बैंक भाउचर बेच्दै गरेका एक पक्राउ
क्राइमचेक प्रतिनिधि/
वीरगंज/यातायात व्यवस्था कार्यालय नारायणी वीरगंजमा सवारी चालक अनुमति पत्र लिनका लागि फर्म भर्नेहरुको भिड संगै आम सेवाग्राहीलाई बिचौलीयाहरुले ठग्ने क्रममा समेत बृद्धि भएको छ ।
मोटरसाइकल र स्कुटीका लागि साउन ४ गते देखी ११ गते सम्म आवेदन फारम भर्न सकिने यातायात व्यवस्था कार्यालय वीरगन्जले जनाएको छ । हाल यातायात व्यवस्था विभागले मोटर साईकल र स्कुटीको मात्र चालक अनुमती पत्र वितरण गर्ने स्वीकृति दिए संगै आवेदन दर्ता भईरहेको र भिडमा दलालहरु पसेर सेवाग्राहीलाई दु:ख दिएको गुनासो आफूसंग समेत आईपुगेको यातायात व्यवस्था कार्यालय वीरगंजका प्रमुख राजेन्द्र घिमिरेले बताउनु भयो ।
यातायात व्यवस्था कार्यालयमा हुने गरेको अनियमितता र दलाली प्रथालाई अन्त्य गर्न स्थानिय प्रहरी प्रशासन लगायत स्वयं यातायात व्यवस्था कार्यालय कृयाशिल भए पनि यस्ता गतिविधि रोकिनुको सट्टा झन बढदै गएको सर्वसाधारणको गुनासो रहेको छ ।
यसैबीच सित्तैमा पाइने ग्लोबल बैंक लिमिटेडको भाउचर पाँच सय रुपैयाँमा बिक्री गरिरहेको आरोपमा प्रहरीले वीरगंज–१८ का एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सर्वसधारण व्यक्तिहरुलाई झुक्याई उक्त भौचर विक्री गरिरहेको अवस्थामा जि. वीरगंज–१८ भिष्वा गौतमनगर बस्ने राजकुमार मण्डलको २४ वर्षीय विजय कुमार मण्डललाई भौचर सहीत फेला पारी पक्राउ गरी थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।
प्रकाशित मिति:२०७१ साउन ८ गते बिहीवार