वीरगंज, २२ जेष्ठ
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक कुमार वैधको सभापतित्वमा सशस्त्र प्रहरी नायब महानिरीक्षक महावीर गुरुङ्ग बीच संघकै कार्यकक्षमा भेटघाट कार्यक्रम सम्पन्न भयो ।
भेटघाटको अवसर वीउवासंघका अध्यक्ष अशोक कुमार वैधले मन्तव्य व्यक्त गर्नु हुँदै यस क्षेत्रमा शान्ति सुरक्षा बहाल गर्ने लगायत सिमा सुरक्षा सुदृढ बनाउन सशस्त्र प्रहरी संगठनले खेलेको भूमिका सराह्नीय रहेको धारणा व्यक्त गर्नुृभयो । साथै निजी क्षेत्रको चासोको रुपमा रहेको औद्योगिक सुरक्षा बलको व्यवस्थित परिचालनका लागि सशस्त्र प्रहरी संगठन, वीउवासंघ लगायत सरोकारवालाहरुसँग सहकार्य गरि अघि बढ्नु पर्नेमा अध्ययक्ष वैधले जोड दिनुभयो ।
अध्यक्ष वैधले राख्नु भएको कुरालाई उद्धृत गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक महावीर गुरुङ्गले औद्योगिक सुरक्षा बलको परिचालनको सम्बन्धमा विस्तृत जानकारी गराउनु भएको थियो ।
छलफलको क्रममा संघका ब. उपाध्यक्ष प्रदीप केडिया, उपाध्यक्षद्वय ओमप्रकाश शर्मा, सुबोध कुमार गुप्ताले सिमा सुरक्षा सम्बन्धमा आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
संघका महासचिव गोपाल केडियाले उद्घोष गर्नु भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी सुनिल कुमार खेतान, रविन्द्र कुमार बरनवाल, अरविन्द्र अमात्य, अनिल अग्रवाल, मनोज शर्मा, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नगेन्द्र थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वकुमार भट्टराईको उपस्थिति रहेको थियो ।