क्राइमचेक प्रतिनिधि/
रौतहट/भ्रष्टाचारको विरोधमा एक महिला पत्रकार जिल्ला विकास समिति रौतहटमा अनिश्चितकालिन
आमरण अनशनमा बसेकी छिन् ।

कार्यालय खुल्नासाथ महिला पत्रकार सिंहले जिविसको मुल ढोकामा तालाबन्दी गरी धर्ना दिएका थिइन । तालाबन्दी पश्चात प्रहरीले बल प्रयोग गरी महिला प्रहरी लगाइ पत्रकारलाइ त्यहाँबाट हटाइ ढोकाको ताला फोडेका थिए ।
स्थाििनय प्रहरीले ताला फोडेपछि आक्रोशित पत्रकार सिंहले स्थानिय प्रसाशन तथा प्रहरी विरुद्ध चर्को नाराबाजी गर्दै पुन: मुलढोका अगाडि बैनर लगाइ अनिश्तिकालिन आमरण अनशनमा बसेकी छिन ।
जिविसको खाता बन्दको आज अन्तिम दिन नियमविपिरित भुक्तानी गरी भ्रष्टाचार हुने भएको भन्दै आफूले आमरण अनशनमा बसेकी उहाँले बताइन ।उहाँले काम गरेकोलाइ भुक्तानी दिनुपर्ने तथा काम नगरी बिल पेश गरी भुत्तानी लिनेलाइ कुनै पनि हालतमा नदिनुपर्ने अडान सहित अनशनमा बसेकी बताइन ।
प्रकाशित मिति:२०७१ असार २६ गते