वीरगंज १८ गते असार ।
२०४७ को संबिधान पुनस्र्थापना हाम्रो अभियानका केन्द्रिय अध्यक्ष एवं ६८ औं शुभ जन्मोत्सव मुल समारोह समितिका केन्द्रिय सह अध्यक्ष किसोरी महतोको अध्यक्षतामा आज होटल सम्झानामा बसेको बैठकले पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह देवको ६८ औं शुभ जन्मोत्सव कार्यक्रम वीरगंजमा भब्यताका साथ यही असार २१ गते मनाउन पर्सा र बारा जिल्लाका राजावादी संघ संस्थाहरुको संयुक्त मुल समारोह समिति गठन गरेको छ ।
सो ६८ औं शुभ जन्मोत्सव कार्यक्रमको संयुक्त मुल समारोह समितिमा शिव शंकर प्रसाद साह, राज किसोर चौबे, राम अयोध्या प्रसाद साह, उमेश ठाकुर, लिलावती देवी लोहार, सोना देवी पटेल, महापति केशरी, मुनीलाल साह, सुनिल प्रसाद यादव, अफताब आलम, विनिता देवी, श्याम लाल सर्मा, गगन देव साह, ज्ञान्ति देवी, रामधारी राउत, पृथ्वीनारायाण साह, धर्मदेव साह, जितेन्द्र प्रसाद साह, महन्थ राउत लगायत रहनु भएको छ । भने सो कार्यक्रमको बरिष्ठ सल्लाहाकारमा पशुपति बिक्रम शाहलाई चयन गरेको छ ।
उक्त शुभ जन्मोत्सव कार्यक्रमलाई पुर्ण रुपमा सफल बनाउनको लागी जन परिचालन समितिको संयोजकमा उमेश ठाकुर, सह संयोजकमा शिव शंकर साह र सदस्यमा रामधारी राउत लगायत रहेका छन ।
युवा स्वमसेवक समितिको संयोजकमा धर्मराज साह र सह संयोजकमा जगरनाथ महतो छन । भने ब्यवस्थापन समितिको संयोजकमा मुनिलाल साह, सह सयोजकमा पृथ्बीनारायाण साह र सदस्यहरुमा शिव शंकर प्रसाद साह र अफताब आलम अन्सारी रहनु भएको छ ।
यसै गरी मञ्च ब्यवस्थापन समितिको संयोजकमा गगन देव साह, सह संयोजकमा विनिता कुमारी महतो र सदस्यहरुमा ज्ञानती देवी, पुनिता देवी कहार, लिलावति देवी चयन भएकी छिन ।
सो प्रचार प्रसार समितिको संयोजकमा जितेन्द्र साह र पुजा अर्चाना उप समितिको संयोजकमा श्यामलाल सर्मा र सह संयोजकमा रामनाथ बाबा रहेका छन । भने काठमाण्डौ डाला लिएर जाने समितिको संयोजकमा लिलावति लोहार र पुनिता देवी कहारलाई ६८ औं शुभ जन्मोत्सव कार्यक्रम नारायाणी अञ्चल समितिले चयन गरेको छ ।