वातावरणीय मापदण्ड कार्यान्वयन सम्वन्धमा वीउवासंघ र प्रजिअबीच छलफल र अन्तरक्रिया

वीरगञ्ज, आषाढ १२ .
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा वातावरण विभागको संयुक्त आयोजनामा वीउवासङ्घका बरिष्ठ उपाध्यक्ष प्रदीप केडियाको सभापतित्व तथा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार वजिमयको प्रमुख आतिथ्यमा पर्सा–बारा जिल्लामा सञ्चालित उद्योगहरुको वातावरणीय अवस्था एवं नेपाल सरकारद्वारा लागु गरिएका वातावरणीय मापदण्ड कार्यान्वयन सम्बन्धमा एक अन्तक्र्रिया एवं छलफल कार्यक्रम सङ्घको सभाकक्षमा आज सम्पन्न भएको छ ।
 कार्यक्रममा वीउवासङ्घका बरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले सरकारद्वारा वातावरण सम्बन्धी उद्योगको मापदण्डहरु देशको माटो सुहाउँदोे ऐन कानूनहरु लागु हुन सकेमा यसबाट दीर्घकालीन लाभ पाउन सकिने बताउँदैं वातावरणीय सुधार सम्बन्धि कार्यक्रमहरुलाई सफल तुल्याउन सरकारी तथा गैरसरकारी दुबै क्षेत्रका सम्बन्धित निकायहरुको सहकार्य जरुरी रहेको बताउनुभयो ।  
छलफलको क्रममा पथलैया औद्योगिक करिडोर सम्पूर्ण उद्योहरुलाई समेटिने गरि फोहोर व्यवस्थापनका लागि एउटा क्यानल बनाई डिस्चार्ज ट्रिट्मेण्ट प्लाण्टको निर्माण गरिनुपर्ने, औद्योगिक क्षेत्रमा वृक्षारोपण गरिनुपर्ने धारणा सङ्घका नि.अध्यक्ष अशोक टेमानीले राखेका थिए भने उपाध्यक्ष सुवोध गुप्ताले उद्योगबाट उत्पादन हुने फोहोर मैलालाई पुनःप्रयोगमा ल्याउन सकिने बिषयमा पनि सरकारबाट अध्ययन हुनुपर्ने आग्रह वातावरण विभागका महानिर्देशक सुरोज पोखरेललाई गर्नुभयो ।
विभागका महानिर्देशक पोखरेलले वातावरण विभाग गठनको उद्देश्य तथा कार्यहरुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उपसचिव टीकाराम पोखरेलले नियमन तथा नियन्त्रण निर्देशिका लगायत विभिन्न प्रदूषणहरुको मापदण्डबारे कार्यपत्र मार्फत् सहभागीहरुलाई जानकारी गराउनुभयो । सोही अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार वजियमले मन्तब्य व्यक्त गर्नुहुदै वातावरणको विषयलाई सवै क्षेत्रले सामाजिक उत्तरदायित्वको रुपमा ग्रहण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
अन्तरकृया कार्यक्रममा सङ्घका पदाधिकारी, कासस, पर्सा÷बारा क्षेत्रका उद्योगी व्यवसायी तथा सरकारी निकायका प्रमुखहरुको उपस्थ्तिि रहेको थियो ।   

SHARE THIS

Author:

Facebook Comment