक्षयको स्थितिमा छन्, ५०।२५ बच्चाहरू र ४२% महिलाहरू रक्तअल्पताको शिकार हुन पुगेका छन। ्पहाडी क्षेत्रभन्दा लगभग दुई गुणा नै बढी। स्वतन्त्र मधेस गठबन्धनका उपाध्यक्ष कैलाश महतोले सभालाई सम्बोधन गर्दै मधेशीहरूले औपनिवेशिक शोषणबाट मुक्ति पाउन कम से(कम ६० वर्ष देखि आन्दोलित छन् मुक्तिका लागि सैकडौं मधेशीले ज्यानै दिएका छन् तर उनीहरूको स्थिति सुध्रनु र उनीहरुले केही अधिकार पाउनुको साटो उनीहरू झन् नेपाली राजबाट उग्र(शोषण र दमनको शिकार हुँदै आएको बताएका थिए । त्यसैले स्वतन्त्र मधेशको विकल्प अब नरहेको कुरो प्रष्ट पारेका थिए। स्वतन्त्र मधेशले मात्र मधेशबाट औपनिवेशिक सेना हटाएर आफ्नै सेना, प्रहरी र कर्मचारी राख्न सक्ने र मधेशमा बस्ने सबैले पुनः नखोसिने गरी आफ्नो अधिकार पाउन सक्ने, मधेशको साधन(स्रोत र पैसा मधेशमै रहने बताएका थिए ।
स्वतन्त्र मधेस गठबन्धनका नेता चन्दन सिंहले सभालाई सम्बोधनको क्रममा मधेशमा जारी चरम औपनिवेशिक शोषण, रंगभेद र मधेशीहरूको जातीय सफाया तथा २१औं शताब्दीमा समेत मधेशीहरू नागरिकताविहिन, अधिकारविहिन दासको रूपमा बाँच्न बाध्य हुनु सम्पूर्ण मानवताको नै कलंक भएको र त्यस औपनिवेशिक शोषण, रंगभेद र दासताबाट मधेशीहरूलाई मुक्ति दिलाउनु पूरै विश्वको नै दायित्व भएको र तसर्थ विश्वका सम्पूर्ण राष्ट्रहरू, नागरिकहरू, कुटनितिज्ञहरू, बुद्धिजीवी र पत्रकारहरू त्यसतर्फ लाग्नु पर्ने अपील समेत गरेका थिए।स्वतन्त्र मधेस गठबन्धनका केन्द्रिय सदस्य  राजेश यादवले डा. सि के राउत माथि लागेको मुद्दा तुरुन्त खारेज गर्न चेतावनी  दिएका थिए । राउत माथि लागेको  मुद्दा खारेज नभए सशक्त आन्दोलन गर्ने  र मधेसमा हरेक घरमा सिके राउत जन्मिसकेकाले सवै सिके राउतलाई समात्न चुनौती समेत दिएका थिए ।  सभामा मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल,स्वतन्त्र मधेस गठबन्धका सदस्य ब्रजेश सिंह, जयप्रकाश यादव, जितेन्द्र चौवे,पुर्व सभासद महेस यादवले सम्बोधन गरेका थिए ।  सार्क सम्मेलनको दिन काठमाडौंको खुल्लामञ्चमा मंसिर १० गते बुधवार राखिएको मधेशी जनसभालाई नेपाल सरकार र त्यसका प्रहरी प्रशासनद्वारा बिथोलिएको, डा. राउतलगायत मधेशबाट काठमाडौं आएका र काठमाडौं समेतमा बस्ने, बाटोमा हिंडडुल गरिरहेका मधेशी अनुहार, छाला, भाषा र पोशाक भएका सयकडौं मधेशी समुदाय, युवा, विद्दार्थी कर्मचारी तथा अभियानका डा. राउत लगायत ५०० भन्दा बढी नेता कार्यकर्तालाई काठमाडौंको विभिन्न ठाउँहरुबाट धरपकड गर्दै लाठी चार्ज  गरेको थियो ।

SHARE THIS

Author:

Facebook Comment