क्राइमचेक प्रतिनिधि/
रौतहट/तराई मधेशमा आन्दोलन भए यता वन कर्मचारीहरूको मिलोमतोमा काठ तस्करहरूले व्यापक रुपमा काठ तस्करी गरिरहेका छन् ।
वन कर्मचारीले काठको तस्करी नियन्त्रणमा कुनै चिन्ता, चासो र पहल गरीरहेको पाइएको छैन । जंगल क्षेत्रमा तस्करहरूले सखुवाको रुख ढालिरहेका छन् । रौतहट जिल्लाको धन्सर, गगैंडाटार, हिलेखोला, पौराई, कनकपुर, रंगपुर, वृन्दाबन, चेतनगर, जंगलसैया, जुडिबेला वन क्षेत्रबाट सालको काँचो गालेलाई काठ दिनरात ओसार्दा पनि तस्करी नियन्त्रणमा वन गस्तीले सक्रियता नदेखाउनु आफैंमा उदेकलाग्दो छ ।
रातीको समयमा रुख काटेर चिरान काठ ट्रक, ट्रयाक्टरमा लोड गरी शहर र गाउँतिर लैजाने गरिएको छ । रौतहटमा काठ तस्करीमा संलग्न तस्करहरू संगठित सशस्त्रधारी भएको बुझिएको छ ।
वन तस्करी नियन्त्रण गर्न विशेष तस्कर सफाया अभियान नै संचालन गर्नुपर्ने देखिन्छ । रौतहटको वन तस्करको धन कहिले सम्म हुन दिने ? यसको उत्तर कसले दिने भनेर स्थानीयले प्रश्न उठाएका छन् ।
प्रकाशन मितिः२०७२ चैत्र ०४ गते बिहीवार