बारा,
बाराको तेलकुवाबाट भारतीय नागरिकलाइ आफनो छोरा बनाएर नेपाली नागरिकताको प्रमाण दिलाएका एक नेपाली सहित दुइ जना पक्राउ परेका छन ।प्रहरीले तेलकुवा ६ का राजेन्द्र साह कलवार र भारत मोतीहारी आन्द्राथान नरकटिया बजारका राजेश कुमार साहलाइ पक्राउ गरेको हो ।गाँउमा सन्चालित घुम्ती सेवा शीवीरबाट कलवारले नातामा आफनो भदै पर्ने भारतयइ नागरिक साहलाइ आफनो छोरा बनाएर नेपाली नागरिकताको प्रमाण पत्र दिलाएपछि प्रहरीले दुवै जनालाइ आज पक्राउ गरेको हो ।पक्राउ परेका दुवै जनालाइ जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी निरिक्षक रामनाथ घिमिरेले बताउनु भयो ।
SHARE THIS