अर्यालविरुद्ध रिट बोकेर पार्वती फेरी सर्वोच्चमा


काठमाडौं/उपेन्द्रकान्त अर्याललाई प्रहरी महानिरीक्षकको रुपमा काम गर्नबाट रोक्न डिआइजी पार्वती थापा फेरी रिट बोकेर सर्वोच्च अदालत पुगेकी छिन् ।
प्रनामनि पार्वती थापा
                मन्त्रीपरिषद्को सोमबारको निर्णय बदरगरी उनलाई प्रहरी महानिरिक्षकको रुपमा काम गर्नबाट रोक्न अन्तरिम आदेश र परमादेश माग्दै मंगलवार उनले अदालतमा रिट दर्ता गरेकी हुन् ।
                पहिलो महिला आइजीपी बन्ने प्रयासमा रहेकी उनले सरकारले अर्याललाई एआइजी नियुक्त गरेको विरुद्ध समेत सर्वोच्चमा रिट हालेकी थिइन् । उनले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गरे पनि अदालतले भने सरकारको नाममा कारण देखाउ आदेश मात्रै दिएको थियो ।
                अदालतको सो आदेशसँगै सरकारले सोमबार मंसिर १ गतेबाट काम गर्नेगरी प्रहरी महानिरिक्षकमा अर्याललाई नियुक्त गरेको थियो ।
                प्रहरी महानिरिक्षक कुवेरसिंह राना विदामा बसेकाले अर्यालले सोमवारबाटै निमित्त प्रहरी प्रमुखको रुपमा काम शुरु गरिसकेका छन् ।
                डिआइजी थापालेले आफ्नो रिटमा अर्याललाई निमित्त प्रहरी प्रमुखको रुपमा काम गर्नबाट रोक्न समेत माग गर्दै आफुलाई बढुवा गरी प्रहरी महानिरिक्षक बनाउन माग गरेकी छिन् । श्रोत:अपराध डटकम (प्रकाशित मिति २०७० कार्तिक २८ गते बिहीबार)

SHARE THIS

Author:

Facebook Comment