मदन भण्डारी /बुटवल ९ बैशाख
बुटवल प्रहरीमा कार्यरत एक प्रहरी हवल्दारले बिगत ६ महिना देखि चढ्दै आएको चोरीको मोटर साइकल पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ,आज साँझ करिब ८:४५ को समयमा प्रहरी चौकी मंगलापुर रुपन्देही दरबन्दी भई इलाका प्रहरी कार्यालय बुटवल अन्तर्गतको अमरपथ प्रहरी बिटका इन्चार्ज प्रहरी हवल्दार प्रेम पुन चढ्दै आएको बा २६ प ३८२६ नम्बरको मोटर साइकल पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ !
उक्त चोरीको मोटर साइकल गत २०६९ कार्तिक ८ गते चेकजाँचको क्रममा बुटवल स्थित नेपालगंज रोड बाट निज प्रहरी हवल्दारले नै नियन्त्रणमा लिएका थिए,तर उनले उक्त मोटर साइकल पक्राउ बारे आफु भन्दा माथिल्लो निकाय इलाका प्रहरी कार्यालय बुटवललाइ समेत जानकारी नदिई आफुले नै प्रयोग गर्दै आएका थिए,यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक राज कुमार बैदवार लाइ पटक-पटक जानकारी गराउदा समेत सो सम्बन्धमा बेवास्था गरेको सम्बद्द स्रोतले जनाएको छ ! गत १ बर्ष अगाडी जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत रहंदा चोरीका मोटर साइकल को प्रदर्शनी लगाएर चर्चामा आएका प्रहरी नायब उपरीक्षक राज कुमार बैदवार आफ्नै प्रहरी कर्मचारी चोरीको मोटर साइकल चढ्ने गरेको सूचना पाउँदा समेत बेवास्था गरिरहंदा आफ्नै कार्यालय परिसरमै रहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले उक्त चोरीको मोटर साइकल बुटवलको अमरपथ प्रहरी बिटबाटै नियन्त्रणमा लिंदा समेत किन मौन छन् ???????
सम्बन्धित निकायको ध्यान जाओस !!!