वीरगंज, २२ जेठ ।
प्रेम विवाह गरि भुमिगत रहेका युवकलाई युवती पक्षले बेपत्ता पारेको भन्दै पिडित परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् ।
वीरगंज उपमहानगरपालिका वडा नं. ४ की विधवा वृद्धा शिवपती देवीले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिई आफ्नो छोरा राजेश कुमार साहलाई वीउमनपा वडा नं. ७ निवासी मैनुदिन मिया, पप्पु मिया, बब्बु मिया, डब्लु मिया र मुस्लिम मियाले बेपत्ता पारेको भन्दै उनीहरुलाई पक्राउ गरि आवश्यक कारवाही गर्नुको साथै आफ्नो छोरालाई सकुशल उद्दार गर्न माग गरेकी छिन् ।
शिवपती देवीले दिएको जानकारी अनुसार राजेश साह कानु र पप्पु मियाकी बहिनी रानी डफाली बीच प्रेम विवाह गरि घर छाडेर भुमिगत भारत बिहार बेतिया स्थित इमली चौक वडा नं. ३१ घुसुकपुर टोलमा हसन मियाको घरमा बस्दै आएका थिए ।
यी दुईको प्रेम विवाह प्रति असन्तुष्ट रानीका परिवारजनले खोजतलासका क्रममा करिब २५ दिन पहिला दुवै जनालाई बेतिया स्थित हसन मियाको घरबाट नियन्त्रणमा लिएर राजेशलाई निर्घात कुटपिट गरि बेपत्ता पारेका थिए ।
सो सम्बन्धमा किटानी जाहेरी समेत प्रहरीमा दिदा हाल सम्म कुनै किसिमको सुनुवाई नभए पछि आज जिल्ला प्रशासन कार्यालय पर्सामा आफ्नो छोरा खोजी दिन निवेदन दिएको बेपत्ता युवक राजेश साहकी आमाले संचारकर्मीहरुलाई बताईन् ।
रानीका परिवारजनले आफ्नो छोरालाई बेपत्ता पारि रानीलाई कहि लुकाएर राखेको उनले आरोप लगाईन् ।
राजेशका आमा लगायत छर छिमेकले भने रानीका परिवारजनले राजेशको हत्या गरेको समेत आशंका व्यक्त गरेका छन् ।
प्रेम विवाह गरि भुमिगत रहेका युवकलाई युवती पक्षले बेपत्ता पारेको भन्दै पिडित परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् ।
वीरगंज उपमहानगरपालिका वडा नं. ४ की विधवा वृद्धा शिवपती देवीले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिई आफ्नो छोरा राजेश कुमार साहलाई वीउमनपा वडा नं. ७ निवासी मैनुदिन मिया, पप्पु मिया, बब्बु मिया, डब्लु मिया र मुस्लिम मियाले बेपत्ता पारेको भन्दै उनीहरुलाई पक्राउ गरि आवश्यक कारवाही गर्नुको साथै आफ्नो छोरालाई सकुशल उद्दार गर्न माग गरेकी छिन् ।शिवपती देवीले दिएको जानकारी अनुसार राजेश साह कानु र पप्पु मियाकी बहिनी रानी डफाली बीच प्रेम विवाह गरि घर छाडेर भुमिगत भारत बिहार बेतिया स्थित इमली चौक वडा नं. ३१ घुसुकपुर टोलमा हसन मियाको घरमा बस्दै आएका थिए ।
यी दुईको प्रेम विवाह प्रति असन्तुष्ट रानीका परिवारजनले खोजतलासका क्रममा करिब २५ दिन पहिला दुवै जनालाई बेतिया स्थित हसन मियाको घरबाट नियन्त्रणमा लिएर राजेशलाई निर्घात कुटपिट गरि बेपत्ता पारेका थिए ।
सो सम्बन्धमा किटानी जाहेरी समेत प्रहरीमा दिदा हाल सम्म कुनै किसिमको सुनुवाई नभए पछि आज जिल्ला प्रशासन कार्यालय पर्सामा आफ्नो छोरा खोजी दिन निवेदन दिएको बेपत्ता युवक राजेश साहकी आमाले संचारकर्मीहरुलाई बताईन् ।
रानीका परिवारजनले आफ्नो छोरालाई बेपत्ता पारि रानीलाई कहि लुकाएर राखेको उनले आरोप लगाईन् ।
राजेशका आमा लगायत छर छिमेकले भने रानीका परिवारजनले राजेशको हत्या गरेको समेत आशंका व्यक्त गरेका छन् ।
Nepalese Rupee Exchange Rate