अब ५० प्रतिशत महिला

काठमाडौं, वैशाख ९ । मूख्य राजनीतिक दलका नेताहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको संख्या ३३ प्रतिशतबाट ५० प्रतिशत पुर्‍याउने बताएका छन् । अन्तरपार्टी सञ्जालले राजधानीमा गरेको कार्यक्रममा उनीहरुले महिलालाई समाजिक, आर्थिकसँगै राजनीतिक क्षेत्रमा अगाडि बढाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दल र संसदमा समान महिला प्रतिनिधित्व भएमात्र लोकतन्त्र सुदृढ हुने बताए । 

राजनीतिमा महिलाको बढ्दो प्रतिनिधित्व सुनिश्चित गर्नको लागि महिला र पुरुषको एकताबद्ध र सशक्त सहयोग जरुरी हुने उनको भनाई थियो । 

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राज्यको हरेक तहमा महिलाको समान पहुँच स्थापित हुनुपर्नेमा जोड दिए । महिला आरक्षणमा मात्र सीमित नभई नेतृत्वको प्रतिस्पर्धामा आउनुपर्ने भन्दै सिटौलाले हरेक पार्टीले महिलाका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

SHARE THIS

Author:

Facebook Comment