
प्राप्त समाचार अनुसार गत साता वडा प्रहरी कार्यालय विर्ताका प्रनि रविन्द्र नाथ पौडेलले अवैध मालसामान रहेको आशंकामा वीरगंज भन्सार कार्यालयबाट जांचपास भई सिल समेत लागेर छुटेका दुई मालवाहक ट्रक आफ्ना घुमुवाको सुराकीको आधारमा नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजस्व अनुसन्धान मध्यमाञ्चल इकाई कार्यालय पथलैयामा बुझाएका थिए ।
रामरहिम ट्रान्सपोर्टको चलानीमा भन्सार कार्यालयबाट छुटेका उक्त ट्रकमा रहेको माल सामान प्रावधान अनुरुप राजस्व अनुसन्धानले चेकजाचका निम्ति मालधनिलाई बोलाए पनि माल बुझाउने वडा प्रहरी कार्यालय विर्ताका प्रनि पौडेल नपुगेका कारण पटक–पटक मालसामान चेकजाच अवरुद्ध भएको थियो ।
तर पनि पुन: राजस्व अनुसन्धानले ट्रान्सपोर्टका प्रतिनिधि र वडा प्रहरीका प्रमुखलाई बोलाएर उनीहरुकै रोहवरमा बिहिबार चेकजाच गर्दा एउटा ट्रकमा रहेको मालसामान मात्र चेकजाच गर्न भ्याए पछि अर्को ट्रक चेकजांचका
तर आईतबार ट्रान्सपोर्टका प्रतिनिधि पुग्नासाथ वडा प्रहरी कार्यालय विर्ताका प्रनि पौडेल नेतृत्वको प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिएर कुटपिट गर्नुको साथै मालसामान चेकजाचमा बखेडा खडा गरेको व्यवसायीले आरोप लगाएका छन् ।
प्रहरीले ट्रान्सपोर्टका प्रतिनिधि मुकेश वर्णवाल र किरण लगायत ट्रकका चालक र सह–चालकलाई समेत दिनभरि नियन्त्रणमा लिएर राखेका थिए ।
नियन्त्रणमा रहेका ट्रान्सपोर्टका कर्मचारी मुकेश वर्णवाललाई प्रहरी टोलिमा रहेका वप्रका विर्ताका घुमुवा प्रहरी हवलदारले कुटपिट गर्नुको साथै धेरै बोले ब्राउन सुगर राखेर फसाई दिने धम्की दिएको पिडित वर्णवालले रुदै बताएका छन् ।
यस सम्बन्धमा संचारकर्मीहरुले प्रनि पौडेल संग जिज्ञासा राख्दा उहाले मेरो अगाडि कसैलाई कुटपिट नगरेको बताउदै यदि कुटपिट गरेको छ भने अनुसन्धान गर्ने र मेडिकल
टेस्ट गर्ने बताए ।