जनकपुर, वैशाख ९ । राष्ट्रपति डा. रामवरण यादव आज गृह जिल्ला धनुषा पुगेका छन् । पारिवारिक भेटघाटका लागि राष्ट्रपति यादव पुख्र्यौली घर सपही पुगेका हुन् । राष्ट्रपति यादव धनुषा पुगेपछि जिल्लावासीले उनको स्वागत गरेका थिए ।
उहाँ केही दिन आफ्नो घर धनुषाको सपही मै बस्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले त्यहाँ रहँदा आफन्त तथा पुराना साथीभाइसँग भेटघाट गर्ने कार्यक्रम रहेको श्रोतले जनाएको छ । यसअघि पनि आफ्ना जन्मथलो सपही पुगेका राष्ट्रपतिले आफ्ना बाल्यकालका साथीभाइसँग भेटघाट गर्ने गर्नुभएको थियो ।
राष्ट्रपतिको सुरक्षाका लागि सोमबारदेखि नै सपहीको सुरक्षा ब्यवस्था कडा पारिएको धनुषा प्रहरीले जनाएको छ । उहाँको पुर्ख्यौली घरलाई पनि सजाएर चिटिक्क पारिएको छ ।
राष्ट्रपति यादव १३ गतेसम्म धनुषामा रहने बताइएको छ ।