हामी चुनाव हुन दिन्नौं : कँडेल


रौतहट- नेकपा-माओवादीका पोलिटब्यूरो सदस्य हरिभक्त कँडेलले वर्तमान अवैधानिक सरकारले गराउने चुनावको शसक्त प्रतिकार गर्ने चेतावनी दिएका छन्। आफूहरु चुनावको पक्षपाति भएको बताउँदै नेता कँडेलले वर्तमान चुनाबी सरकारका अध्यक्ष खिलराज रेग्मी सरकारसमक्ष विभिन्न माग राख्दै राष्ट्रियताको मुद्दासहित रौतहटको चन्द्रनिगाहपुरमा आयोजित मेची–महाकाली जनजागरण अभियानको शिलशिलामा यस्तो चेतावनी दिएका हुन्।

ठूला चार दलीय सिण्डिकेटबाट बनेको वर्तमान सरकार अवैधानिक भएको ठहर गर्दै नेता कँडेलले चुनाबी सरकारविरुद्ध उत्रेका ३३ दलीय मोर्चाले उठाएको माग जायज भएको र आफूहरुका माग सम्बोधन नगरी चुनाव गराउने दुस्प्रयास नगर्न चेतावनी दिए।

नेता कँडेलले आफहरु चुनावको पक्षमा रहेको तर ३३ दलीय मोर्चाले उठाएका जायज मागको आन्दोलनका गतिविधिले सरकार र चार दलीय नेतृत्व अत्तालिएको तथा संविधान सभाको चुनावको मितिसमेत घोषणा गर्न नसकेको दाबी गरेका छन्।
३३ दलीय मोर्चाले जेठ १ गतेबाट पूर्वमा काकडभिट्टा र पश्चिमको महाकालीबाट सुरु गरेको अभियान जेठ १४ गते काठमाडौंमा पुगेर समापन हुने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ।

SHARE THIS

Author:

Facebook Comment