अषाढ़/१८ /बीरगंज
अपराध नियन्त्रण तथा फरार अपराधी पक्राउ एवं अपराधिक कृयाकलापमा संलग्न व्यक्तिहरुलाई पक्राउको लागि जारी गरिएको विशेष अभियान अन्तर्गत हाल नाम परीवर्तीत ३४ जिल्ला बीरगंज–१५ मुर्ली बस्ने वर्ष–१५ की नाबालिका नामथर परिवर्तित श्रीपुर घ लाई ललाइं फकाई प्रलोभनामा पारी जि. पर्सा बीरगंज–२ छपकैया स्थित आफनो डेराकोठामा लगि मिति २०७१।०३।०३ गते देखी एै.१७ गते सम्म पटक पटक जबरजस्ती करणी गर्ने जिल्ला धनुषा जिथिलेश्वर गा.वि.स. वडा नं.७ बस्ने वर्ष–३७ को सन्तोष कुमार साह सुढीलाई पक्राउ गरी जि.प्र.का. पर्सामा ल्याई ज.ज.क. मुद्धामा अनुसन्धान कारवाही प्रकृया अगाडी बढाइएको ।