काठमाडौं/कार्यक्षेत्रमा
खटिएका सशस्त्र प्रहरीले गरेको कामको अनुगमन गर्न केन्द्रले फ्लाइङ स्क्वाड
परिचालन गरेको छ ।
मंगलबारबाट परिचालीत स्क्वायडको
नेतृत्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले गरेको सशस्त्र मुख्यालयल जनाएको छ ।
पाँचै क्षेत्रमा परिचालित स्क्वायडलाई तोकिएको जिम्मेवारी पुरा नगर्नेलाई कारवाही
गर्ने सहित पाँच वटा अधिकार तोकिएको छ ।
स्क्वायडले
केन्द्रीय निर्वाचन सेलसँग प्रत्यक्ष समन्वय गरेर बलको नियमित
कार्य तथा
निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि परिचालित ए.पी.एफ टोलीले संगठनको नीति बमोजिम
कार्य गरे/नगरेको अनुगमन गर्नेछ । कुनै सशस्त्र प्रहरी कर्मचारीले संगठनको नीति
विपरित कार्य गरेको फेला परेमा स्क्वाडले तत्काल आवश्यक कारवाहीको लागि क्षेत्रीय
मुख्यालय बाहिनीलाई जानकारी गराउने तथा मातहत अन्य गण, सीमा सुरक्षा कार्यालय तथा अन्तर्गतका
एपीएफ इकाईलाई कारवाहीको लागि निर्देशन दिने अधिकार समेत पाएको छ ।
सशस्त्रका अनुसार स्क्वाडले निर्वाचनका
लागि विभिन्न एपीएफ इकाईलाई उपलब्ध गराइएको निर्वाचनको बजेट, सवारी साधन, इन्धन, संचार उपकरण लगाएत अन्य बन्दोवस्तीका सामानहरुको उचित वितरण र
परिचालनको समेत अनुगमन गर्ने जानकारी दिएको छ । (प्रकाशित मिति २०७० कार्तिक २८
गते बिहीबार)