मकर संक्रान्ती / माघे संक्रान्ति

मकर संक्रान्ति हिन्दुहरूको प्रमुख चाड हो । मकर संक्रान्ति नेपाल लगायत भारतमापनि मनाउने गर्दछन । पौष शुक्ल मसान्तमा सूर्य मकर राँशीमा जाने भएकोले यस चाडलांई मकर संक्राती भनिन्छ । यो चाड जनवरी महिनाको चौदहवाँ वा पन्द्रहवाँ दिनमा पर्न जान्छ । किन भने यसै दिन धनुराशीलाई छाडेर मकर राशीमा प्रवेश गर्छ । मकर संक्रान्तिका दिन सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ भनेर ग्रन्थमा भनिएकोले यो चाडलाई कहीं उत्तरायण पनि भनिन्छ |
नेपालमा सबै क्षेत्रमा अलग अलग नाउँ वा भाँती भाँतीको रीति रिवाजबाट भक्ति एवं उत्साहको साथ धूमधामसंग मनाइन्छ । मकर संक्रान्तिका दिन किसान आफ्नो राम्रो वालीका लागि भगवानलाई धन्यवाद दिएर आफ्नो अनुकम्पालाई मानिसमा राखी छोड्न आर्शीवाद माग्दछन । यस कारण मकर संक्रान्ति चाडलाई वाली र किसानहरूको चाड पनि भन्ने गरिन्छ ।
नेपालमा मकर संक्रान्तिलाई माघे संक्रान्ति , सूर्यनारायण र थारू समुदायमा माफ़ी भन्छन । यस दिन नदीमा गई स्लान गरि सूर्यलाई अर्ध दिदै निरोगिता र दिर्घायुको कामनाकोप्रार्थना गर्दछनभने थारू समुदायको यो सबै भन्दा ठूलो चाड हो । नेपालको बाकी समुदाय पनि तीर्थस्थल मा स्नान गरेर दान धर्मादि गर्छन र तीलको लड्डु , घ्यू , कन्दमूल, चाक़ू इत्यादी आफन्त र साथीभाईहरुलाई बाडेर खाइ धूमधामसंग मनाउँछन ।नदीको संगममा नुहाउन मकर जानेको भिड देखिने गरिन्छ । तीर्थस्थलहरूमा रूबरू धाम ( देवघाट ) व त्रिवेणी मेला सबै भन्दा प्रसिद्ध छ ।
निशा अर्याल इस्रैल

SHARE THIS

Author:

Facebook Comment