२५ वर्षदेखि निरन्तर चलचित्र क्षेत्रसँग जोडिएका छन्, निर्माता छविराज ओझा। हिन्दी तथा नेपाली चलचित्र डिस्टि्रब्युसनबाट सुरु भएको उनको चलचित्र कर्मको प्रारम्भिक समयमै राजेश हमाललाई लिएर निर्माण गरिएको बहुचर्चित चलचित्र 'युगदेखि युगसम्म' ले उनलाई यही क्षेत्रमा स्थापित गरिदियो। त्यसपछि उनी लगातार सफल चलचित्र निर्माण गर्ने एक्लो व्यक्तिका रूपमा परिचित छन्। ४९ वर्षीय ओझा तथा उनको ब्यानरले नेपाली चलचित्र उद्योगका निम्ति थुप्रै नयाँ कलाकार जन्माएको श्रेय पनि छ। 'युगदेखि युगसम्म' देखि प्रदर्शोन्मुख 'हमेशा'सम्म आइपुग्दा उनका चलचित्रमा केही कलाकार वा प्राविधिकमा नयाँ अनुहारहरू नै देखिन्छन्। छविराज वास्तवमै मेकर हुन् भन्दा फरक नपर्ला। उनी चलचित्र त बनाउँछन् नै, स्टारहरू पनि उत्तिकै जन्माइरहेका छन्। आफू पृष्ठभूमिमा रहेर अरूलाई अघि बढाउने छवि पछिल्ला दिनमा नायिका रेखा थापासँगको डिभोर्सका कारण पनि चर्चामा रहे। उनको जीवन आफैंमा चलचित्रजस्तो लाग्छ। पटक-पटक असफल विवाहको सिकार भएका छविराजले आफ्नो पारिवारिक, व्यावसायिक एवं व्यक्तिगत जीवनका बारेमा साप्ताहिकका सुव्रत आचार्य तथा विदुर खतिवडासँग खुलेरै कुरा गरे।
रेखासँग डिभोर्स गरेको भन्नुहुन्छ, अनि फेरि सँगै देखिनुहुन्छ, डिभोर्स स्क्यान्डल मात्र हो ?
हाम्रो मन मिल्छ तर तन मिल्न सकेको छैन, अलग-अलग बस्छौं, तर काम सँगै गरिरहेका छौं। त्यही भएर सँगै देखिएको हो। एकपटक भेटेको मानिसको त माया लाग्छ भने १२ वर्ष लोग्ने-स्वास्नीकै रूपमा बसेपछि अहिले अलग हुँदैमा भेट्नै नहुने भन्ने त छैन नि। अहिलेको सम्बन्ध साझेदारका रूपमा मात्र हो, पछि गएर त्यो नहुन पनि सक्छ।
विवाहको सन्दर्भमा तपाईं एकदमै कमजोर देखिनुभयो हैन ?
मैले पनि यो कुरा अनुभूति गरिसकेको छु। रेखासँग अलग हुने भएपछि रेखा र म एकजना ज्योतिषकहाँ ग्रहदशा देखाउन गएका थियौं। म मांगलिक रहेछु भन्ने थाहा भयो, रेखा पनि मांगलिक नै हुन्। मांगलिक व्यक्तिकी श्रीमती कि त मर्ने नभए भाग्ने निश्चित रहेछ। मेरो व्यक्तिगत पारिवारिक जीवन कहालीलाग्दो नै देखिन्छ, तर मैले समग्र नेपाली चलचित्र उद्योगलाई आफ्नो परिवार मानेको छु।
पटक-पटक विवाह गर्ने आँटचाहिँ कसरी गर्नुहुन्छ ?
हेर्नुस्, जीवन चलाउने क्रममा अघि बढ्दै जाँदा निकट साथीको आवश्यकता महसुस हुँदो रहेछ, त्यही क्रममा मैले धेरै विवाह गरें। म महिलाप्रेमी मानिस पनि हुँ। त्यही भएर चलचित्र पनि नारीप्रधान एवं पारिवारिक बनाउँदै आएँ। यद्यपि मेरो जीवनमा आएका नारीहरू बस्दै जा ँदा निहुँ खोज्न थाल्छन्, अनि उनीहरूसँगको सम्बन्ध समाप्त हुन्छ। एक्लो भएपछि फेरि खोज्नैपर्यो।
रेखासँगको सम्बन्ध जमेकै देखिन्थ्यो तर त्यो पनि टिकेन, खास कारणचाहिँ के थियो ?
रेखासँग १२ वर्ष सँगै रहे पनि उहाँसँग म मुस्किलले चार वर्ष मात्र साथ रहें होला, यसबीचमा रेखाले १ सय ५० वटा चलचित्रमा काम गरिन्। ५०भन्दा बढी राष्ट्र घुमिन्। रेखासँग विवाह गरेपछि रेखाजी लोग्ने म स्वास्नीजस्तो भएर बस्यौ। रेखा मिल्न पनि जान्नु हुन्न, छुट्टनि पनि जानुहुन्न, मिलेपछि मन-पेट नै दिने, झगडा परेपछि चिन्दै नचिनेझै गरी निहुँ खोज्ने। उहाँमा अहिले पनि बच्चाकै स्वभाव छ। त्यही नमिलेर आ-आफ्नो बाटो लाग्नुपरेको हो।
रेखाको कन्यादान नै गर्न तयार हुनुभएको थियो त ?
रेखालाई आफ्नो बनाउने निर्णय गरेपछि मैले उहाँलाई प्रोपोज गरेको थिए, उहाँले बुबासँग कुरा गर्न भन्नुभयो, मैले बुबासँग उहाँको जिम्मा लिएको हो। मसँग उहाँ नबस्ने भएपछि मैले भनेको थिएँ, कुनै केटासँग विवाह गर्ने भए म प्रार्थीकै रूपमा कार्ड छापेर विवाह गराउन तयार छु। जिम्मेवारी लिएपछि त्यसलाई टुंगोमा पुर्याउनुपर्छ भन्ने लागेर त्यसो भनेको हुँ।
यो कुरा अहिलेलाई छोडौं, तपाईंको यो क्षेत्रमा कसरी प्रवेश भयो ?
म धरानमा जन्मिएको, घरनजिकै शिव सिनेमा हल थियो, सिनेमाहल मालिकका छोराहरू वीरेन्द्र र अनुप आचार्य मेरा नजिकका साथी थिए। उनीहरूको संगतले नै म ०३५-३६ सालतिर लगातार सिनेमा हेर्थें। मैले ०३७ सालमा एसएलसी दिएको, त्यो उमेरसम्ममा म सिनेमा क्रेजी भैसकेको थिएँ। त्यतिबेला कटिहार तथा कोलकाता पुगेर उनीहरू फिल्मको पि्रन्ट ल्याउँथे। म पनि उनीहरूसँगै जान्थे। घरभन्दा बढी सिनेमा हलमा बास हुन थालेको थियो। धरानमै आइकम पूरा गरिसक्दा डिस्टि्रव्युसनको चस्का पनि लागिसकेको थियो। त्यही क्रममा कुवेर शर्मासँग मिलेर ४२ सालमा डिस्टि्रब्युटरसिपका लागि धनलक्ष्मी फिल्म्स स्थापना गरें। मैले पश्चिम सेक्टर हेर्नुपर्ने भयो। त्यसक्रममा बुटवल, नारायणघाट तथा काठमाडौंको ब्यापार हेर्न थालें।
नेपाली चलचित्रसँग चाहिँ कसरी जोडिनुभयो नि ?
काठमाडौं आएपछि दीपक रायमाझीको चलचित्र 'भाग्यरेखा' को सोलो राइट्स लिएँ। काठमाडौंमा चलचित्र खासै चलेन्। पाकिस्तानी ज्वाइन भेञ्चर चलचित्र हामी एक हौं र साहसको पनि काम गरें। नेपाली चलचित्रसँगको सहकार्य पनि सुरु भैसकेको थियो। त्यहिबेला लभस्टोरी बेस एउटा राम्रो चलचित्र बनाउने कि भन्ने कुरा निस्कियो। मलाई पनि निर्माणमा हात हाल्नु थियो। २४ वर्षको अल्लारे उमेरमा लहडले नै मलाई निर्माता बन्न उक्साइरहेको थियो। 'युगदेखि युगसम्म' त्यसकै प्रतिफल थियो।
युगदेखि युगसम्म त कयामत से कयामततककै नेपाली संस्करण थियो नि होइन ?
लभ स्टोरी फिल्म बनाउने सोचले युगदेखि युगसम्म जन्मिएको हो। कयामत से कयामत तकको प्रभाव अवश्य थियो, त्यतिबेला लभस्टोरी बेस चलचित्र चलिरहेको समय थियो, त्यही भएर हामी प्रभावित थियौं। फिल्म बनाउने भनेपछि शीर्षक के राख्ने भन्ने कुरा आयो, माया कहिल्यै पनि नमर्ने कुरा भएकाले नै युगदेखि युगसम्म शीर्षक राखिएको हो, जुन शीर्षक पनि मिलेजस्तो भयो। यो नाम राख्दा धेरैले के नाम राखेको भनेर जिस्क्याएका थिए।
राजेश हमाल र दीपक रायमाझीको चिसो सम्बन्धका बाबजुद कसरी सँगै काम गराउनुभयो ?
म भन्दैछु, युगदेखि युगसम्म नाम राखेपछि निर्देशक दीपक रायमाझीलाई लियौं। प्रकाश अधिकारीलाई नायक लिने सोच थियो। बम्बई जाँदा भे टिएकी त्यहीं बस्ने एक नेपाली युवती, जसको नाम बिर्सिएँ, उनलाई नायिकाका रूपमा लिने योजना थियो। बम्बईबाट फर्किएपछि चलचित्रका म्युजिक डाइरेक्टर शम्भुजित बाँस्कोटाले प्रकाश होइन, एउटा खतरा केटो मेरो साथी छ, उसलाई लिनुपर्छ भन्नुभयो। त्यो केटो राजेश हमाल नै थिए, दीपक रायमाझीसँगको उसको सम्बन्ध राम्रो थिएन, त्यसैले रायमाझीलाई नभनी केटो खोज्दै कुवेरजी र म कपुरधारा उनको घर पुग्यौं। मिथुन चक्रवर्ती, चंकी पाण्डे चलेको त्यो समयमा गजब गेटअप भएको हिरो भेटिएको थियो। त्यतिबेला क्यासेटमा गीत सुनायौं। निर्देशक दिपक रायमाझीभन्दा उहाँ झस्किनुभयो। भाग्यरेखाको घटना सम्भिmँदै कसरी गर्ने त भन्नुभयो। हामीले त्यसको जिम्मेवारी आफुले लिने बतायौं।
अनि दीपक रायमाझीलाई कसरी मनाउनुभयो ?
भाग्यरेखाकै टिमका वसन्तजँग रायमाझी, जावेद शाह, शम्भुजित बाँस्कोटा युगदेखि युगसम्ममा थिए। हामी राजेशलाई भेटेर जोस्सिएका थियौं, सुरुमा दीपक रायमाझीले पनि कहाँ हुन्छ ? भन्नुभयो तर पछि मनायौं। अनि धनलक्ष्मी फिल्म्सकै ब्यानरमा युगदेखि युगसम्म बन्ने फाइनल भयो। गोपाल भुटानी फाइट डाइरेक्टर थिए, पछि उनी अर्को चलचिमा गएपछि असिस्टेन्ट फाइट डाइरेक्टर राजेन्द्र खड्गीलाई फुल फाइट डाइरेक्टर बनाएयौं।
राजेश हमाललाई कति तिरेर साइन गराउन भएको थियो ?
नयाँ केटोलाई हामीले फिल्ममा लिएका थियौं, पैसाको खासै बार्गेनिङ भएन, त्यतिबेलाको राम्रै पैसा थियो, १३ हजार रुपैयाँ। एगि्रमेन्ट गरिसके पछि उहाँले दीपक रायमाझीको निर्देशन भएकाले साइनिङ अमाउन्ट धेरै दिन आग्रह गर्नुभयो, हामीले ७ हजार रुपैयाँ तत्कालै दियौं। उहाँले पनि हामीलाई रेस्टुरेन्टमा टि्रट दिनुभयो। चलचित्रमा जति पैसा उहाँले लिनुभएको थियो, त्यो सबै पैसा युगदेखि युगसम्मकै कामका दौरानमा युनिटलाई ख्वाएर सक्नुभयो। सायद उहाँका निम्ति त्यति पैसा महत्त्वपूर्ण थिएन्।
नायिका पनि कृष्टि मैनाली नै लिनुभयो नि ? त्यतिबेला सबै विवादित थिए ?
दुर्भाग्य नै भन्नुपर्छ, चलचित्रमा लिने भनिएकी बम्बइया नायिका त्यही बेला दुर्घटनामा परेर खुट्टा भाँच्चिएर रेस्ट गरिरहेकी थिइन्, उनको विकल्पमा करिश्मा मानन्धरलाई लिने कुरा भयो। वसन्तजँग रायमाझीले कुरा गर्नुभयो, तर करिश्माजीले ७० हजार मागेपछि हामी तर्सियौं। त्यो निकै ठूलो अमाउन्ट थियो। करिश्मा मन पर्दापर्दै अथवा त्यो बेला जल्दोबल्दो हुँदाहुँदै पनि लिन सकिएन्। कमल मैनालीमार्फत कृष्टिसँग कुरा गर्ने निर्णय भयो। राजेशजीले 'हँ हँ' भन्नुभएको सम्झन्छु। दीपकजीलाई पनि मनाएर सहायक निर्देशक कमल मैनाली र म कृष्टि मै नालीलाई खोज्न हिँड्यौं। त्यतिबेला कृष्टिले उज्ज्वल मैनालीसँग विवाह गरिसकेकी थिइन्। काली केटी, चिपिक्क तेल लगाएको केश देख्दा होस् जस्तो लागेको थियो, तर २० हजार रुपैयाँमा उनलाई साइन गरियो।
एक-अर्कामा नबोल्नेहरूसँग कसरी काम गराउनुभयो ?
राजेश र कृष्टि नबोल्ने, दीपक रायमाझी पनि खासै धेरै नबोल्ने अवस्थामा पनि हाम्रो जोश जाँगरले काम गर्यो। ४ बजे उठेर हामी ७ बज्दा सुटिङ स्पट पुगिसक्थ्यौं। सुरुमा 'तीन पाते डाँडा काटेर' गीतको छायाकंन गर्ने तयारी थियो। दक्षिणकालीको वनमा गरिएको उक्त सुटिङमा राजेशले कृष्टिलाई बोक्नुपर्ने सिन थियो। डाइरेक्टरले कट भन्नेबित्तिकै राजेशले कृष्टिलाई फुत्त छोडिदिए। कृष्टि भुइँमा डङरङ्ग पछारिइन्। कृष्टि 'डेढे' भन्दै रिसाइन्, कृष्टि र राजेश दुवैलाई सम्झाउनुपर्यो। पछि भने उनीहरू बीच राम्रै भयो।
चलचित्रमा तपाईंको लगानी कति थियो नि ?
त्यो समयमा १५ लाखमा चलचित्र पूरा हुने रहेछ, हामी नयाँ भएर २० लाख रुपैयाँ खर्च भयो। म र कुवेरजीले संयुक्त रूपमा १० लाख रुपैयाँ लगाएका थियौं। गयाप्रसाद श्रेष्ठको अर्को टिमले आधा पैसा हालेको थियो, तर बीचमा असमझदारीका कारण उहाँको पैसा फिर्ता गर्नुपर्ने भयो। पैसा सकिइसकेको थियो। तत्कालीन वितरण समितिको साधारणसभाका लागि नेपालभरका हलका मालिकहरू काठमाडौं आएको समय थियो। हामीसँग चलचित्रको एउटा पि्रन्ट मात्र थियो। प्रदर्शनका लागि ६ पि्रन्ट चाहिएको थियो, पैसा थिएन। त्यही बेला वितरण समितिले लोभी पापी र युगदेखि युगसम्म प्रदर्शन गर्यो। संयोगले सबै हल मालिकले हाम्रो चलचित्र मन पराइदिनुभयो। मैले अल नेपालका लागि ३२ लाखमा राइट्स बेचें। फिल्म सुपरडुपर हिट भए पनि हाम्रो आम्दानी १२ लाख थियो, जुन ठूलै आम्दानी मानिन्थ्यो।
तपाईंको पहिलो विवाहचाहिँ कहिले भएको ?
०४१ सालमै भएको हो। लभम्यारिज नै थियो त्यो, तर असमझदारीका कारण ०४९ सालमा आइपुग्दा हामी अंशबन्डा गरेर अलग भयौं। त्यसपछि चलचित्र नातामा काम गर्ने क्रममै गीताञ्जली सुनुवारसँग अफेयर चल्यो, विवाह गरें। विश्व बस्नेतले चलचित्र अन्यायको एउटा छो टो भूमिकामा उनलाई ल्याएका थिए। मैले चलचित्र नातामा उनलाई नायिकाका रूपमा प्रस्तुत गरें। नाताबाटै नारायण त्रिपाठीले डेब्यु गरेका थिए।
गीताञ्जलीसँगको सम्बन्ध दुःखद रूपमा टुंगियो होइन ?
गीताञ्जली साइको स्वभावकी थिइन्। मलाई विवाह नगर्न साथीहरूले सल्लाह पनि दिएका हुन्, उनी निदाउनका लागि स्लिपिङ ट्याब्लेट खान्थिन्। प|mेस हुँदा उनी जतिको राम्रो मानिस कोही थएन, तर पटक-पटक उनले आत्महत्याको प्रयास गरिन्। एक दिन अत्यधिक स्लिपिङ ट ्याबलेट खाएर अस्पताल पुर्याउनुपरेको थियो, बाँचेपछि हाँसेर टारिन्। अर्को पटक पेट्रोल छर्किएर आगो लगाएको अवस्थामा कुवेरजीका भाइ अभिराजले ढोका फोडेर बचाएका थिए। उनले ब्लेडले हात काट्ने लगायतका थुप्रै क्रियाकलाप गरेकी थिइन्। छोरो छ वर्षको भैसकेको थियो। एकदिन वाथरुम छिरेकी उनी लामो समयसम्म निस्किइनन्। दुर्भाग्य नै भन्नुपर्छ, उनले पासो लगाएर आत्महत्या गरिछन्।
तपाईंले नै हत्या गरेको आरोप पनि छ त ?
मैले तत्काल डोरी काटेर उनलाई हस्पिटल पुर्याएँ। छोरोलगायत कुवेर, अभिराज, काम गर्ने सहकर्मी सबै भएकाले सजिलो भयो। हस्पिटलले उनलाई मृत घोषणा गरेपछि म सीधै हनुमानढोका गएँ। पुलिसले यो केसमा मलाई कहिल्यै पक्रिएन, किनभने उनको आत्महत्यामा मेरो कुनै भूमिका थिएन। अस्पतालको रिपोर्टमा पनि आफैं आत्महत्या गरेको लेखिएको थियो। गीताञ्जलीले पनि सुसाइड नोट लेखेकी थिइन्। सानो छोरोले पनि बुबा संलग्न नभएको भनेर बयान दियो। यो केसमा मलाई फसाउन ससुराली पक्षलाई कसैले उकासेको थियो। एक वर्षपछि उहा ँहरूले पनि वास्तविकता बुझ्नुभयो। अहिले ससुरा बादेखि साला, जेठी सासू, साली सबैसँग राम्रो सम्बन्ध छ। अहिलेसम्म साथीभाइका अगाडि म व्यक्तिका रूपमा कस्तो छु भन्ने सबैलाई थाहा छ। मबाट यसप्रकारको कार्य हुनै नसक्ने भएकाले मैले नैतिक रूपमै सफाइ पाइसकेको छु।
विवाह गर्ने, छोराहरू जन्माउने अनि छाडिदिने ?
मेरी जेठी श्रीमतीतर्फ दुई छोरा छन्, उनीहरू क्रमशः मास्टर्स र ब्याचलर्स डिग्री अध्ययनमा व्यस्त छन्। उनीहरूसँग मेरो राम्रो सम्बन्ध छ। गीताञ्जलीतर्फको छोरो जेठी सासूलाई जग्गा पास गरेर दिएझैं सुम्पिएको छु। जेठी सासू अविवाहित भएकाले उहाँले छोरो माग्नुभयो, त्यसकारण जिम्मा लगाएको हो। ए लेभल अध्ययनरत त्यो छोरो मिडियामा रुचि राख्छ, एडिटिङ, मिक्सिङमा उसको रुचि छ। निकट भविष्यमा ऊ मेरो सहायकका रूपमा फिल्म मेकिङमा आउँदैछ।
फिल्म मेकिङमा पार्टनर भएर आएकाहरूसँगको तपाईंको सम्बन्ध पनि त्यति सुखद देखिँदैन नि ?
चलचित्र क्षेत्रमा श्याम खेतान मेरा गडफादर हुनुहुन्छ, उहाँसँग अहिले पनि सबैभन्दा राम्रो सम्बन्ध छ, तपाईंले भनेजस्तो पार्टनरहरूसँग नराम्रो छ भन्ने कुरा गलत हो। कुवेर शर्मासँग पनि धेरै राम्रो छ। केही पार्टनरसँग कुरा नमिलेपछि बाटो फरक भएको हो। नरेश पौडेलसँगको कुरामा उहाँसँग काम गर्दा राम्रै होला भनेर कम्पनी नै खोलेर सहकार्य गरेको हो, तर भनेजस्तो भएन। चलचित्र चुनौती नचलेपछि उहाँ ओ झेलमा हुनुहुन्थ्यो। त्यसपछि नमस्ते नेपाल कम्पनी स्थापना गरेर अघि बढ्ने हाम्रो निर्णय भयो। चलचित्र हिरोमा रेखा थापालाई काम गराएपछि उनलाई मैले श्रीमती बनाइसकेको थिए, त्यही भएर अर्को चलचित्र कसको साइनोमा खर्च कम गर्न पनि उनलाई नायिका बनाउने मेरो आग्रह थियो। मैले मदन घिमिरेलाई निर्देशकमा लिएँ, तर नरेशजी नमस्ते ब्यानरका सबै चलचित्रमा आफू नै निर्देशक हुनुपर्छ भन्ने चाहनुहुन्थ्यो। रेखा थापा दोहोर्याउन हुने निर्देशक दोहोर्याउन नहुने भनेर विवाद उब्जियो। पछि यस्तै रहेछ जिन्दगीमा उहाँले जल शाहलाई लिनुभयो। हामीबीच तालमेल नमिलेपछि अलग-अलग कारोबार गर्ने निर्णय लिएको हो।
धेरै जनालाई जन्माउनुभयो हैन फिल्मलाइनमा ?
त्यसै भन्नुपर्ला, नाताबाट श्रीकृष्ण श्रेष्ठ, जन्मभूमिबाट बिपना थापा, निर्देशकमा नाताबाट विश्व बस्नेत, अजम्बरी नाताबाट प्रदीप श्रेष्ठ, कसले चोर्यो मेरो मनबाट सविर श्रेष्ठ, रावणबाट कमलकृष्ण, क्यामेराम्यानमा विष्णु कल्पित, सञ्जय लामा, मदन कश्यप घिमिरे मेरै ब्यानरबाट आएका हुन्। अनि कलाकारहरूमा पनि यस्तै छ। जिन्दगीबाट अरुणिमा लम्साल, किस्मतबाट आर्यन सिग्देल, हिफाजतबाट आयुष रिजाल, अन्दाजबाट सविन श्रेष्ठ, रावणबाट किशोर खतिवडा, हमेशाबाट नरेन खड्का, अब लोफरबाट नयाँ निर्देशक आउँदैछन्, आदित्यविक्रम लम्साल अनि रेखा थापालाई पनि त मैले नै खोजेर ल्याएको हुँ। हिरोबाट उनीसहित पूजा प्रधान (अहिले पुजना स्त्री) तथा नायक नवीन श्रेष्ठले डेब्यु गरेका हुन्, अरू पनि छन्।
उसो भए तपाईंलाई त नेपाली चलचित्रकै गडफादर भन्दा हुने भयो ?
नेपाली चलचित्रकै होइन, नेपाली चलचित्रभित्र रहेका धेरै कलाकार तथा प्राविधिकहरूले सुरुवातमा मेरै व्यानरबाट ब्रेक पाएको पक्कै हो।
दुई दशकभन्दा बढी समय चलचित्र क्षेत्रमा बिताएको निर्माताले कमाइ पनि त राम्रै गर्नुभयो होला नि ?
म यो मामिलामा लक्की छु। म दर्शकको चाहनामुताबिक चलचित्र बनाउने प्रयास गर्छु। वास्तवमा भन्ने हो भने म चलचित्र उमार्ने कृषक हो। किनभने यहाँ चलचित्र बनाउनु र चलाउनु आकाशे फलसरह हो। पानी पर्यो भने रोपाइँ गर्छु, सुख्खा लाग्यो भने पनि म खेत छोडेर जान्नँ। अर्को पटक पानी पर्ने आशामा जीवन कटाउँछु। यस्तै रहेछ जिन्दगी- मेरो लगानीमा बनेको एकमात्र फ्लप चलचित्र हो। बाँकी सबैले मेरो लगानी बचाएका छन् वा मलाई कमाएरै दिएका छन्।
उसो भए हमेसाबाट पनि कमाउनुहुन्छ ?
शतप्रतिशत कमाउँछु।