वीरगंज/सरोकारवाला तथा आम नागरिकमा उत्साह थपिएपछि पर्सा जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला बनाउने अभियान तीव्ररुपमा अगाडी बढेको छ ।

जिल्लाको ६ लाख १ हजार जनसंख्या भएको पर्सामा अहिले आधी जनसंख्या चर्पीको प्रयोग गरिरहेको उहाँले बताउनु भयो । रेडक्रस पर्साका सभापति फुलमहम्मद मियाको अध्यक्षतामा भएको अभिमुखी करण कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा जिल्ला स्तरिय पत्रकार सरसफाई समन्व्य समिती गठन भएको छ । समितीको सदस्य सचिवमा कृष्णउदास खनाल, सदस्यहरुमा शत्रुधन नेपाल, महेशचन्द्र गौतम, शंकर अचार्य, रवी दहाल, संतोष पटेल, लक्ष्मि खरेल, अमित अग्रवाल रहनु भएको छ । त्यस्तै अभियानलाई सघाउन कृष्णउदास खनालको नेतृत्वमा विजय भण्डारी, आरके.पटेल, सुरेश विराडी सम्मलित विशेष कार्यदल गठन भएको छ ।
प्रकाशित मिति: २०७१ साउन ८ गते बिहीवार