ढुकुटी काण्डमा पक्राउ परिन् लोक गायिका सृजना बिरही थापा

ढुकुटी खेलाएर ५० लाख रुपैंया ठगेको आरोपमा गायिका सृजना बिरही थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई वुधबार बिहान केही व्यक्तिहरुको उजुरीको आरोपमा काठमाडौंको सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि गायिका बिरहीले आफू रोडमा आएको भन्दै सबै सकिएको बताएकी थिइन् ।‘बनको काफल बनकै चरीलाई…’ बोलको गीत गाएर एकाएक चर्चामा आएकी बिरही अहिले ढुकुटी खेलाएर पैसा फसेपछि प्रहरीको फन्दामा परेकी हुन् । ढुकुटी खेलाएर ३ करोड जति पैसा डुबेपछि बिरहीले बिभिन्न व्यक्तिसँग रकम सापटी लिएर ऋण तिरिरहेकी थिइन् । ढुकुटी परेका केही व्यक्ति एकाएक फरार भएपछि सृजना अप्ठ्यारोमा परेकी हुन् । यसपश्चात उनले नजिकका साथीसँग रकम सापटी माग्दै ढुकुटी खेल्नेहरुलाई रकम तिर्दै आएकी थिइन् । तर रकम सापटी लिएकाहरुको पैसा नतिरेपछि सृजना अप्ठ्यारोमा परेको बुझिएको छ ।
ढुकुटी खेलेर प्रशस्त पैसा कमाएपछि सृजनाको क्यासिनो जाने बानी समेत परेको थियो । तर ढुकुटी परेकाले पैसा नतिरेपछि सृजना ऋणमा परेकी हुन् । रकम सापटी दिएकाहरुलाई बारम्बार पछि दिन्छु भन्दै झुलाएपछि उनी बिरुद्ध प्रहरीमा उजुरी परेको हो । उनले १५ प्रतिशत ब्याजमा रकम सापटी मागेर नतिरेको उजुरी दिनेहरुको भनाई छ । उनले बिभिन्न व्यक्तिहरुसँग ३५ लाख, १० लाख, १३ लाख रकम सापटी मागेर नतिरेको बुझिएको छ । आफु नेपालको चर्चित कलाकार भएको भन्दै उनले बिभिन्न व्यक्तिहरुसँग रकम सापटी माग्ने गरेकी थिइन् ।
उनले आफुले ढुकुटी खेलाउने गरेको स्वीकार प्रहरी समक्ष गरिसकेकी छिन् । यसैले पनि उनलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही हुने बुझिएको छ । सृजना पक्राउ परेपछि उनीसँगै ढुकुटी खेलेका कलाकारहरुको अहिले भागभागको अवस्था छ । नेपालका कलाकारहरुे ढुकुटी खेलकै कारण आर्थिक रुपमा धराशायी बन्दै गएका छन् ।


SHARE THIS

Author:

Facebook Comment