जिल्ला विकासको चौमासिक समीक्षा गोष्ठी सम्पन्न

अशोकसुजन श्रेष्ठ
हेटौडा ।
मकवानपुरको आर्थिक बर्ष २०७१÷७२ को जिल्ला बिकास योजनाको प्रथम चौमासिक समिक्षा बैठक आज हेटौँडामा भएको छ । कार्यक्रममा मकवानपुरमा चालु आर्थिक बर्षको साउनदेखि कात्तिकसम्म सरकारी, गैरसरकारी निकायले सञ्चालन गरेका कार्यक्रमको प्रस्तुती तथा छलफल गरिएको थियो । जिल्ला बिकास समितिको कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रम स्थानीय बिकास अधिकारी भोजराज खतिवडाको अध्यक्षतामा भएको थियो । बिभिन्न सरकारी कार्यालय र गैरसरकारी संघसंस्थाका प्रमुख÷प्रतिनिधिले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा जिल्ला बिकास समिति मकवानपुरका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत कुमारप्रसाद कोईरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बिकास समिति, जिल्ला कृषि बिकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, मत्स्य बिकास कार्यालय, क्षेत्रीय बिऊ बिजन प्रयोगशाला, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, महिला तथा बालबालिका कार्यालयलगाएतका सरकारी कार्यालयले प्रगति तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने सिडिओ नेपाल, माईती नेपाल, नारीसिप सृजना केन्द्र, शक्ति समूह, युवा सेवा समाज(युसेस)लगाएतका गैरसरकारी संस्थालेपनि प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संबिधान सभाका सदस्य रामनारायण बिडारी, राप्रपाका क्षेत्रीय अध्यक्ष सिताराम बर्तौलालगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संबिधान सभाका सदस्यहरु अनन्त पौडेल, ईन्द्र बानियाँ, नेपाली काँग्रेसका जिल्ला सभापती रघुरमण न्यौपाने, एमाओवादीका जिल्ला सचिव सर्केस घलान, राप्रपा नेपालका जिल्ला अध्यक्ष नवराज बिष्ट, संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष शुभरत्न गोले, संघीय गणतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष जीवन मुक्तानलगाएतको आतिथ्य रहेको थियो ।

SHARE THIS

Author:

Facebook Comment