आतंककारी परिवर्तनबाट मुक्तिको खोज

–प्रशान्त महासागर
महिलाले पुरुषसँग माग्ने अधिकार भनेको के हो र समानता अनि अवसरको अर्थ भनेको के हो ? हुन त समाजमा विभिन्न विचारका विभिन्न प्रबुद्धहरु छन जसको काम भनेकै समाजमा गहिराईमा डुबेर समाजहितको निम्ति विभिन्न शब्दहरु सञ्चालन तथा प्रयोजनमा ल्याउनु नै हुन् भने त्यसको खराबीको व्याख्या विश्लेषण बिर्सिनु नै हो । र मौका परे पुन: आफ्नो स्वार्थसिद्ध गर्न विभिन्न संघ र संस्थाको आडमा आफ्नो थुतुनो देखाउनु नै हो । तिनीहरुलाई न गरीबसँगको कुनै सरोकार न त कुनै गरीबी मृत्युको सरोकार चाहे त्यसमा अपराध नै लुकेको भए पनि बोल्ने र आफ्नो समय खर्चिने चेष्टा नै गर्छन । समय र काम व्यस्तताका कारण  हाम्रो समाजमा धेरै अपराधले शिर ठाडो गरेको छ भने त्यो अधिकार स्थापना र अपराध विरुद्धका संघसंस्थाहरु मौनतामै रमेको कुराले समाज र नारी हकहित कहाँ कुन दिशामा पुग्छ भन्ने चिन्ता त मसँग छ नै साथै नारीले आफ्नो हकहित भनेर अहिलेको व्यस्त परिवेशमा कोसँग के को अपेक्षा राखेका हुन् जुन मैले नबुझेकै परिवेश पनि त्यही हो ।

हाम्रो समाज भनेको सामाजिक परिवेशले परिपक्वको भएको समाज हो जसको सन्तुलनको लागि नर र नारी एकअर्काको अभिन्न अंग पनि हो भनेर मैले भन्नु जरुरत छैन होला त्यो जन्म र मृत्युको घेरा रहुन्जेल सबैले थाहा पाएकै कुरा हो र जसले त्यसमा आनाकानी र अहम् पौखन खोज्छ भने कि त्यो पुरुष हुनुपर्छ जस्ले समाजलाई तहसनहस गर्छु भन्ने भ्रमको अहम् पालेको प्राणी हुनुपर्छ, होईन भने सामाजिक प्राणी र प्रणालीको अभिन्न अंगसँग आवद्ध नभएको कुनै प्राणी हुनुपर्छ, त्यसलाई न धर्तीकै खाँचो न त धर्ती वासीकै कुनै महत्व नै । जन्ममा ज्यादती गर्न सिक्नु र त्यही सिकाईबाट अरुलाई लुट्ने चाहे त्यो शारीरिक होस् चाहे मानसिक या भौतिक त्यसको भोगविलासिताले नर र नारीमा कुनै मतलब नगरिकन आफ्नो मात्र सोचेका हुन्छन् । यस्ता व्यक्तित्वहरु हाम्रो र अरुको मानव समाजमा नहोला भन्न सकिन्न किनभने राम छ भने रावण पनि छ भन्ने कथा हाम्रा जीवनको यथार्थतासँग घोलिएको घोल हो जुन नचाहँदा नचाहँदै पनि पिउनु नै पर्छ हामीले । यो भयो समाजमा हुने कीराहरु जस्ले नर र नारीलाई टुक्रा पार्ने काम गर्छ । अब रह्यो त्यो कीराहरुसँग नारीहरु किन आवद्ध भए भन्ने कुरा । सर्वप्रथम नारी होस या नर यी दुबै प्राणी परिवर्तनशील प्राणी हुन् । परिवर्तन एक प्राकृतिक नियम पनि हो जसको विरोध हामी गर्न सकिदैन भने त्यसकै लहलहैमा लाग्दा विकास नै विनाश हुने कुरालाई बुझाई रहनु पनि पर्दैनन् होला । अर्को परिवर्तन पनि स्वत: हुने र आतंकारी हुने दुई प्रकारका हुन्छन् । एकमा प्राणी मालिक बन्न सक्छ भने अर्को देखासिकीबाट सञ्चालन हुने हुँदा प्राणी एक दासत्व रुपान्तरित हुन्छ जुन आतंकारी परिवर्तन मान्न पनि सकिन्छ जस्ले कुनै पनि राज्य र राष्ट्रमा युगान्तकारी परिवर्तन कहिल्यै स्थापना गर्न सकिदैंन पनि, जसको अपेक्षा गर्नु भने केवल अशान्ति हो सद्बुद्धि कहिल्यै हुनेछैन । जब प्राणी सद्बुद्धिबाट बिमुख हुन्छ तब त्यहाँ राम, राम हुने छैन । सीतामाथिको जुन शंका छ त्यो नै रावण हो । एक प्रकारको हामीभित्रको रावण पनि त्यही नै हो जसले हामीलाई रावण बन्नबाट कहिल्यै मुक्ति दिएनन् भने सीता बन्ने चरित्र अनुशरण पनि कमै गरे । फलत: हक र हित भन्दै नारीहरु विना आकृतिका शत्रुसँग जुधि रहे आखिर कहिलेसम्म र कोसँग भन्ने प्रश्न शेष रहिरह्यो । र नारीहरु पनि विस्तारै समाज छोडि देखासिकी परिवर्तनमा हाम्फाल्न पुगे एक त त्यहाँ तेज रफ्तार छँदैछ भने अर्को समाजले गर्ने र हेर्ने विश्लेषण दृष्टिकोण जहाँ सदा नारीलाई कमजोर तुल्याईन्छ भने आफ्नो स्वास्र्थ रक्षार्थ नारीलाई देवी बनाई पुरुष सुरक्षित हुँदै आएको कुरालाई बिर्सि नारीहरु बाँची आएका छन । यी यस्ता कुरालाई नारीले बिर्सि हकहित र सम्मान जुन भने मागी सम्पन्न हुने खेल नै लाग्यो मलाई, यसमा म गलत हुन चाहन्छु ।

मैले बारम्बार नारी सम्पन्न छे भन्दै आएको छु र म नारीलाई एकमुखे रुद्राक्ष नै मान्छु । मेरो स्याहारसुसार नारीबाट नै भएको हो जन्म पनि नारीबाट नै भएको हो तर मलाई नारी हुन नपाएको खेद छ । मैले आफ्नो मातृत्व लुटाउन नसकेकोमा दु:ख छ । संरक्षण र संरक्षक भएर समाजको गरिमामय पदवीमा उभिन नपाएको दु:ख लाग्छ । परिवार र समाजको निम्ति दिनुपर्ने योगदान दिन नपाएकोमा दु:खी छु । कसैकी छोरी, बुहारी, आमा दिदी बहिनी हुन नपाएकोमा दु:खी छु र यो जूनीमा म त्यही दु:खसँगै जिर्ण पनि हुन्छु । यस्तैमा कसैको कुरा काटी आफ्नो पेटको भोक नमेट्ने झुण्ड देखी भित्री मनमा डाहा पनि पाल्छु भन्नुको अर्थ हाम्रा समाजको नारीको शत्रु भन्नु स्वयम् नारीभित्रको ईष्या र नारी वीचको चर्चा परिचर्चा नै हुन् । आफ्नो घरमा मासु भात पाके पनि अरुको घरमा दाल के को हो भनी जुन चियोचर्चा नारी समाजमा छन त्यही नै नारीलाई नारीबाट दूर कतै लगी फ्याँकिने मन्त्र हो । यसमा कोही राम जस्तो रावणले चलखेल गर्नुपर्छ भन्ने मलाई लाग्दैन र समाजभित्र जुन नारीलाई चाहियो भन्ने अवसर तथा सम्मान आफै प्रतिस्थिति हुन्छ पनि । हामीले आफु नराम्रो भएर मात्र अरु राम्रो देखिएको कुरालाई कहिले स्वीकार्ने हो मात्र म त्यो दिन या रात मात्र कुर्दैछु जसमा म चहकिलो छु नै अरुको चमकले थप चहकिलो समाज र व्यक्ति हुने दिन जुन दिन हुन्छ त्यो दिन या रात मैले विश्राम र नारी मुक्तिले आराम पाएकै दिन हुनेछ भन्ने मनमा लागेको छ ।

नारीले पनि आफुसँग भएका असुरीपन जुन खराब हुन भने देखासिकी परिवर्तन चाहे त्यो भौतिक होस् चाहे त्यो अरु नै कुनै सर्वप्रथम त्यो परिवर्तनबाट जोगाउनु पर्‍यो अनि नारीमा हुने हिंसाजन्य अपराध आफैं कम हुन्छ एकअर्थमा निर्मूल नै हुने दिशातिर समाज मुक्त हुन्छ । यौवन पिपासुहरु जो आपराधिक परिवर्तनबाट परिवर्तित समाजलाई ढुकेर बसेको हुन्छ नै । सजक र समझ हामीबाट प्रस्फुटन हुने शक्तिहरु जुनलाई संचय होईन कार्यान्वयन हामीले गर्न सके हामी आतंकारी परिवर्तनबाट जोगिन्छौं भने समाजमा विद्यमान खाडलहरु आफैं पुरिदैं जानेछन् । हाम्रो समाज र परिवार सदा सदा नै नारीकै स्वामित्व र प्रभुत्वमा हुर्केको कुरालाई, संरक्षण पाएको कुरालाई न नारीले बिर्सिनु हुन्छ न त पुरुषले नै । नरनारी नै प्राणीको एक स्वरुप हो । यो कुरालाई स्वयम् भगवान् रामले तोडेको कुरालाई बिर्सि समाजलाई समृद्धितिर कुदाउनु नारीको प्रथम पुण्य हो भन्न चाहन्छु । फूल नारी हो भने माटो जस्ले आश्रय र आड दिए त्यो पुरुष हो । घर जुन दिवार आदी आदी के के बाट निर्माण भए ती नारी हुन भने जुन छत लागे त्यो पुरुष हो । त्यसैले छत चुहिने र चुहाउने काम न नरबाट हुनु राम्रो हो न त नारीबाट नै ।

अन्तमा, त्यस्तै समाजमा हुने जघन्य अपराधमा जुन ठूलाबडा भए आवाज ठूलो हुने र साना मसिना भए आवाज नै कसैले प्रस्फुटन नगर्ने जहाँ आयोग भनी भत्ता र तलब सोहर्ने कार्यहरु भई रहे जस्मा आवद्ध नारीहरु चूप हुनु पनि हाम्रा समाजमा आजभोली महिला जन्य अपाराधहरु हुनुको मुख्य कारक भएको कुरालाई अब नारीहरुले औल्याउँदैनन् भने छत र ओत को कथा व्यथामा  खाडलहरु भई रहन्छन् । र नारीलाई सहयोग र संरक्षण सर्वप्रथम नारीले नै गर्छौ भन्ने सोच र मान्यता जबसम्म जरा बन्दैनन् तबसम्म विरुवाको आन्दोलन सफल हुनेछैन साथसाथै शिशिरको जाडोमा टिक्न नसक्ने बोटमा बसन्तको फूल कहिल्यै फुल्नेछैन । नारीले गर्ने वर्ग भेदभाव बन्द हुँदै गयो नारी आफैं पनि नारी हिंसा र बलात्कारबाट मुक्त हुन्छ नै । समाज र परिवार जुन नारी एक आपसको शत्रु बनी पुरुषसँग लड्ने नाटक गरिरहेका छन यो बन्द नभए पनि न नर ठीक ठाउँमा बस्छ न त नारी नै । त्यसैले शत्रु, ईष्या हो, मार त आफुभित्रकै त्यो शत्रु मार जसले आफुलाई देखासिकी समाजमा देखासिकी परिवर्तनमा आफुलाई अवतरण गरि गर्‍यो । अत: एक नारी लुटिदा म पुरुष नाङ्गिएको हो भन्ने कुरालाई पनि सबै पुरुष मर्नु अघि नै छात्तीमा हात राखी मनन गरौं । र म मानव हुँ म मानव भएर नै मर्न पाउँ त्यही विचारमा बाँचौं ।

प्रकाशन मितिः २०७२ चैत्र ०४ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment