काठमाडौं, चैत २९ ।
११ लाख रुपियाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीद्वारा अघिल्लो साता पक्राउ परेका ललितपुर जिल्लाका डीएसपी दयानिधि ज्ञवालीलाई उन्मुक्ति दिन सत्तारुढ एमालेले भएभरको ताकत लगाएको छ ।
तर मुद्दा अदालतसम्म पुगिसकेका कारण ज्ञवालीले उन्मुक्ति पाउने सम्भावना अत्यन्त न्यून छ । समाचार स्रोतका अनुसार पक्राउ परेका डीएसपी ज्ञवाली पटके हुन् । यसअघि पनि उनी इन्स्पेक्टर हुँदा यस्तै काण्डमा पक्राउ परेका थिए, तर कारबाही हुनुपर्नेमा एमालेका नेता विष्णु पौडेलले तत्कालीन गृहमन्त्री भीम रावललाई प्रयोग गरेर एक तह बढुवा गरी डीएसपीको फुली लगाइदिएका थिए ।
यसपटकको घुसकान्डलाई पनि त्यसरी नै अवसरका रुपमा प्रयोग गर्ने अभियानमा उनी छन् ।अख्तियारका तर्फबाट अनुसन्धान गर्ने र मुद्दा चलाउने पनि प्रहरी अधिकृत नै भएका कारण अभियुक्त डीएसपी ज्ञवालीविरुद्ध विशेष अदालतमा फितलो पाराले मुद्दा दायर गरिएको छ ।
तरुण साप्ताहिकले समाचार छापेको छ ।

Nepalese Rupee Exchange Rate