कस्ले भन्छ गोर्खासँग कीर्तिपुरले हारेको भनेर ?

–प्रशान्त महासागर
कीर्तिपुर, नामैमा छ कीर्तिहरुका कुरा जस्तै बेंसारको कुरा जसलाई कोट्याई आफ्नो अभिमानमा दाग लगाउनु नै हो भने कीर्तिपुर भित्र नपसिकनै त्यहाँको सुन्दरताहरु, कीर्तिहरु बाहिरबाटै महशुस गर्न सकिन्छ भन्दा शायद कुनै बढावा त्यहाँ पक्कै हुनेछैन भन्ने मैले मनन गरेको छु । र परैबाट सुन्दर कुनै गुराँस जुन ज·लको वीचमा फुलिरहेको छ जसले सबैलाई मनमोहित तुल्याई राखेको छ भन्ने इतिहासमा ठूलो चर्चा परिचर्चा हुनुका साथै गोर्खालीहरुलाई तर्साएको इतिहास बोकेको सुन्दर सुप्रसिद्ध विश्व विख्यात नगरी कीर्तिपुर नै हो । हुन त कीर्तिपुर नामबाट परिचित हुनु भन्दा पहिले “गुँ दे ” भन्नुको अर्थ ज·लको वीचमा अवस्थित आफ्नै मौलिकता बोकेको विकसित राष्ट्र भन्दा कम मानौं युरोपको कुनै एक टुक्रा भन्दा नि फरक नपर्नुको साथै सभ्य र भद्र समाजको नमूना र पछि पदमकाष्ठपुर हुँदै कीर्तिपुर बने भन्ने विभिन्न युक्तिहरु प्रख्यात छन् । र कीर्तिपुरलाई हेर्ने या भनौं मननको कुरालाई अगाडि सार्ने हो भने, कसैले हेर्ने हो भने कमलको फूलमा ब्रम्हा जसरी ध्यान मग्न भएको देख्छौं या कसैले कुनै माध्यमबाट ब्रम्हा जीको अवस्था देखाउँछन ठीक त्यही रुप नै कीर्तिपुर हो । अब रह्यो गुणको कुरा यहाँ कोही पनि बैगुणी छैन । सबैलाई आफ्नो नै सम्झि बाहै्र काल खुशी हुन बाह्रै महिना विभिन्न चाडपर्वहरु मनाई रम्ने प्रजातिहरुको थलो पनि कीर्तिपुर नै हो । र सहयोगको कुरालाई अगाडि सार्ने हो भने इतिहासमा उल्लेख परिवर्तनहरुका दस्तावेजलाई अगाडि सार्नु जरुरी हुन्छ जस्तै नयाँ नेपाल हुनु पूर्व प्रजातन्त्र कीर्तिपुरेहरुबाट नै उदय भएको कुरालाई इतिहासले बिर्सेका छैनन् भने साक्षिहरु पनि मरेका छैनन् ।

कीर्तिपुर ज·लमा अवस्थित विकसित राष्ट्र हो भने भौतिक संरचना पनि बलियो पकड भएको ठाउँ हो भन्ने कुरालाई इतिहासले देखाई सकेको छ नै तैपनि केही कुराहरुलाई अगाडि राख्नु आवश्यक पनि हुन्छ । एउटा डाँडो जहाँ कुनै उत्पादन हुँदैन भन्ने बैज्ञानिक बुद्धिका कारण आफ्नो वरिपरिका जति पनि भूभाग छन त्यसमा सिंचाई एवम् रोपाई तथा अन्नपातहरु प्रचुर मात्रामा उत्पादन गरि खान लाउन पुग्ने गरि बाँचि आएका जुन पछि भन्नुको अर्थ अहिले शक्ति ह्रासका कारण घरहरु रोपी हाँस्ने अथाह प्रयासहरुमा रम्ने गरेका देख्छौं । एक अर्थमा पाप हो किनभने पहिचान स्वयम् आफ्नो आफैंले मेटाउनु ठूलो अपराध हो भने त्यसको माग र पूर्तिको राजनीति गर्नु पनि अपराध हो भन्ने म महशुस गर्छु । हुन त कीर्तिपुरेहरु लुलोल·टो भएको छैन तैपनि कुनै कुनै व्यवहारले त्यस्तै त्यस्तै कसैले देखाए पनि त्यसलाई ठूलो मान्नु उचित हुँदै भन्दा पनि अहिलेको विकराल रुपले कुनै बेलाको ब्रम्हा जीको अवस्था अर्कै भएको छ भने बनज·ल मासिंदै जानाले ना·ो अवस्थामा कीर्तिपुर पुगेको छ । पूर्णरुपले राजनैतिक दासदासी भई सकेको अवस्था छ । यो आफैमा दु:खलाग्दो लाजलाग्दो हुनुका साथै कीर्तिपुरेहरुले स्वीकारेका यथार्थता हुन् जसले गर्दा यहाँ अबका दिनहरुमा पानीको ठूलो समस्या हुनु नै हो, मुहान सुक्नु नै हो । बेलाबेलामा ठूलो बहसको विषय पनि यही पानी हुँदै आएको छ । मलाई थाहा हुने गरि पिउन मिल्ने पानी मुहानबाट त्यो बेला ढल बनाउँदै दूध पोखरीबाट सिधै ढल्पा हुँदै खासाबजार, सागल स्थित पोखरीमा भरिन्थे । त्यसपछि अहिलेको मोटर बाटो हुँदै त्या·ासम्म पनि पानी जान्थे भन्ने सुनेको थिएँ र सिंचाईको लागि आकाश या भनौं मनसुन वर्षाको बाटो कुर्नु पर्दैन्थे । समयमै सबैको रोपाई हुन्थ्यो भने त्यो बेला सबै आदिबासी नै थिए । आदिम सोचबाट सुशोभीत हुँदा सबै सुखी नै थिए । र अहिले पोखरी हुनु भन्दा नहुनु नै जाति भन्ने तर्कहरु व्यापक रुपमा फैलिएको अवस्था छ भने जति पनि बाँकी पोखरीहरु दूर्गन्धित हुँदा नि टोल टोलमा जनजागरणको सोच नआउनु ठूलो दु:खका कुरा हुन् । र पानी भनेको पिउन मात्र होईन भन्ने कुरालाई मनन गर्न छोडेर बाउबाजेहरुले बनाई राखेको ऐतिहासिक धरोहर मान्दा पनि हुने कुलोलाई पुर्नुमै रमे कीर्तिपुरेहरु । फलस्वरुप अझ भनौ अभिषाप स्वरुप नै अभाव पाए भने पुरातत्वको जति पनि निशानी छन कुनैमा कलेज बने भने कुनैमा नगरपालिकाको भवन बन्दै गरेको अवस्था छ तर कीर्तिपुरेहरु मस्त निंदाई विकास भन्दै उन्नतिको उल्टो बाटोमा कुदिरहे जसको फाइदा भनेको सिमित संस्था वा व्यक्तिहरुले खुलेआम तवरले लुटिरहे अर्को भाषामा कीर्तिपुरको बलात्कार कीर्तिपुरेहरुले सहेर गरिरहे । र कीर्तिपुर कुनै कीर्ति नै नभएको देश वा राज्य वा गाउँ वा सहर बन्नुमा सबै कीर्तिपुरेहरुको ठूलो योगदान छ त्यसमा म पनि पर्छु । यो मेरो लागि साह्रै खेदपूर्ण कुरा हो ।

कीर्तिपुरको इतिहासबाट वर्तमानको खोजी गर्ने हो भने कीर्तिपुर कहाँ भन्ने कुरा शायद खोज्नुपर्छ किनभने यहाँ न १२ वटा ढोका छन न त १२ वटा पोखरी नै र न ज·ल वीचको एउटा कीर्ति युक्त सहर नै । यहाँ सबै बिलाएको अवस्थालाई इतिहासमा छ भन्दा हाम्रो सन्ततिहरुले नपाउँदा हामीलाई थुक्ने छन् र त्यही आफ्नोहरुको अपमान नै हाम्रो लागि प्रसाद हो कि...? त्यस्तै लहरकै शिलशिलामा हामीले पनि कीर्तिपुरलाई सिमेण्ट र कंक्रिटको ज·ल बनायौं तर व्यवस्थित मनस्थितिबाट नभई होडबाजीको राजनीतिबाट बनायौं जसको मुख्य उपलब्धि नै अभाव हो । बाह्रै काल बग्ने ढु·ेधाराहरु गन्तिमा शायद एक वा दुई नै अवशेषको रुपमा होला जसबाट पानी चुहिन्छ मात्र जब कि केही वर्ष अघिसम्म पनि कुलो सरि बग्थे तर सुक्दा कसैलाई चासोको विषय बनेन भने स्वच्छ बग्ने खोला दूर्गन्धित हुँदा नि कोही कीर्तिपुरेहरुको ध्यान नजानुलाई शायद विकास मानेर नै जानु हो भन्ने मनमा लागेको छ । र देवालयहरु घरको ज·लमा हराउनुलाई पनि ठूलो नमान्नु एउटा अर्को दु:ख नै हो । त्यसैले मलाई कसैले पहिचान युक्त संघीयता दिन कोही अग्रसर हुन्छन भने मेरा ती धरोहरहरुमा पानी सर्वप्रथम भरिदिनु म तिमीहरुको लागि मर्न तयार हुन्छु नै । कीर्तिपुरको ऐतिहासिक धरोहरहरु के कति जिर्ण हुँदै कत्तिले आफ्नो स्वार्थमा पनि प्रयोग गरिसके ती सबै खोसि जोगाउनु म मात्र के अरु पनि सत्यताको लािग मर्ने शहिदहरु आफैं जन्मिने छन् ।

कीर्तिपुरकै कुरा गर्नु पर्दा हार्नेहरुको इतिहास हुँदैन भन्ने एकातिर छ भने अर्कोतिर हुन्छ भन्ने कुरालाई स्वयम् कीर्तिपुर जित्ने पृथ्वी नारायण शाहले केही निशानी छोडेका कुरा कीर्तिपुर भित्र छन् नै । इतिहासमा “कीर्तिपुर र गोर्खा” युद्धमा कसले कति चोटि जिते र कसले कति चोटि हारे भन्ने कुरालाई स्पष्ट रुपमा वर्णन हुँदा नि इतिहास लेख्नेहरुले जुन इतिकासकै गलत व्याख्या गरे भन्ने मैले मात्र होईन सबैले कहीं न कतैबाट महशुस गरेकै छ । भन्ने बेला युद्ध वीरता पूर्वक भए, लडे र मरे भनी एकातिर लेख्ने अर्कोतिर नाककान काटिईयो भनेर अर्को पन्नामा लेख्ने जुन सरासर गलत हो भने अर्को त्यो ताका कीर्तिपुरको कुल जनसंख्या २२५० थिए रे । अब त्यसमा सबैको नाककान काटिए पनि भनेजति वजन पुग्छन् भन्नलाई के मा कसलाई देखाएर तौलिएका होला एक सोचनिय झुठ त्यो पनि हो भने युद्धमा लगभग सबै मारिएकै कुरा उल्लेख छ भने मरेका  मान्छेहरु आफन्तलाई त काम लाग्दैन भने झन शत्रुलाई मरेका लाशमाथि राज गर्नुपर्छ भन्ने मनस्थित उत्पन्न हुनु भनेको इतिहासकार जोसुकै होस् त्यो मूर्ख नै हुनुपर्छ र युद्धको मौहल जताततै चलिरहेको अवस्थामा आनन्दले विरोधीहरुको नाक काटेर बस्ने क्रुर राजा शायद मेरो छविमा पृथ्वी नारायण शाह ज्यू हुनुहुन्न किनभने उहाँले त एकिकरणको महान कार्य गरेका हुन् भने आफुले जितेको राज्यमा आफुसँग खोसिएको निशानी स्वरुप भविष्यमा अपमान होस् भनेर हातहतियारहरु शायदै कोही मनुष्य भन्ने स्वार्थी प्राणीले छाड्छन होला । र भौतिक संरचनाको तोडफोड गरेको शायदै कुनै इतिहासमा उल्लेख गरेको होला भने काठमाण्डौंमाथि विजय हासिल इन्द्र जात्राको दिनमा गरेको हुँनाले उहाँ एक कुशल रणनीतिकार हुन भने क्रुर राजा पक्कै होईन भनेर इतिहाससँग जुध्न म दावी गर्न सक्छु । इतिहासकारहरुले कीर्तिपुरको सन्दर्भमा किन झुठो इतिहास रचे शायद यहाँका मानिसहरु सोझा र सिधा थिए भन्ने कुराको प्रमाण यो भन्दा अरु नहुन सक्छ । र शिक्षाको सन्दर्भमा त्यो बेला कीर्तिपुरमा मात्र होईन पूरै नेपालमा पनि त्यसको उज्यालो थिएनन् भने विश्वविद्यालय कीर्तिपुरकै आँगनमा हुनुलाई पनि ठूलो नै चलखेलको राजनीति भएको भन्ने सुनेको थिएँ । यो पनि कीर्तिपुरेहरु साह्रै गाई झै सोझा छन भनी बुझ्नु नै हो र कीर्तिपुरबाट नै पशुपतिको उत्पत्ति भएको कुरालाई कोही झुठा इतिहासकारहरुले झुठो ठहर गर्न सकिदैन् पनि । यी यस्ता कुराहरुले कीर्तिपुरको इतिहास जसले लेखे झुठो भ्रमहरु नै लेखे भन्ने दावी गर्नुका साथै सम्बन्धित निकायले सच्याउनुमा पहल गरुन भन्ने कीर्तिपुर बासीहरुको आह्वान पनि हुन् ।

अन्तमा, कीर्तिपुरको बदनाम कोही इतिहासकारबाट नहोस् । र बदनामी सहेर अभावलाई स्वाभीमानीको निशानी बनाउन छोडि आजैबाट एकजुट होऔं । राजनैतिक दासत्वबाट मुक्त हुन पनि पूर्खाहरुका योजनालाई निरन्तरता दिई आफ्नो गौरव र वैभवलाई जति सक्दो चाँडो जिउँदो पार्न लागी परौं । जात र जाति एक ठाउँमा राखी संस्कार र संस्कृतिलाई निरन्तरता दिई जीवन सहज बनाऔं । र मुहान सुक्नु हाम्रो कमजोरी हो । आफ्नो गल्तिलाई ह्दय देखि मनन गरौं । साथसाथै ओली टुक्का झै कीर्तिपुर र गोर्खाको युद्धमा कीर्तिपुरले जितेको कुरालाई स्वयम् पृथ्वी नारायण शाह ज्यू ले स्वीकारेछ भने “गुन्द्रुक पकाउनु पर्दैन, साली फकाउनु पर्दैन”भन्ने उखानलाई चरितार्थ गर्न गुन्द्रुकको उत्पत्ति पनि कीर्तिपुरबाट नै भएको हो । र एउटा सानो ठट्टा अहिलेको टेबुल टेनिस खेलले पनि कीर्तिपुरेहरुले गोर्खासँग जितेका हुन भन्ने प्रष्ट हुन आउँछ । त्यस्तै हारेकाहरुको इतिहास हुँदैनन् भन्ने कुराबाट पनि इतिहासकार गलत हो भन्ने कुरालाई अंगिकृत गर्छ भन्नुको अर्थ कीर्तिपुरमा इतिहासका अथाह कुवाहरु छन जुन यहीका सिमित गलत सोचका मान्छेहरुले गर्दा सुकेको अवस्थामा मात्र छ भने अब सबै कीर्तिपुरेहरुले ती कुवा अवश्य खन्ने छन भन्ने मैले महशुस गरेको छु साथसाथै पिउने पानीको सवालमा चाँडो भन्दा चाँडो निकास कीर्तिपुरेहरुले निकाल्ने छन भन्ने पनि आश गरेको छु भने राजनैतिक कार्यकर्ताहरु, बुद्धिजीवी वर्गहरु, स्वयम्सेवकहरु, मानवाधिकारीहरु सबैले मेरो कीर्तिपुरको वास्तविक कुरामा पहल गरेर मलाई साथसाथै झुठो इतिहासबाट मुक्ति दिन अग्रसर हुन अपिल गर्दछौं ।
prashantsharmila2@gmail.com

प्रकाशन मितिः२०७२ माघ ०७ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment