काठमाडौंको गोलढुङ्गाबाट प्रहरीले ठूलो मात्रामा गोली बरामद गरेका छ । आज महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले पत्रकार सम्मेलन गरी गोलढुङ्गा गाविसमा मलको थुप्रोमा लुकाईराखेको अवस्थामा गोली बरामद गरेको जनाएको हो ।
मलको थुप्रोमा लुकाईराखेको अवस्थामा प्रहरीले तीन सय दुई राउण्ड गोली वरामद गरेको हो । विशेष सुराकीको आधारमा प्रहरी
ले सर्च अभियान सञ्चालन गरी तीन सय दुई राउण्ड गोली, तीन थान म्यागजिन र आठ थान गोलीका खोका वरामद गरेको जनाइएको छ ।
प्रहरीले एसएलआरमा प्रयोग हुने गोली ४८ थान, ३ सय ३ राइफलमा लाग्ने गोली १८ थान र नाइन एमएमको गोली नौ थान बरामद गरेको पनि जनाएको छ ।
बरामद गरिएको गोली द्धन्द्ध कालमा प्रयोग गरिएको वा कुनै अपराधिक योजना सञ्चालन गर्नका लागि लुकाइराखिएको हुनसक्ने प्रहरीको अनुमान छ । त्यस्तै, प्रहरीले वैशाख ३० गते काठमाडौंको ज्ञानेश्वरमा विनोदकुमार अग्रवालको घरमा डकैती गर्ने ६ जनालाई समेत सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा डकैतीका मूख्य योजनाकार काठमाडौं छैमले–६ का मधुकर घिसिङ, छैमलेकै प्रमेश तामाङ, रमेश बम्जन, सञ्जय तामाङ, मकवानपुर सिस्नेरीका जगदीश गोले र ललितपुर डुकुछापका राज तामाङ छन् । प्रहरीले उनीहरुको साथबाट हिराको चुरा, सुनका विभिन्न गहनासहित कटुवा पेस्तोल समेत वरामद गरेको जनाएको छ । उनीहरुले अग्रवालकी श्रीमती सुलोचनादेवी अग्रवाललाई हातखुट्टा बाँधेर १८ लाख ४७ हजार रुपैयाँ वराबरको सामान डकैती गरेका थिए ।

Nepalese Rupee Exchange Rate