–कृष्णबहादुर श्रेष्ठ
नेपालबाट राजतन्त्र समाप्त भएको दशक पुग्ने तरखर छ । तर गणतन्त्रका दशक नपुग्दै पुनः राजतन्त्रका चर्चा बढ्दै गएका छन् । राजतन्त्र फाल्नका लागि प्रमुख भूमिका खेलेका एमाओवादीका नेता डाक्टर बाबुराम भट्टराईले १७ सालका भूतहरुले तर्साउन खोजेको भन्दै संविधानसभामा भाषण गरेको १ महिना पनि नवित्दै एमाओवादीकै अध्यक्ष प्रचण्डले राजतन्त्र फर्किने बताएका छन् ।
प्रचण्डले मुलुकमा अहिले राजतन्त्रको बहाली, सैनिकीकरण र भारतीय हस्तक्षेपको खतरा रहेको बताएपछि त्यो राष्ट्रिय हेडलाइन बन्यो । पुराना राजावादीहरु अब झन बलियो स्वरमा राजतन्त्र र हिन्दु राज्य फर्काउनु पर्ने वकालत गर्न थालेका छन् ।
माहौल ज्ञानेन्द्रको पक्षमा
नेपालमा राजतन्त्रको विस्थापन विधी पुर्याएर नगरिएको भन्ने तर्कहरु पनि भैरहन्छन् । २४० वर्ष पुरानो संस्थालाई हठात हटाइएको भनेर तर्क गर्नेहरुले संविधानसभाको घोषणामाथि नै प्रश्न उठाउँछन् । तर त्यो भन्दा बढी प्रश्न नेपालमा पछिल्लो समय विकाश हुँदै गएको राजनीतिक माहौलले उठाएको छ ।

के हुन् त तीन कारण?
- देशभरी तनावः
गणतन्त्र संस्थागत नहोस् भन्ने चाहेकाहरुलाई संविधान जारी गर्न चाहेका प्रमुख दल र संविधान जारी गर्न नदिने र गरे पनि लागु नहुने दावी गरिरहेका मधेशी अन्य असन्तुष्ट समुदायको जुहारीले खुसी दिएको छ । नेताहरु असफल हुँदै जानु, नेताहरुप्रति आम वितृष्णा बढ्नु र धेरै छोंटे राजा भन्दा एकल बढेराजा ठिक भन्ने अवस्था सृजना हुनुले पनि संघीयताको सीमाङ्कनको नाममा देशभरी भैरहेको तनाव.

हप्तौं देखि देशमा महत्वपूर्ण नाकाहरुमा रहेको बन्द, देशभरी देखिन थालेको आधारभूत कुराहरुको हाहाकारले राज्यले धेरै दिन यसरी थेग्न सक्दैन भन्ने संकेत देखिन थालेका छन् । कैलाली घटना अप्रत्यासितरुपमा हिंसात्मक बन्नु र त्यसलाई कसैले पनि जिम्मेवारी लिन नसक्ने अवस्था आउनुलाई त्यसमा कुनै अदृष्य शक्तिको गम्भिर घुसपैठ रहेको बुझ्न कठिन छैन ।

त्यसैगरी सुर्खेत हुँदै महोत्तरीको जलेश्वर सम्म भएका प्रदर्शन र त्यहाँ मारिएका आन्दोलनकारीले तताएको स्थानीयको रगतले यस्तै शक्तिलाई खेल्ने मौका दिएको छ । देशमा अशान्ति बढ्दै गएर सरकार असफल हुने
2. हिन्दु राजा
नेपालमा हिन्दु राष्ट्र हटाइएकोमा नेपालभित्र त आक्रोश छ छ शक्तिशाली छिमेकी भारतलाई पनि यो कुरा मन परेको छैन । हिन्दु राष्ट्रसँग राजतन्त्रको साइनो छ । किन भने हिन्दुहरुले राजालाई विष्णुको अवतार मान्छन् ।

संविधान जारी हुने समय नजिकिँदै गर्दा हिन्दु राष्ट्र फिर्ता हुनु पर्ने माग सहितका आन्दोलनहरु दिनहुँ बढिरहेका छन् । जिल्ला जिल्लामा हिन्दु राष्ट्रबादीको विभिन्न गतिविधी र राजधानीमा देखिने झाँकीहरुले यस्तै संकेत गर्छ । यो दृष्टिले पनि राजन्त्रको माहौल सकारात्मक बन्दै गएको बुझाइ उनीहरुको छ । धर्म निरपेक्षताका लागि लडेकाहरु कमजोर बन्दै जाँदा हिन्दु राष्ट्रको नाममा फाइदा उठाउन चाहनेलाई भने सुनौलो मौका बन्न पुगेको छ । विश्व हिन्दु महासंघले केही दिन अघि धर्मनिरपेक्षताभन्दा धार्मिक स्वतन्त्रता बढी खतरनाक भएको भन्दै नयाँ संविधानमा हिन्दु राज्य नै कायम गर्न माग मात्र गरेन संविधानले हिन्दु राज्य सुनिश्चित नगरे धार्मिक युद्ध हुने र नेपालीको अस्तित्व नै संकटमा पर्ने चेतावनी पनि दिएको छ । संविधानसभा देखि सडक सम्म यस्ता शक्तिको प्रभाव रहेका कारण पनि ज्ञानेन्द्रलाई हिन्दु राष्ट्रको माग फाप्ने संकेत देखिएको छ ।
3. भारतमा भाजपा सरकारः हिन्दुबादी मोदी

ज्ञानेन्द्रका लागि भारतमा हाल सत्तामा रहेको भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीको अति हिन्दुबाद पनि दाइना बन्न सक्ने कतिपय विश्लेषकको ठम्याइ छ । भारतीय जनता पार्टीका प्रभावशाली नेताहरुले नेपालमा आएर हिन्दु राष्ट्र स्थापना गर्नै पर्ने दवावपूर्ण टिप्पणी पटक पटक गरिसकेका छन् ।
भाजपाका राष्ट्रिय उपाध्यक्ष रेणुदेवी र अन्य प्रभावशाली नेताहरूको टोलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालमा इसाइकरण बढेको भन्दै विरोधसमेत गरे । भाजपाको जग भनेकै अतिहिन्दुबादी स्वयं सेवक संगठनको भएका कारण नेपालमा पनि हिन्दु राष्ट्रका लागि घूसपैठ गराउन सकिने र त्यसकै बलमा हिन्दु राजतन्त्र स्थापित गर्न सकिने सपना समेत राजावादीहरुले देखेका छन् । यतिबेला सुविधाजनक बहुमतका साथ भाजपाको सरकार रहेका कारण राजतन्त्र पुनर्बहालीको सम्भावना बढेको हो ।
प्रकाशन मितिः २०७२ माघ ०२ गते शनिवार
प्रकाशन मितिः २०७२ माघ ०२ गते शनिवार