भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान नेपालमा


प्रधानसेनापति गौरव शम्शेर जबरा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान भूषणबीच आज भेटवार्ता भएको छ ।

राजधानीमा भएको भेटमा नेपालका महिला  सैनिकहरुको व्यवस्थापन बारे छलफल भएको बताइएको छ ।

तीनदिने नेपाल भ्रमणमा आएको टोलीले यहाँ रहँदा सैनिक शिक्षण संस्थाहरुको अवलोकन पनि गरेको छ । टोली विहीबार स्वदेश फर्किने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

SHARE THIS

Author:

Facebook Comment