जलवायु परिवर्तनको प्रभाव खेतीपातीमा

क्राइमचेक प्रतिनिधि/
वीरगंज/गत वैशाख १२ गते नेपालम महाभूकम्प गएपछि देशको हिमाल,m पहाड र तराईको भूभागमा जलवायु परिवर्तनको प्रभाव परेको छ । खेतवारीको माटो सुख्खा भएको छ । वर्षात कम परेको छ । खेतीवालीमा कहिल्यै देखा नपरेका किरा र रोगको प्रकोप देखा परेको छ ।

रोग र किराले खेतीबालीलाई ठूलो नोक्सान पुर्‍याइरहेका छन् । किटनाशक विषादी प्रयोग गर्दा पनि रोकथाम हुन नसकेको कृषकहरुले बताएका छन् ।

रोग र किराको प्रकोप अन्नबाली, तरकारी र फलफूल सबैमा बढेको छ । लाइकिरा, भुसुना, पात काट्ने किरा, सडेर जाने (ढुसी किरा)को प्रकोप अति प्रकोप छ । खेतीबालीको उत्पादन पनि घटेको छ । माटोको उर्बरा शक्तिमा ह्रास आएको छ । जलवायु परिवर्तन र रोगको प्रकोप ठूलो चुनौतीका रुपमा खडा भएको छ ।
कृषि मन्त्रालय, कृषि विभा्गले तत्काल जलवायु परिवर्तनबाट खेतीपातीमा पर्न गएको प्रभाव र असरका बारेमा अनुसन्धान गर्न जरुरी छ । खेतीपाती बिग्रियो भने भोकभोकै बस्नपर्ने अवस्था आउन सक्दछ । बेलैमा सम्बन्धित निकायको ध्यानाकर्षण नभए बिग्रिसकेपछि पश्चाताप गरेर केही हुँदैन । जलवायु परिवर्तनको प्रभाव मानिस, पशुपंक्षी वनस्पतिमा एकैसाथ परिरहेको छ ।

प्रकाशन मितिः२०७२ चैत्र ०४ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment