जग्गा विवादको झडपमा तीन घाइते

आर.सि.एन/
वीरगंज/पर्साको बेल्वा गाविसमा जग्गाको विषयलाई लिएर दुई समुहबीच विवाद हुँदा तीनजना घाइते भएका छन् ।
उक्त गाविसको वडा नं. ९ कटगेनवा टोलमा बुधवार बिहान ८ बजे दुई समुहबीचको विवादले उग्ररुप लिएपछि झडपमा परिणत हुँदा दुई जना पुरुष र एक महिला घाइते भएका हुन् । घाइते मध्ये महिलाको अवस्था चिन्ताजनक रहेको र वीरगंजस्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा निजको उपचार भइरहेको जनाइएको छ ।
सो गा.बि.स.९ कटगेनवा टोलमा बस्ने श्रीमति पनवा दुसाधिनको श्रीमान बर्ष ८८ का मथुरा हजरलाई उक्त गा.बि.स.कै प्रेम महतो कोइरीले ललाइ फकाई मादक पर्दाथ सेवन गराएर निज हजराको नाममा रहेका जग्गा किता नं.६२ को ज.बि.०–१–१४, किता नं. ३५६ को ज.बि.०–५–२ र किता नं.४४९ को ज.बि.०–०–१५ गत जेठमा आफनो नाममा मालपोत कार्यालय पर्सा बाट रजिष्ट्रेशन पास गराएका थिए ।
        त्यसै गरी महतोकै दाजु भाइ नातामा पर्ने किशोरी महतो कोइरीले पनि ज.बि. ०–५–२ र ०–०–१५ मिति २०७१।२।२५ गते आफनो नाममा रजिष्ट्रेशन पास गराएको बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा श्रीमति  दुसाधिनले लिखित उजुरी दिई बिपक्षी उपर आवश्यक कार्यवाही गरी मेरो अंशमा पर्ने जग्गा उपलब्ध गराउन मिति २०७१।४।५ गते दिएको उजुरीको पर्सि पल्ट अर्थात बुधवार बिहान ८ बजेको समयमा श्रीमति दुसाधिनकी बुहारी छठिया हजरा र प्रेम महतो कोइरी बिच जग्गा बिबाद बारेमा भनाभन भैरहेको अवस्थामा महतो पक्षका बिनोद महतो कोइरी, किशोरी महतो कोइरी, मनोज महतो कोइरी, राम गोबिन्द महतो कोइरी, गणेश महतो कोइरी, सर्वण महतो कोइरी, पन्नालाल महतो कोइरी, कमल महतो कोइरी, उमेश महतो कोइरी, अनिल महतो कोइरी, अजय महतो कोइरी, सुनिल महतो कोइरी, साधु महतो कोइरी र बलदेव महतो कोइरीले हात, मुक्का तथा लाठी प्रहार गरी बुहारी छठिया हजराको आफन्त बर्ष ४० का श्रीराम हजरा र बर्ष ४५ का बिरेन्द्र हजरालाई सख्त घाईते बनाएका छन । भने बिरेन्द्र हजराको श्रीमति सुदामा हजरा पनि उक्त प्रहारबाट घाइते भइ निज श्रीमति हजराको स्वास्थ्य स्थिति चिन्ताजनक अवस्थामा रहेको छ ।
प्रकाशित मिति: २०७१ साउन ८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment