नारी र पुरुष आपसि परिपूरक हुन् ।


प्रशान्त महासागर

समाजमा नारी र पुरुष नङ र मासु हौ भन्ने कुरा सबैमा ज्ञान हुँदा नि नारी नारी भएर अधिकार खोजी बाँच्न खोज्छे भने पुरुष पनि शोषक भएर जिउन खोज्छ आखिर किन नदी उल्टो बग्दैन भन्ने थाहा हुँदा हुँदै पनि विशेषगरी नेपालीहरु नदीको परिचालन उल्टो गर्नमै तत्पर रहे ।
यहाँ नेपाली भने पछि पुरुष मात्र होईन महिला पनि सक्रिय छ भन्नु नै हो । यदि कहीं कतै झै झगडा भयो भने सर्वप्रथम न्याय दिनेले दुबैलाई दोषी करार गर्नुपर्छ किनभने झगडा एकको गल्तिले कहिल्यै हुँदैन् । अंश जस्तै झगडामा दुबै झगडालुहरुको बराबर नै हिस्सा हुन्छन् नै । मेरो गल्ति छैन् भन्नेको नै ज्यादा दोष हुन्छ चाहे त्यो पुरुष चाहे महिला यो सबै बुझ्नु पर्ने नितान्त आवश्यक कुरा हुन् र यसको लागि साधारण उदाहरण भनेकै ताली दुई हातले बज्नुले प्रतिनीधित्व गर्छ पनि । यसले के दर्शाउँछ भने हाम्रो समाज जो मानवको हो त्यसको आधार भनेकै सत्यतामा छ भनी दर्शाउनु पनि हो । साथसाथै सिक पनि हो जुन सिक्न कहिले कहीं हामीलाई हाम्रो अहम्ले छेक्न सक्दो प्रयास गरेकै हुन्छ । र हामी हो मा हो को तालबाट सुसज्जित हुन्छौं चाहे दोष र गल्ति त्यसमा अपारै रहे पनि त्यसको प्रतिनीधित्व पनि हामीबाट भएकै महसुस गर्न सक्षम हुन छाडेका धेरै घटनाहरु समाज बजारमा व्यापक छन् पनि । यस्तै यस्तै घटनाहरुमा अल्झेका छन् नारी र पुरुषका दूर्घटनाहरु ।
समयले हामीलाई २१ औं शताब्दीका सचेत नागरिक हौं तिमीहरु भनेको अवस्थामा पनि कति त्यस्ता समाज अझै बाँकी नै छन् जहाँ सूर्य त उदाउँछ तर के का लागि भन्ने थाहा नहुने साथै जीवन जिउनुमा र मर्नुमा के को अन्तर छ नबुझ्नेहरुको गाउँ पनि छन् भने समाजको अर्थ के हो, अधिकार र पहिचानले जीवनलाई के दिन्छ थाहा नहुने पनि छन् । अर्कोतिर धेरै थाहा भईकन पनि अब बुझ्न के भन्ने थाहा नहुने ठूल्ठूला सहर पनि छन् । जहाँ नारी र पुरुष वीच कहिल्यै खतम नहुने द्वन्द मानौं कुनै आतंककारी युद्ध, वैचारिक संघर्ष जस्को अन्त्य कसैले चाहेकै छैन् भने झै दिनानुदिन जमिनभित्र त्यसको जरा फैलिंदै गई रहेको अवस्था छ । यो कुरालाई न पुरुष समुदायले बुझे न त महिला समुदायले नै बुझ्न चाहे । दुबैको एउटै स्वर छ कि दुबै पिडित छौं भन्ने जब कि संसार दुबैको तालमेलमा मात्र अगाडि कुनै रुपको लागि रुपान्तरित हुन सक्छ । सभ्य र भव्य सहर समाजको निर्माण केवल एउटाको काँधले कदापि सम्भव छैन् भन्ने कुरालाई दुबैले बुझ्दा पनि आफुलाई अन्धो तुल्याउने अहम्को आड म यो सजिलै गर्न सक्छु र समाजको प्रतिनीधित्व मैले सहजै गर्न सक्छु सोच्छन् जुन मलाई त्यो आफैले आफ्नो लागि खनेको खाडल हो नै भन्न चाहन्छु । जस्मा सहजै नारी होस् या पुरुष केवल पुरिन्छ मात्र । यो कुरालाई न नारीको मनले स्मरण गरे न त पुरुषको मनले । दुबैले आ–आफ्नो तर्कलाई सार्थक तुल्याउन एक–अर्कामा लाञ्छनाहरुका वाणहरु प्रत्यारोपण गर्नमै रमी रहे । यसले न पुरुषलाई दिशा दिए न नारीले नै पाए । यस्ता कुराहरुले सहर बजारमा २१ औं शताब्दीका परिवारहरुमा ज्यादा भन्दा ज्यादा पारपाचुकेकै कहानीले आफ्नो मुख्य भूमीका निभाउनमा अग्रसर रहेको पाईन्छन भने बहुविवाह हुने घटनाहरु तुच्छ हुँदै गएका छन् । यसले समाजलाई प्रतिस्थित तुल्याउन कहिल्यै मद्दत पु¥याउने छैनन् । यो कुरालाई नारी र पुरुष दुबै ह्दय देखि नै मनन गर्नुपर्छ कि न नारी मात्रले कुनै समाज बन्छ न त पुरुष मात्रले कुनै कामको निचोड निष्कन्छ । भनिन्छ र मानिन्छ पनि कि पुरुष र नारी आधा आधा मात्र हो एक अर्काको सहयोगी पात्र हो । जबसम्म नारी र पुरुष सहयोगी र सहपात्र भएर समाजको प्रतिनीधित्व ग्रहण गर्दैनन् तबसम्म मानवको कुनै बस्ति न त्यहाँ घर हुन्छ न त कुनै समुदाय नै । त्यसैले घर समाजलाई चिहान हुन नदिन नारी पुरुषले आफुमा रहेका कमीहरुलाई सुधार गरी सबैलाई दिशानिर्देशित गर्नुपर्छ नै । न आजमा हामी होस् न त भोलीमा हाम्रा सन्तती नै जति मिलेर सहजै जीवनको नैया पार लगाउन सकिन्छ त्यति एक्लै कठीन नै हुन्छ भने सुख र खुशी परिकल्पना बाहिरका कुरा हुन पुग्छन् नै । त्यस्तै समाजमा अपराधबाट हुने हिंसा जस्लाई म मति गति भ्रष्ट नै भन्न रुचाउँछु त्यस्ता कार्यलाई हावा दिएर आफु आगो बनेर जलाउन नारी, नारी भएर जाने र पुरुषलाई आफ्नो जीवनको शत्रुतामा गनिने सोच साथै नारीलाई पाउको धूल मान्नेहरुलाई दुबै पक्षलाई म नारी वा पुरुष हो भन्न बाध्य हुनेछैन पनि । ती कलंहलाई समाजबाट सधैंको लागि खरानी बनाउनु नै उचित हुनेछन नै । र हाम्रो समाज एक–अर्काको सम्मानमा जिउँदो रहेको कुरालाई कसैले पनि नकार्नु मूर्खता नै सावित हुन्छ । नङलाई जति मासुको आड चाहिन्छ त्यति नै सुरक्षा मासुलाइृ नङको आवश्यक छ । न हिजो मासुविना नङको रुप थियो न आज नै । त्यसैले दुख्छ दुबै थाहा हुँदा हुँदै पनि एकले तन्काउने र अर्कोले छोड्न जुन काम समाजमा सम्पन्न भई रहे त्यो गलत हो । जीवनलाई बुझ्ने र बुझाउने क्रममा दुबै त्यत्तिकै दोषी देखिएको कुरालाई सबै भार एकमै बोकाउनु उचित हुने छैन पनि र नारीलाई चाहिएको अधिकार पुरुषविना सम्भव छैन भने पुरुष नारीविना केही होईन पनि । यी कुरालाई दुबैले अहम् होईन गर्व साथ मनन गरेर मलाई तिम्रो आँखाले मात्र हेर्नु छ भन्नु नै उचित हुनेछ । र अवसरहरुले जसलाई पनि दिनुपर्छ नै । तर ढिपी गर्न छोड्न पनि उत्तिकै आवश्यक छ भने लक्ष्य र उद्देश्यलाई आलस्यताबाट अन्त अर्कैतिर मोड्नु जीवनलाई श्रापित गर्नु नै हुनेछन् । र हिजो जसरी पुरुषको बाहुल्यताले समाजलाई हुने नहुने कुराले दिशा निर्देश गरे आज त्यही कुरालाई सुधारमा रुपान्तरित नगरिकन नारीले जुन विडा उठाउँछौं भनी लागी परेका छन फरक मात्र लिङ्ग बन्न खोजेको छ तर सञ्चालनलाई स्मरणमा राखेर गर्न चाहिं त्यही खोजेका छन् । यसले एउटा विद्रोह हावा भर्ने काम मात्र गर्छन् भने त्यसले पनि समाजलाई दूर्गन्धित तुल्याउँछन् नै । त्यसैले जो जस्ले जे को नै सञ्चालन गरे पनि त्यसको लक्ष्य र उद्देश्यलाई स्पष्ट पार्नु आवश्यक छ नै । यति हुँदा हुँदै पनि आमा बन्ने अवसर नारीले गुमाउनु हुँदैन् नै भन्न रुचाउँछु । यो भन्नु को अर्थ नारी घरमै सिमित हुनुपर्छ भन्नु मेरो उद्देश्य होईन । सक्षम र दक्षताले विश्वलाई हाँक्दा सर्वप्रथम त घरलाई पहिलो स्थानमा राख्नुपर्छ, त्यसपछि अरुलाई अरुकै स्थानमा रुपान्तरित गरिदै लग्नुपर्छ किनभने नारीले गर्न नसक्ने केही छैन पनि । आफुसँग भएको दक्षतालाई अहम् नारीले बन्न नदिई पुरुष सरह हर क्षेत्रमा लाग्नुपर्छ भने दायित्वलाई बिर्सि लथालिङ्ग पार्नु हुँदैन साथै देखासिकीलाई नारीले रुप दिंदैनन् भन्दै म आफ्नो कलमलाई यहाँ नै बन्द गर्न अघि केही थप कोर्न चाहन्छु ।
ज्ञ० आफ्नो त आफ्नो नै हो किन बिरानो सरि हक अधिकार भन्दै पहिचानको कुरा सुनिश्चिता गर्न खोज्छौ ? र कोसँग ?
द्द० नारीको सम्मानमा पुरुष कहिल्यै अपमान हुँदैनन् ।
घ० वस्तु सरि उपभोगको सोच पशुमा जन्मिन्छन् होला तर पुरुषमा कहिल्यै जन्मिदैनन् पनि ।
द्ध० नारी आफैमा पवित्र हुन्छ भने नारीको स्व–ईच्छा विना पुरुषले अपवित्र पार्न सकिदैन् ।
छ० दूर्बल त्यो हो जसले अत्याचार गर्ने सोच राख्छ ।
ट० संयमता नारी पुरुष दुबैको गहना हो र संयमता गुमाउँदा मात्र कहीं विद्रोह त कहीं अपराधको प्रतिपादन हुन्छ ।
ठ० अहम् त्याग्ने सक्ने प्राणी मात्र मानव हो । मानव दुई प्रकारका हुन्छन् एक पुरुष, अर्को नारी ।
ड० जीवन सचेतनाबाट प्रज्वलित हुन्छ भने अन्धो हुन अहम्लाई आभुषण र क्रोधलाई हतियार मानवले बनाउँदैनन् ।


SHARE THIS

Author:

Facebook Comment