काठमाडौं, जेष्ठ ६ । नेपालका लागि बेलायती कार्यबहाक राजदुत गाह्य ह्यारिसनले समलिङ्गी/तेस्रोलिङ्गी अधिकार प्राप्तीका लागि बेलायत सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् । समलिङ्गि/तेस्रोलिङ्गी घृणा बिरुद्धको अन्तराष्ट्रिय दिबसका अबसरमा निलहिरा समाज र बेलायतको झण्डा संयुक्त रुपमा दुताबास परिसरमा झण्डोत्तलन गर्दै राजदुत ह्यारिसनले बेलायतले नेपालको अरु क्षेत्रमा सहयोग गरे जस्तै समलिङ्गि/तेस्रोलिङ्गी अधिकार र जिवन यापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
अझैपनि समलिङ्गि/तेस्रोलिङ्गी माथी दुरब्यबाहार हुने गरेको भन्दै उनले त्यसको अन्तयका लागि बेलायत सरकार आर्थीक तथा समाजीक सहयोग गर्न तयार रहेको बताए । राजदुत ह्यारिसनले अन्य देशको तुलनामा भने नेपालमा समलिङ्गि/तेस्रोलिङ्गी अधिकार चाँडै लिन सफल भएको समेत बताए ।
नेपालको सर्बोच्च अदालतले समलिङ्गि/तेस्रोलिङ्गीलाई अरुसरह नागरिकता दिन दिएको निर्देशनात्मक आदेशलाई कोषेढुगां संज्ञा दिएका उनले त्यो अधिकार प्राप्तिको पहिलो खुड्किलो भएको बताए । राजदुत ह्यारिसनले बेलायत सरकार समलिङ्गि/तेस्रोलिङ्गी अधिकारका लागि संधैसंगै रहेको समेत बताए । सोही अबसरमा निलहिरा समाजकी उपाध्यक्ष मनिषा ढकालले बेलायती राजदुत ह्यारिसनले जनाएको प्रतिबद्धताप्रति अभारप्रकट गर्दै अझैपनि समलिङ्गि/तेस्रोलिङ्गीलाई समाजले सहजरुपमा लिन नसकेको गुनासो गरिन् । समलिङ्गि/तेस्रोलिङ्गी पनि यही समाजका नागरिक रहेको भन्दै उनले नेपालमा उनीहरु घरदेखी “ब्यूरोक्रेशि” सम्मबाट ठगिन बाध्य भएको बताईन् ।
उपाध्यक्ष ढकालले राज्य प्रशासनले निलहिरा समाज नविकरण नगरिदिएर आफुहरुको अभियान रोकिदिएको बताईन् । उनले अभियान रोकिदा ७ सय ५० जनाको रोजगारी गुम्नुका साथै समाजमा आबद्ध करिब ५ लाख समलिङ्गि/तेस्रोलिङ्गी लाई प्रत्यक्ष नकारात्कम असर परेको जानकारी दिदै समाजको नबिकरणका लागी सबैको सहयोगको आबश्यकता समेत औल्याईन् ।