भारतीय अपराधी दुबेलाई संरक्षण गर्ने नेतालाई किन प्रहरीले लगाम कसेन ?


वीरगंज, 
भारतीय अपराधी बब्लु दुबेलाई अञ्चल प्रहरीले काठमाडौंको सीतापाइला स्थितबाट पक्राउ गरेर ल्याएपनि अहिलेसम्म पर्सा जिल्लामा निजलाई को व्यक्तिले संरक्षण दिएर राखेकोमा प्रहरी प्रशासनले थाहा पाएर पनि बुझ पचाउने काम गरि रहेको छ । भारतीय अपराधी दुबेलाई पक्राउ गर्न अञ्चल प्रहरी र जिल्ला प्रहरी दुबै कम्मर कसेर लागेका थिए । दुबै निकायका प्रमुखहरु दुबेलाई समात्ने अनेक प्रकारको प्रयोग नगरेका होइनन्, तथापि दुबे समातिए तर अञ्चल प्रहरी कार्यालय नारायणी वीरगंजका प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले पर्सा प्रहरीमा निजलाई सुम्पदा अप्ठ्यारो हुने महसुस गरेर बचकना बुद्धि अपनाएर हतार हतारमा बारा प्रहरीलाई दुबेलाई रातारात पठाएर त्यहां सार्वजनिक मुद्दा दर्ता गरेर राख्न लगाएको श्रोतले दाबी गरेको छ । भूमिगत संगठनको मोबाइल नम्बरबाट भारतीय अपराधी बब्लु दुबेको मोबाइलमा पटक पटक फोन गरेको आधारमा आफ्नो नियन्त्रणमा लिएर सोधपुछ गर्ने तर राजनीतिक आबरणको आधारमा अपराधीलाई संरक्षण गर्ने पर्सा जिल्लाका दुई जना सभासद्संग हाल कुनै पनि निकायले सोधपुछ गर्ने आंट गर्न सकेका छैनन् ।
त्यसले गर्दा पर्सा जिल्लामा राजनीतिक दलका उच्च नेताहरुले नै अपराधीहरु पाल्ने संरक्षण गर्ने र अपराधलाई मलजल पुर्‍याउने कामलाई निरन्तरता दिदै आएको पुष्टि हुन आउंछ । तैपनि प्रहरी प्रशासनका प्रमुख भनेर चिनाउने ति अनुहारहरु त्यस्ता अपराधीक राजनीतिज्ञहरुलाई कानूनको कठघरामा उभ्याउन नसक्नु उनीहरुको कमि कमजोरी वा नपुंशकता हो त्यो भने छुट्याउन गाह्रो भएको छ । 

SHARE THIS

Author:

Facebook Comment